शनिबार, कार्तिक ८, २०८३
/
चर्चित सन्त प्रेमानंद महाराजले ५ महिनापछि वृन्दावनमा पदयात्रा गर्नुभयो
७ कार्तिक २०८३
  अगुवा समाचार
चर्चित सन्त प्रेमानंद महाराजले आफ्नो नयाँ आश्रमबाट ´केली कुंज' आश्रम जाने क्रममा ५ महिनापछि शुक्रबार बिहान वृन्दावनमा पदयात्रा गर्नुभएको छ । बाटोमा वाराह घाट तिराहा नजिक उहाँलाई देखेपछि भक्तजनहरू भावुक भएका थिए ।
​त्यहाँबाट सन्त प्रेमानंद आफ्नै गाडीबाट ओर्लीनुभएर पैदल नै आश्रमतर्फ अगाडि बढ्नुभएको थियो ।
उक्त अवसरमा बाटोको दुवैतर्फ उपस्थित भक्तजनहरूले लगातार 'राधे-राधे' र 'श्री हरिवंश' को जयकारा लगाएका थिए ।
केली कुंज आश्रम पुगेर उहाँले सर्वप्रथम राधारानीको आराधना गर्नुभयो र त्यसपछि आफ्ना गुरु हित गोविन्द शरण महाराजको दर्शन गर्नुभयो । करिब आधा घण्टा रोकिएपछि उहाँ यमुना बिहार कुंज आश्रम फर्कनुभयो।
​गत सेप्टेम्बर २५ का दिन, शिष्य रसिक दुलारीले केली कुंज ट्रस्टको भवनको चौथो तलाबाट हामफालेर ज्यान गुमाएकी थिइन् । त्यस घटनापछि अक्टोबर ८ का दिन प्रेमानंद महाराज पहिलो पटक केली कुंज आश्रम पुग्नुभएको थियो । त्यो बेला उहाँले पदयात्रा गर्नुभएको थिएन र आश्रममा १५ मिनेट मात्र बस्नुभएको थियो ।
​यसअघि प्रेमानंद महाराजले मे २७ मा पदयात्रा गर्नुभएको थियो भने त्यसभन्दा पहिले उहाँ नियमित रूपमा श्रीराधा केली कुंज आश्रमबाट बिहान करिब ३ बजे निस्किने गर्नुहुन्थ्यो र लगभग डेढ किलोमिटर पैदल हिँडेर सुनरख खादरस्थित सौभरी वन पुग्नुहुन्थ्यो ।
​वास्तवमा, स्वास्थ्यस्थितिका कारण गत मे १७ देखि सन्त प्रेमानंद महाराजको पदयात्रा अनिश्चितकालका लागि स्थगित गरिएको थियो । महाराजको स्वास्थ्य ठीक नरहेको र उहाँले भक्तजनहरूसँग एकान्त भेटघाटसमेत बन्द गर्नुभएको जानकारी शिष्यहरूले दिएका थिए । प्रेमानंद महाराजका दुवै मिर्गौला (किड्नी) खराब छन् र उहाँको हप्तामा २-३ पटक डायलाइसिस हुने गर्दछ।
​सन्त प्रेमानंद महाराजले पनि एउटा भिडियो जारी गर्दै भक्तजनहरूलाई भावुक अपिल गर्नुभएको थियो । उक्त भिडियोमा उहाँले भन्नुभएको थियो—
​"कत्तीपनी चिन्ता नगर ! हामी मिलौं वा नमिलौं, बोलौं वा नबोलौं, हामी तपाईंहरू सबैलाई धेरै माया गर्छौं । अन्तिम कुरा यही हो कि चिन्ता गर्नु हुँदैन । न त यो चिन्ता गर्नुपर्छ कि हाम्रो उत्थान कसरी हुन्छ । नबोली पनि तिम्रो दिमागमा हामी हुनेछौं ।"
​यद्यपि, यसको १० दिन पछि अर्थात् मे २७ का दिन उहाँले पदयात्रा गर्नुभएको थियो । तर त्यसयता पदयात्रा बन्द भने रहेको थियो ।
माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल