आईतवार, जेष्ठ ३, २०८३
/
टीकापुरमा समर्पण दिवश मनाईयो
२०८३/२/२
  हेमन्त माण्डव्य
कैलाली जिल्लाको टीकापुरमा सन्त निरंकारी मण्डलको साखाको आयोजनामा समर्पण दिवश कार्यक्रमलाई बृहत् रुपमा मनाईएको छ !
उक्त कार्यक्रमलाई मण्डलका युगदृष्टा बाबा हरदेव शिहं जी महाराज विदेश यात्राको दौरान मण्डलको प्रचार प्रसारका निम्ति क्यानडा गएका बेला सोही ठाउँको मोनटेरीया भन्ने स्थानमा सडक दुर्घटनामा परि देहान्त भएको दिनलाई स्मरण गर्दै मनाएको छ ।
मण्डलले कैलालीको टीकापुर लगायत नेपाल भरका करिव १०० भन्दा बढी स्थानहरुमा १६ मईका दिन समर्पण दिवस कार्यक्रमको आयोजना गरेको छ ।
त्यसैगरी उक्त कार्यक्रमलाई भारत तथा विदेशका ६७ भन्दा बढी देशहरुमा गत बुधबार ३० बैशाख अर्थात १३ मईका दिन मनाइएको थियो ।
टीकापुरमा भएको सतसंगत कार्यक्रममा मण्डलका टीकापुर साखाका मुखी महादेव भण्डारी, सेवादल सञ्चालक बजिर सिंह सार्की, मण्डलका प्रेस प्रतिनिधि हेमन्तराज माण्डव्य, टेक बहादुर सिंह, हर्क बहादुर रावल, बल बहादुर रावल, सन्त निरंकारी मासिक पत्रीका नेपालीका सम्पादक पुर्ण कुमाल, प्रलाद रावल तथा भारतको मुम्बै बाट आउनुभएकी सरिता टमट्टाले समर्पण दिवसका बारेमा आफ्ना धारणा राखेका थिए ।
त्यसैगरी प्रसन्न बटाला, धन शिंह नेपाली, प्रविन बिक, भगवती बिकका साथै कैलालीको लम्किबाट आउनुभएकि हिमानी रावलले भक्ति गितबाट समर्पण दिवसका बारेमा आफ्ना भनाईहरुलाई प्रस्तुत गरेका थिए ।
त्यसैगरी समर्पण दिवस कार्यक्रम मण्डलका क्षेत्रीय सञ्चालक नर बहादुर बटालाको अध्यक्षता तथा प्रमुखतामा भएको थियो भने सञ्चालन दिपक रावलले गरेका थीए ।
टीकाराम जोशी

माण्डव्य हेमन्त

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल