सोमबार, असोज ५, २०८३
/
भेरी साहित्य समाजको दोस्रो जिल्ला अधिवेशन सम्पन्न
४ आश्विन २०८३
  हेमलम्व माण्डव्य
कैलाली जिल्लाको टीकापुर स्थित भेरी साहित्य समाजको दोस्रो जिल्ला अधिवेशन आज सम्पन्न गरिएको छ । उक्त अधिवेशनले दुर्गाप्रसाद भण्डारीको अध्यक्षतामा ९ सदसिय जिल्ला कार्य समिती गठन गरेको छ । समितीको उपाध्यक्ष कान्ति प्रसाद ज्ञवाली, सचिव गौरी कुमारी जैसी, सह-सचिव कमल प्रसाद भाट, कोषाध्यक्ष नैन सिंह ओड, सदस्यहरुमा अमित कुमार चौधरी, सदस्य मनिराम सुनार, सदस्य शान्ति कुमारी काफ्ले, सदस्य: रमेश वादी रहेकाछन् ।
उक्त अधिवेशनमा प्रमुख अथिती पुर्व उर्जाराज्य मन्त्री तथा वरिष्ठ साहित्यकार चन्द्र शिंह भटराई रहेका थिए । भटराईले आफुले युवाअवस्थामा थुप्रै साहित्यिक कार्यक्रम गरेको र अहिले ८४ वर्ष पार गरिसकेकाले अव युवाहरुले यसको जिम्मेवारी लिएर साहित्यिक क्षेत्रबाट समाज रुपान्तरणमा योगदान दिनुपर्ने वताएका थिए । त्यसैगरी विशिष्ठ अथिती समेत रहेका समाजका केन्द्रीय संस्थापक तथा निर्वतमान अध्यक्ष डाक्टर हरिप्रसाद तिमिल्सिनाले  यश संस्थालाई सुरुवात गर्दा धेरै कठिनाई र समस्याबाट गुज्रनुपरेको स्मरण गराउदै आज भेरी साहित्य समाज नेपालमा मात्र नभएर विदेशमा समेत आफ्नो प्रभाव जमाउन सफल भएको वताएका थिए ।
उनले यश संस्थालाई अझै बलियो र सशक्त रुपमा अगाडी लैजानकालागी देशका कुनाकाप्चा र विदेशमा समेत साखा प्रशाखाको माध्यमबाट अगाडी बढ्न तपाईं हामिि सबै मिलेर कार्य गर्नु पर्ने समेत वताएका थिए । 
त्यसैगरी संस्थाका केन्द्रीय अध्यक्ष इन्द्र बहादुर वस्नेतले आफ्नो शारिरिक अस्वस्ताका बावजुद पनि कैलाली जिल्ला साखाको अधिवेशनलाई हौसला र समाजको नितिनियमलाई स्पष्ट पार्न आफु आएको वताउदै संस्थामा निस्वार्थ रुपमा लाग्नुपर्ने वताएका थिए ।
त्यसैगरी समाजका केन्द्रीय सदस्य ता सुदुरपश्चिम इन्चार्ज हेमन्तराज माण्डव्यले भेरी साहित्य समाज कुनै एक भेग विशेषको नभई समग्र साहित्यानुरागीहरुको समाज भएको वताउदै इन्चार्ज माण्डव्य यो समाज विशुद्ध रुपमा कला-गला र कलम चलाउनेहरुको भएकाले सोही क्षमताभएकाहरुमा यो संस्थामा आबद्ध हुनसक्ने वताए ! त्यसैगरी माण्डव्यले यहाँ दलीय राजनिती गर्न नहुने भनाई राख्दै दलीय राजनिती गर्न हाम्रो देशमा थुप्रै दलहरु खुलीसकेकाले दलीय राजनिती गर्नेहरुले त्यतैतिर लाग्दा वेश हुने र विशुद्ध तवरले गैर दलीय राजनितिक रुपमा साहित्यको माध्यमबाट समाज रुपान्तरणमा टेवा पुगाउने हिसावले भेरी साहित्य समाज आबद्ध हुन समेत आग्रह गरेका थिए ।
उक्त कार्यक्रममा अथितीको रुपमा रहेका टीकापुर नागरिक समाजका अध्यक्ष भिमराम चपाई, नेपाल आर्य समाजका केन्द्रीय अध्यक्ष टीकाराम आर्य, प्राज्ञीक समाज टीकापुरका अध्यक्ष खगेन्द्र परसाद उपाध्याय, देवकोटा साहित्य समाज टीकापुरका अध्यक्ष बलबहादुर रावल, सिदुरपश्चिमाञ्चल साहिय समाजका अध्यक्ष देवानन्द रिमाल, नैनसींह ओड, नरबहादुर थापा, मणिराम सुनार, गौरी कुमारी जैसी, कमल प्रसाद भाट, संविधान भण्डारी लगायतले आ-आफ्ना साहित्यिक भानाईहरु राखेका थिए ।
उक्त अधिवेशनको खुलासत्रको अध्यक्षता अध्यक्ष डाक्टर चक्रप्रसाद अधिकारीको रहेको थियोभने स्वागत कान्तिप्रसाद ज्ञवाली र सञ्चालन दुर्गाप्रसाद भण्डारीले गरेका थिए ।
माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल