सोमबार, जेष्ठ २५, २०८३
/
नेपाल-भारत पत्रकार भेटघाट सम्पन्न, दुई देशबीचको सीमा क्षेत्रको बारेमा छलफल
२०८३/२/२५
  हेमलम्व माण्डव्य
प्रेस क्लब तिकुनियाको आयोजनामा ​​भारतको खिरी जिल्लाको तिकुनियामा शनिवार नेपाल र भारतको सीमावर्ती क्षेत्रका सक्रिय पत्रकारहरूको बैठक सम्पन्न भएको छ ।
प्रेस क्लब तिकुनियाका संरक्षक आरएन मिश्राको अध्यक्षतामा भएको कार्यक्रममा निघासन-१३८ का विधायक शसांक बर्मा प्रमुख अतिथिको रूपमा रहेका थिए। नेपालबाट अगुवा सन्देशका प्रकाशक/समाचार प्रमुख हेमन्त माण्डव्य र कोशेली एफएमका प्रबन्धक लीलाराज साही विशिष्ठ अतिथिको रूपमा रहेका थिए। त्यस्तै नेपालबाट धर्मेन्द्र बिष्ट, वीरेन्द्र शाह, गणेश रावल, गाण्दिप कायस्थ, खेम ढुगाना लगायत अतिथिको रूपमा रहेका थिए।
उक्त कार्यक्रममा भारतसंग जोडिएका सिमावर्ती क्षेत्रका जिल्ला कैलाली र बर्दियाका १९ जना पत्रकारहरुले भाग लिएका थिए ।
कार्यक्रममा विधायक शसांक बर्मा, हेमन्त माण्डव्य, राजीव खत्री, लीलाजंग शाही, लवकुश कुमार, आनन्द अग्रवाल, धर्मेन्द्र बिष्ट, वीरेन्द्र शाह, यज्ञदेव मिश्र, गणेश रावल, खेम ढुंगाना आदिले आ-आफ्ना विचार व्यक्त गरेका थिए ।
उक्त कार्यक्रममा नेपालको तर्फबाट बिशिष्ठ अतिथीको रुपमा रहेका हेमन्त माण्डव्यले नेपाल-भारत सीमा क्षेत्रमा हुने चोरी-तस्करी, लागूऔषध, सीमा विवाद, अबैध व्यापारका सवालमा विशेष रुपमा दुवै देशको निगरानी हुनुपर्ने कुराको बारेमा स्पष्ट पारेका थिए ।
विशिष्ठ अतिथी माण्डव्यले राखेका सवालहरुमा सबै वक्ताहरुले सहमती जनाउदै यस्ता कार्यहरुमा दुवेैदेशका मिडियाक्रमिहरुले एक जुट भएर लाग्नु पर्नेमा जोड दिएका दिए ।
प्रमुख अतिथी रहेका भारत सरकारका विधायक सुशांक बर्माले समेत माण्डव्यले राखेका धारणाहरुमा सहमती जनाउदै आफू नेपाल भारत सिमावर्तिका सवालमा कटिवद्ध भएर लाग्नुका साथै संसदमा समेत यसकुरालाई पुर्याउने प्रतिवद्धता व्यक्त गरेका थिए ।
कार्यक्रमको अन्त्यमा विधायक शसांक बर्माले हेमन्त माण्डव्य र लीलाजंग शाहीलाई भगवा गम्छा र डायरी तथा पेन उपहार दिएर सम्मान गरेका थिए ।  त्यसेैगरी प्रेस क्लबका पदाधिकारीहरूले अन्य पत्रकारहरूलाई समेत सम्मान गरेका थिए ।
समापन समारोहको अध्यक्षता प्रेस क्लबका संरक्षक आरएन मिश्राले गर्नुभएको थियो भने स्वागत भाषण क्लबका अध्यक्ष राजीव खत्रीले गर्नुभएको थियो।
कार्यक्रम पत्रकार तथा वरिष्ठ साहित्यकार सहजराम जयसवालले सञ्चालन गर्नुभएको थियो ।
दुबैदेशका पत्रकारहरुको आगामी कार्यक्रम कैलालीको टीकापुरमा गर्ने सहमती समेत भएको कुरा अगुवा सन्देशका प्रकाशक ताथा समाचार संयोजक माण्डव्यले वताएकाछन ।
उक्त कार्यक्रममा  नेपालका कैलाली र वर्दिया जिल्लाका विभिन्न ठाउँहरुबाट वरिष्ट पत्रकारहरुको सहभागीता रहेको थियो । जसमा हेमन्त माण्डव्य, लिलाजंग शाही, टीकाराम साउद, विनोद चौधरी, गाण्दिप कायस्थ, गणेश रावल, खेम ढुंगाना, विरेन्द्र शाह, तपेन्द्र ढुंगाना, लोक बहादुर देउवा रहेका थिए भने गणेश क्षेत्रि, पुर्ण कुमाल, हिमेश बिक लगायत केही वरिष्ठ पत्रकारहरु उक्त कार्यक्रमको सफलताको शुभकामना दिदै विविध कारण बस अन्तिम समयमा कार्यक्रममा सहभागी  हुन नसकेको वताइएका छन् ।
त्यसैगरी अन्य सहभागी पत्रकारहरुमा पदमराज काफ्ले, खेमराज पाण्डे, यज्ञराज जैशी, कालुराम चौधरी, धर्मेन्द्र विष्ट, दशीराम चौधरी र रोसन रसायली रहेका थिए  ।
त्यस्तै किसिमले भारतीय पक्षको विभिन्न क्षेत्रबाट वरिष्ठ पत्रकारहरु रुपनारायण मिश्र, राजीव खत्री, सन्तोष मिश्र, आनन्द अग्रवाल, लवकुश कुमार, अतुल तिवारी, सुरेन्द्र सिंघल, रामगोपाल चौहान, सतिस कुमार, यज्ञदेव मिश्र, विशाल विश्वक्रमा, योगेश कुमार, राजेश कुमार लगायत दर्जनौं पत्रकारकाहरुको बाक्लो उपस्थिती रहेको थियो । जसमा उक्त क्षेत्रका वरिष्ठ पत्रकारहरु मध्ये सन्तोष गुप्ता, गुरुमीत सिंह विर्क लगायतका केही पत्रकारहरुले शुभकामना दिदै आफ्नो कार्यव्यस्तताकारण सहभागी हुन नसकेको वताएकाछन ।
टीकाराम जोशी

माण्डव्य हेमन्त

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल