बुधबार, भाद्र ३, २०८३
/
दुर्गा प्रसाईद्वारा सरकारसंग वार्ता गर्न टोलि गठन
३ भाद्र २०८३
  अगुवा समाचार
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालले सरकारसंग वार्ता गर्नकोलागी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,
सिंहदरबार, काठमाडौँलाई सम्बोधन गर्दै ९ सदसिय एक वार्ता टोली गठन गरेको छ ।
उक्त कुरा नागरिक बचाउ महाअभियानका केन्द्रिय अध्यक्ष दुर्गा प्रसाईद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।
उक्त विज्ञप्तिमा भनिएको छ, नागरिक बचाउ महाअभियान नेपालले उठाउँदै आएका नागरिकका विभिन्न समस्या तथा मागहरूको समाधानका लागि नेपाल सरकारको तर्फबाट मिति २०८३ भाद्र १ गते वार्ता समिति गठन गरी अभियानसमक्ष च.न. ०८३/०८४/७४९ को पत्र प्राप्त भएको छ । उक्त पत्रको आधारमा नागरिक बचाउ महाअभियान नेपालले राष्ट्रिय मानव अधिकार आयोगको रोहबरमा वार्ता बस्ने गरी निम्नबमोजिमको वार्ता टोली गठन गरी सरकारसमक्ष पठाइएको व्यहोरा जानकारीका लागि सादर अनुरोध छ ।
महाअभियानद्वारा संयोजकमा विष्णु बोहरा 'क्षेत्री' रहनेगरी सदस्यहरुराजु आचार्य, विजय थापा, देवी सङ्ग्रौला, हरदेव महतो, लिलदेव दनुवार, लाल शाह, रिकु मण्डल र नरेन्द्र लामा रहेकाछन् ।
माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल