कैलाली जिल्लाको पुर्वर्ति दक्षिणी क्षेत्रमा रहेको खक्रौला नाकामा अवस्थित नेपाल–भारत मैत्री गेट निर्माणाधीन अवस्थामा रहेको छ । लामो समय भइसक्दासम्म पनि यो गेटले पुर्णता भने पाउन सकेको छैन । केही समय पहिले यस गेटमा नेपाली झण्डा राखेर तामझाम भने गरीएको थियो । तर उक्त तामझाम गर्नेहरुले यो गेटको पुर्णताका सवालमा भने कुनै चाँसो देखाएको पाइदैन । सम्वन्धित निकायले यो गेटलाई पुर्णता दिन पहलकदमी गर्ने हो की ?