मन निर्मल भएमा मात्र भावना परीवर्तन हुनसक्छ – माण्डव्य
हेमलम्व माण्डव्य, भजनी–कैलाली
३१ भाद्र २०८३
सन्त निरंकारी सतसंगत भवन भजनीको खैलाडमा भएको सतसंगत कार्यक्रममा हेमन्त माण्डव्यले हरदेव वाणीको ३६ वाँ नंम्वरमा रहेको वाणीको सहारा लीदै स्टेजबाट सतसंगतलाई सम्वोधन गरेका थिए । स्टेजको सेवा गरीरहेका माण्डव्यले सतगुरु जस्तो यस संसारमा अर्को कोही मीत नभएको वताउदै संसारको अन्य प्रेम झूटा हो, सतगुरु र सन्तहरुको प्रेम नै साँचो प्रेम भएकाले मानव शरीरको यो जीवन सतगुरुका कारण नै जिवीत रहेको उल्लेख गर्दै यदि सतगुरुको ज्ञान छैनभने यो अनमोल मानव जन्म त्यसै खेर जानसक्छ ।
माण्डव्यले हरदेव वाणीको सहारा लीदै अगाडी भने सतगुरुका कारण नै मनमा सङ्गीत गुञ्जिरहेको छ । त्यसैले बाबा हरदेव सिंह ज्यु भन्नुहुन्छ गुरुको कृपाले बोल्न नसक्नेले पनि गीत गाउँनसक्छ ।
त्यसैगरी मन निर्मल भएमा मात्र भावना परीर्वतन गर्न सकिन्छ भन्नेकुरालाई स्पष्ट पादै सतसंगतलाई सम्वोधन गर्नेकुरामा माहात्मा माण्डव्यले मन र भावनाको व्याख्या सहित दुष्टान्त गरेका थिए ।
माण्डव्यले मन र भावना मानव जिवनको मनोविज्ञान र अनुभवका दुई महत्वपूर्ण तर फरक पाटाहरु रहेको वताउदै यी दुईबीचको मुख्य परिवर्तन र अन्तरलाई यसरी बुझ्न सकिन्छ भन्दै माण्डव्यले अगाडी भन्नुभएको थियो, यि दुई कुरा प्रकृति र स्थिरतामा निर्भर रहन्छन् । मन एउटा व्यापक क्षेत्र हो जसमा विचार, तर्क, स्मृति, चेतना र निर्णय लिने क्षमता हुने गर्दछ भने मन तुलनात्मक रूपमा स्थायी र निरन्तर चलिरहने प्रक्रिया हो ।
तर भावना मनभित्रै उब्जिने एक अस्थायी अवस्था वा प्रतिक्रिया दिइरहने प्रकृया हो भने यस मार्फत खुसी, दुःखी, रिस वा डर जस्ता भावनाहरू छिटो परिवर्तन भइरहन्छन् ।
माण्डव्यले आफ्नो आध्यात्मीक प्रवचनमा मन र भावनाका कार्य र भूमिकाको बारेमा स्पष्ट पारेका थिए । उनले भने, मनले परिस्थितीलाई बलबथिकष्क गर्ने, सोच्ने, योजना बनाउने र सही(गलत छुट्याउने काम गर्छ भने अर्को तर्फ भावनाले हामीलाई कुनै पनि घटना वा परिस्थिति प्रति तात्कालिन अवस्थाको महसुस गराउँछ र त्यसको आधारमा प्रतिक्रिया दिन प्रेरित गर्दछ । तर यि दुई फरक कुराले तर्क र आवेगलाई समेत प्रर्वद्धन गर्दछ । मन बुद्धि, तर्क र ज्ञानसँग सम्बन्धित रहदै भावना, आवेग, संवेदना र अनुभवसँग बढी चाँसो राख्ने गर्दछ ।
त्यसैले, मन भनेको घर वा माध्यम जस्तै हो भने भावना त्यहाँ बेला–बेला आउने मौसम वा पाहुनाहरू जस्तै हो, जुन निरन्तर बदलिरहन्छन् तर मन भने सधैं एकचित्त क्रियाशील रहन्छ । त्यसकारण हामीसबैले सबैभन्दा पहिला आफ्नो मनलाई सही दिसामा अर्थात सतगुरुले देखाएको बाटोमा एकाग्रता गर्नसकेमा मात्र हाम्रो भावना सहिमानेमा परीवर्तन हुनसक्दछ र हामीले ब्रह्मज्ञानको अनुभुती गर्न सक्नेछौं अनिमात्र सतगुरुले चाहेको विश्ववन्धुत्वलाई हामी कायम गर्न सफल हुनसक्छौ ।
उक्त कार्यक्रममा भजनी नगरपालिका अन्तर्गत रहेका भजनी, काँढाढीक, वर्दवाफाँटा, कुसुमघाट, कुटी, कर्मदेव, बिजुलीया, झलझलीया तथा मसुरीया, वौनिया, सुखड, टीकापुर लगायतका क्षेत्रहरुबाट निरंकारी मिसनका अनुयायीहरुको बाक्लो उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रममा भजनीका मुखी खेमराज काफ्ले, खैलाड सतसंगत भवनका सञ्चालक मोतीसिंह, कुटी सतसंगत भवनका सञ्चालक विरसिंह, जयरुप चुनारा, सुकराम, जयकला लगायतले आध्यात्मीक प्रवचन र भजनको माध्यमबाट सतसंगतलाई सम्वोधन गरेका थिए भने कार्यक्रमको सञ्चालन सेवादल जवान भजन बिकले गरेका थिए । (अगुवा सन्देशबाट)