शनिबार, कार्तिक ८, २०८३
/
भारतको हरियाणामा मौसमी परिवर्तन
७ कार्तिक २०८३
  माण्डव्य हेमन्त
हरियाणाको मौसममा अचानक परिवर्तन आएको छ । शनिबार बिहान झज्जर जिल्लाको बिरोहड, मालियावास, कालियावास र आसपासका गाउँहरूमा वर्षाका साथै असिना पर्‍यो । यसले गर्दा तापक्रममा गिरावट भयो र मानिसहरूले चिसो महसुस गरेको वताइएको छ ।
​यसरी एकॐकासी परेको असिनापानीले किसानहरूको पनि चिन्ता बढाएको छ । किसानहरूको भनाइ अनुसार वर्षा थोरै समय मात्र भयो, तर असिना धेरै पर्‍यो । सुक्खा असिना पर्दा बालीनालीमा नोक्सानी पुगेको छ । यद्यपि, नोक्सानीको वास्तविक विवरण खेतको निरीक्षण गरेपछि मात्र स्पष्ट हुन सक्नेछ सम्वन्धित निकाले जनाएको छ ।
​अर्कोतर्फ, मौसम विभाग (चण्डीगढ) ले आज सिरसा, फतेहाबाद, हिसार, जीन्द, कैथल, करनाल, कुरुक्षेत्र, पानीपत र सोनीपतका लागि आज पहेँलो चेतावनी (यलो अलर्ट) जारी गरेको छ । यी क्षेत्रहरूमा प्रतिघण्टा ३० देखि ४० किलोमिटरको गतिमा तीव्र हावा चल्ने र मेघगर्जन तथा चट्याङसहित वर्षा हुने प्रबल सम्भावना रहेको वताइएको छ ।
​शुक्रवार पनि दुईवटा जिल्ला चरखी दादरा र रेवाडीमा तीव्र वर्षासँगै असिना परेको वताइएको छ । त्यस्तै, पलवलमा सामान्य छिटपुट वर्षा भयो भने मौसम विज्ञहरूका अनुसार पश्चिमी विक्षोभको आंशिक प्रभावका कारण आगामी २४ देखि ४८ घण्टासम्म प्रदेशका विभिन्न भागहरूमा बादलको आवागमन भइ नै रहनेछ। स्रोतका हहनुसार यहाँको तापक्रममा २ देखि ३ डिग्री सेल्सियससम्म गिरावट आउन सक्छ ।
यता पानिपतको समालखामा सन्त निरंकारी मण्डलको आयोजनामा भइरहेको ७९औं सन्तसमागमा चलीरहेको छ भने केही दिन अघी आएको बेमौसमी बर्षातका कारण समागम स्थलमा सामन्य क्षती पुर्याएको थियो । तर फेरी समागम चलीरहेको अवस्थामा आउन सक्ने बेमौसमी बर्षातले समस्या पार्न सक्ने यश सम्वन्धका जानकारहरु वताउछन् । तर आयोजकका अनुसार यश समस्याको समाधानकालागी तयारी पुर्ण रहेकाले कसैलाई नात्तीन र संयमित भएर समागममा सहभागी हुन बताइएको छ । अहिले यश समागममा विश्वभरबाट मण्डलका अनुयायिहरु सहभागी भइरहेकाछन् ।
माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल