राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा प्रतिनिधिसभा सांसद ज्ञानेन्द्र बहादुर शाहीले पार्टीको आन्तरीक कमजोरीका कारण हामीलाई जनताहरुले पत्याएनन् ।
त्यसको परीणाम हामीले गत निर्वाचनमा भोग्नुपरेको समेत खुलाएकाछन् । कैलाली जिल्लाको धनगढीमा आयोजित राप्रपाको सातौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै शाहीले उक्त कुरा वताउदै पार्टीले जनभावना र जनताको अपेक्षालाई नजिकबाट नियाल्न नसकेको समेत बताएकाछन् ।
हामीले उठाएको मुद्दा स्थगीत गरीएको छैन्, तर हामी जुन बाटोमा हिँडेका छोँ, हामीले पार्टीलाई सोहि ढङ्गले हिडाउन नसक्दा उक्त परीणाम भोग्नु परेको समेत वताएकाछन् ।
उनले अव राप्रपा आफ्नो एजेण्डालाई स्थापीत गर्न नयाँ तरीकाले अगाढी बढीरहेको समेत खुलाएकाछन् । (अगुवा सन्देशबाट)