शनिबार, कार्तिक ८, २०८३
/
७९औं अन्तराष्ट्रिय सन्त समागममा नेपालीहरुले गरे खुसी व्यक्त !
७ कार्तिक २०८३
  माण्डव्य हेमन्त
सन्त निरंकारी मण्डलको ७९औं अन्तराष्ट्रिय सन्तसमागममा सहभागी भएका नेपालीहरुले खुसी व्यक्त गरेका छन् ।
भारतको हरियाणा स्थित समालखामा भइरहेको ७९औं अन्तराष्ट्रिय सन्तसमागममा ४ हजार भन्दा बढीले सहभागीता जनाईएको वताइएको छ । नेपाल प्रमुख नरबहादुर रावलका अनुसार आफुसंग २ हजारको रेकर्ड रहेको र अन्यहरु आफुखुसी आ-आफ्नो तौरतरिकाले समागममा सहभागी भएको वताएकाछन् । नेपाल प्रमुख रावलका अनुसार कामको शिलशिलामा भारतको विभिन्न प्रान्तहरुमा गएका नेपालीहरुपनी समागममा सहभागी भएकाले पनि यो आँकडा अझै बढि हुनसक्छ तर त्यसको एकिन भने गर्न सकिएको छैन् ।
सन्त निरंकारी मण्डलको ७९औं अन्तराष्ट्रिय सन्त समागममा टीकापुर कैलालीका समाजसेवी जगदिश्वर पण्डित र इन्जिनियर सुलभ सर्माले निरंकारी समागम आफुलाई धेरै राम्रो लागेको वताए । समागममा सहभागी भएका जगदिश्वर पण्डितले जागृतीको महत्व यहाँआएर थाहा पाए । माता जीको प्रवचन पुरे सुन्ने हहवसर प्राप्त भयो ! उहाँको प्रबचनले मलाई गीताज्ञानको स्मरण हुनगयो, किनभने समागममा दिएको सन्देश र गीतामा श्रीकृष्णले अर्जुनलाई दिएको सन्देशमा एउटै किसीमको आभास देख्न र सुन्नपाए, त्यसैलेपनी मलाई यो समागम धेरै राम्रो लाग्यो । उनले भने हामीले आफ्नो जिवनलाई उज्वल बनाउनकालागी आफुबाटै समयअनुकुल जागृत हुँदै अगाडी बढ्नसक्नु पर्ने रहेछ ! माता जि को यो सन्देश मलाई धेरै राम्रो लाग्यो ।
यस्तै अनेकानेक निरंकारी मिसनका शुभचिन्तकहरुलौ आफ्नो भनाईमा सन्तुष्टिको भावनालाई उजगार गरेकाछन् । समागम आगामी कार्तिक ९ गतेसम्म चल्नेछ भने नेपाली निरंकारी नुयायिहरु सोही दिन रातीबाट स्वदेश फिर्ता हुनेछन् ।
माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल