कैलाली जिल्लाको भजनीमा सन्त निरंकारी मण्डलले १० औं समर्पर्ण दिवस मनाइएको छ । भजनी नगरपालीका वडा न ८ स्थित काँढाढिकमा आज बृहत् रुपमा सतसंगतको आयोजना गरेर समर्पण दिवसलाई मनाइएको कुरा उक्त सतसंगत भवनका मुखी खेमराज काफ्लेले वताएकाछन् ।
सन्त निरंकारी मण्डलका युगद्रष्टा बाबा हरदेव सिंह ज्यु को आजभन्दा १० बर्ष अघी क्यानडामा सडक दुर्घटनापरी देहान्त भएको थियो । सोही दिनको स्मरण गर्दै सन्त निरंकारी मण्डलले प्रत्येक वर्ष १३ मईको दिन उक्त कार्यक्रम गर्ने गरेको छभने नेपालमा सोही दिनको पछी पर्ने शनिबारकादिन उक्त कार्यक्रम गर्ने गरिएको कुरा मुखी काफ्लेले वताएकाछन् ।
भजनीको काँढाढिकमा भएको कार्यक्रममा मुखी खेमराज काफ्लेले बाबा हरदेव सिंह ज्यु को जिवनीका बारेमा आफ्ना धारणाहरु राखेका थिए । त्यस्तै किसिमले खैलाड सतसंगत भवनका इन्चार्ज मोतिराम विश्वकर्मा, शुशिला बिक, विरसिंह बिक, वविता बिक, सृजना बिक लगायतले समर्पण दिवसका सम्वन्धमा गित, गजल र कविताको माध्यमबाट आ-आफ्ना धारणाहरु राखेका थिए ।
त्यसैगरी समर्पण दिवस कार्यक्रमको अध्यक्षता कैलाली जिल्ला अन्तरगत सुखड सतसंगत भवनका मुखी गगन सिंह ऐरले गरेका थिए भने सञ्चालन सर्प सिंह टमटाले गरेका थिए ।