आईतवार, जेष्ठ ३, २०८३
/
समर्पण दिवस, विश्व वन्धुत्व र भाईचारामा निहीत रहदै सम्पन्न
२०८३ जेष्ठ २
  हेमन्त माण्डव्य
सन्त निरंकारी मिसनका तत्कालीन सतगुरु बाबा हरदेव सिंह जी महाराज ब्रह्मलिन हुनुभएको १०औ पुन्य स्मृतिका अवसरमा सन्त निरंकारी सतसंगत भवन महेन्द्रनगरले “समर्पण दिवस”लाई बृहत रुपमा मनाएको छ । बाबा हरदेव सिंह जीको योगदानको चर्चा गर्दै वृहत् सतसंगत कार्यक्रम भव्य रुपमा सम्पन्न गरिएको जानकारी कञ्चनपुरबाट मिसनका ज्ञान प्रचारक नरबहादुर बिश्वक्रमाले दिएकाछन् । 
उक्त समर्पण तथा सतसंगत कार्यक्रममा अधिकाङ्स विचार, प्रवचन, भक्ति रचना, कविता र गजलहरु बाबा हरदेव सिंह जी कै जिवनी र उहाँले देखाउनु भएको आध्यात्मिक जागृती, मानवएकता, विश्व बन्धुत्व र समाजकल्याणको मार्गका बारेमा चर्चा गरिएका थिए । 
कार्यक्रम पश्चात् लङ्गर (भण्डारा), प्रसादको समेत व्यवस्था गरिएको ज्ञान प्रचारक बिश्वक्रमाले वताएकाछन् । उक्त कार्यक्रममा भिमदत्त नगरपालिका, बेदकोट नगरपालिका साथै सुक्लाफाँटा र दोधाराचाँदनी नगरपालिका अन्तर्गतका विभिन्न भेग क्षेत्रहरुबाट उल्लेख्य रुपमा निरंकारी अनुयायी तथा श्रद्धालु आस्थावानहरुको सहभागिता रहेको थियो । 
समर्पण कार्यक्रममा ज्ञान प्रचारक नरबहादुर बिश्वक्रमाले बाबा हरदेव सिंह जीको जिवनिका बारेमा स्पष्ट पार्दै सादगी जिवनका धनी बाबा हरदेव सिंह जीले विश्व बन्धुत्व तथा भाईचाराकालागी गरेको कार्य विश्वमा नै उदाहरणीय भएकाले त्यसको युगौंयुगसम्म छाप परीरहनेकुरालाई आफ्ना प्रवचन मार्फत व्यक्त गरेका थिए । त्यसैगरी उक्त कार्यक्रममा सतसंगत इन्चार्ज गोमन सिंह बिक, जगत आउजी, राहुल ठाकुर, चन्द्र सिंह सुनार, लक्ष्मी बिक, प्रथम गुप्ता, ममता सर्मा लगायतले बाबा हरदेव सिंह जीको जीवनीमा आधारीत भकतीमय प्रवचन गरेका थिए भने सौगात छीनाल र सिमरण सुनारले कविता, आदित्य सुनारले गजल तथा कवीता, सितल र पुनम लगायतले बाबा हरदेव सिंह जीको योगदानमा आधारीत भक्तीमय गीतलाई वाचन गरेका थिए ।
कार्यक्रमको अध्यक्षता तथा प्रमुखता प्रचारक करण सिंह सुनारले गरेका थिए भने सञ्चालन दुर्गा घतीमगरले गरेका थिए । 
 
टीकाराम जोशी

माण्डव्य हेमन्त

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल