जेनजी नेता रवि किरण हमालले त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका नागरिकको उद्धारमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकाछन् । यस सम्वन्धमा जेनजी नेता रवि किरण हमालले सरकारप्रति कडा आक्रोश समेत व्यक्त गरेका छन् ।
जेनजी नेता हमालले आफ्नो मामाको छोरा इन्जिनियर महेन्द्र विक्रम शाहीसहित सयौँ नागरिकहरु त्रिशूली–३ ‘ए’ मा फसेको र उनिहरुको अत्तोपत्तो नभएको एक साता पार गरीसक्दापनि उद्धार प्रभावकारी रूपमा हुन नसकेको भन्दै धयनाकर्षण सहित आक्रोस पोखेकाछन् । नेता हमालले आवश्यक परे तत्काल विदेशी सहयोग, उच्च प्रविधि र अनुभवी प्राविधिक टोली उक्त क्षेत्रमा परिचालन गर्न माग समेत गरेका छन् ।
हमालले सबैभन्दा महत्वपुण कुरा भनेको नागरिकको जीवन बचाउनु नै रहेकाले सबैभन्दा ठुलो र महत्वपुर्ण दायित्व सरकारको रहेको समेत वताएकाछन् । आवश्यक परे अन्तर्राष्ट्रिय सहयोग लिएर भएपनि पीडितहरुलाई तत्काल राहत उपलब्ध गराउनुपर्ने माग समेत गरेकाछन् ।
जेनजी नेता हमालले नागरिकको जीवनसंग खेलवाड गरे, बालेन होस् वा जोसुकै होस् भोलि संघर्ष गर्नुप¥यो भने भागाभाग हुनसक्छ, हेक्का रहोस् भन्दै चेतावनि समेत दिएकाछन् । (अगुवा सन्देशबाट)