बिहिवार, असोज १, २०८३
/
अनिवार्य अवकासको माध्यमबाट बिदाभए शिक्षक ज्ञवाली
३१ भाद्र २०८३
  हेनुका माण्डव्य
     कैलाली जिल्लाको टीकापुर नगरपालिका वडा नं १ स्थित सन्त निरंकारी आदर्श विद्यामन्दिर सार्वजनिक शैक्षीकगुठीका शिक्षक कान्तिप्रसाद ज्ञवाली विहीबार शिक्षण पेसाबाट अनिवार्य अवकास मार्फत विदाई भएकाछन् । 
    शिक्षक ज्ञवाली आफ्नो जीवनका महत्वपूर्ण तीन दशक उक्त विद्यालयमा कर्मभूमिको रुपमा विताएर बिदाइ गरीएको अवस्थामा भावुक समेत बनेका थिए । लामो समयसम्म विद्यार्थीलाई शिक्षा, संस्कार र जीवनोपयोगी ज्ञान प्रदान गर्नुभएका शिक्षक ज्ञवालीलाई शिक्षक, विद्यार्थी तथा विद्यालय परिवारले भावुक हुँदै बिदाइ गरेको थियो ।
    उक्त कार्यक्रममा प्रमुख अतिथि समेत रहेका सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय अध्यक्ष  तथा विद्यालयका गुठियार बोर्ड अध्यक्ष नरबहादुर रावलले शिक्षक ज्ञवालीले विद्यालयलाई आफ्नो कर्मभूमि बनाएर विद्यार्थीको शैक्षिक  तथा व्यक्तित्व विकासमा पु¥याउनुभएको योगदानको उच्च प्रशंसा गरेका थिए । विद्यालयले उहाँलाई निरन्तरता दिन चाहँदाचाहँदै पनि शिक्षा नियमावली तथा गुठियार बोर्डको नियमावली अनुसार अगाडि बढ्न नसक्ने अवस्था आएपछि बिदाइ गर्नुपरेको समेत रावलले वताएका थिए ।
बिदाइ कार्यक्रममा शिक्षक कान्तिप्रसाद ज्ञवालीले विद्यालय, शिक्षक तथा विद्यार्थीहरूले आफूलाई दिएको माया, सम्मान र आत्मीयता जीवनभर अविस्मरणीय रहने बताउदै विद्यालयलाई आफू आवश्यक पर्ने जुनसुकै समयमा निर्धक्क उपस्थित भएर सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।
    कार्यक्रमका विशिष्ठ अथिती समेत रहेका गुठियार बोर्डका सदस्य, विद्यालयका पुर्व अध्यक्ष नरबहादुर बटाला, विद्यालयका प्रधानाध्यापक भरत तिरुवा, विद्यालयका निवर्तमानअध्यक्ष श्रीराम काफ्ले, विद्यालयका गुठियार कोषाध्यक्ष बलबहादुर सार्की, पूर्वशिक्षक प्रकाशमान ठकुल्ला लगायतले शिक्षक कान्तिप्रसाद ज्ञवालीलाई आगामी जिवनको सुखद पलकालागी शुभकामना दिएका थिए । 
    कार्यक्रमको अध्यक्षता सन्त निरंकारी आदर्श विद्यामन्दिरका अध्यक्ष प्रकाश भण्डारीले गरेका थिए भने कार्यक्रमको सञ्चालन  शिक्षक एकेन्द्र सोडारीले गरेका थिए । (अगुवा सन्देशबाट)
 
माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल