सोमबार, असोज ५, २०८३
/
सन्त निरंकारी मण्डल को ३७औं बार्षिक साधारण सभा सम्पन
४ आश्विन २०८३
  हेमन्त माण्डव्य/प्रकाश जोशी
सन्त निरंकारी मण्डल नेपाल को 37औ बार्षिक साधारण सभा कैलाली जिल्ला को मध्यवर्ती क्षेत्रमा रहेको बर्दगोरिया गाउँपालिका को सडकपूर बौनिया सत्संग भवनमा एक कार्यक्रम का बिच सम्पन्न भएको छ ।
सन्त निरंकारी मण्डल नेपाल का केन्द्रिय अध्यक्ष  नर बहादुर रावल को सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण कूवर रहेका थिए ।
संस्थाका केन्द्रिय सदस्य एवम् प्रचार बिभाग प्रमूख देवराज रिमालको स्वागत मन्तव्यसंगै सूरू भएको कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ का पूर्व अध्यक्ष कर्ण सूनार, सशस्त्र प्रहरी बल बौनियाका डि एस पी विश्वराज पोखरेल, बर्दगोरिया गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतम, वडा नम्बर २ का वडा अध्यक्ष गोविन्द विक लगायतका ले शूभकामना मन्तव्य व्यक्त गरेका थिए ।
संस्थाका केन्द्रिय सचिव अनिल महर्जनले आर्थिक बर्ष २०८२/०८३  को प्रगती विवरण प्रस्तुत गर्दै देशका करिब ३९ जिल्लाका बिभिन्न स्थानमा सत्संग भवन स्थापना गरि सामाजिक कार्यहरूमा योगदान गरीरहेको अवगत गराउनूका साथै संघिय, प्रदेश र स्थानिय निकायको अनुदानमा देशभरीका १० वटा जिल्लाहरुका १५ वटा स्थानहरुमा बिभिन्न प्रकारका संरचनाहरू निर्माण गरिरहेको र देशका बिभिन्न स्थानमा गरिएको रक्तदान शिविर मार्फत १३९२ यूनिट संकलन गरि रेडक्रस
लाई हस्तांतरण गरिएको उल्लेख गर्नूभएको थियो ।
त्यसैगरी सन्त निरंकारी मण्डल नेपालका केन्द्रिय कोषाध्यक्ष कृष्ण कन्हैया पाठक जीले आर्थिक बर्ष २०८२/०८३ को करिब ३ करोड ८८ लाख ९४ हजार २ सय २४ रूपैयाँ बराबरको आयव्यय प्रस्तूत गर्नूका साथै आर्थिक बर्ष २०८३/०८४ को करिब ३ करोड ८३ लाख ७ हजार ६९ रूपैयाँ बराबरको अनूमानित आयव्यय प्रस्तूत गरेकाथिए ।
उक्त कार्यक्रमलाई सम्वोदन गर्दै प्रमूख अतिथी समेत रहेका बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण कूवरले सन्त निरंकारी मण्डललाई करिब ३० बर्ष देखि नजदिक बाट निहाली रहेको बताउदै मण्डलले गरेका कार्य प्रति हार्दिक धन्यवाद दिदै आफूहरूसंग सिमीत बजेट धेरै बिकास निर्माण कार्य गर्नू पर्ने बाध्यता रहेका कारण सन्त निरंकारी मण्डल नरपाललाई प्रयाप्त बजेट विनियोजन गर्न नसकेको स्वीकार्दै यसै आर्थिक बर्ष भित्र निर्माणाधीन सडकपूर बौनिया सत्संग भवनलाई निर्माण सम्पन्न गर्ने प्रतिबध्दता व्यक्त गर्नू भएको थोयो ।
सन्त निरंकारी मण्डल नेपाल का केन्द्रिय अध्यक्ष नर बहादुर रावलले सन्त निरंकारी मिशन कूनै धर्म वा सम्पदा नभई एक बिशूध्द आध्यात्मिक बिचारधारा रहेको बताउदै, सन्त निरंकारी मिशन सन १९२९ मा तत्कालीन भारत र अहिले को पाकिस्तानको पेसावर बाट बाबा बुटा सिह जी महाराजले यसको सूरूवात गरेको भएपनि सन १९४६ मा सन्त निरंकारी मण्डलको नामले भारतको दिल्ली स्ततोत केन्द्रिय कार्यालय रहने गरि औपचारिक रूप मा दर्ता गरिएको भए वताउदै नेपालमा भने बि स २०२० चैत्र ६ गते सूदूर पश्चिम प्रदेश को अछाम जिल्ला को गोयलापानि बाट स्थापना भई औपचारिक रूपमा बि स २०४६ सालमा काठमाडौ केन्द्रिय कार्यालय रहने गरि दर्ता भएको बताउनू भएको थोयो ।
संस्थाको मूख्य उदेश्य भनेको विभिन्न समाजमा रहेका धर्म जाती वर्ण लगायतमा बिद्धमान रहेको अनेक प्रकारका बिभाजनलाई रोकेर एकत्व स्थापना गर्ने कार्य गर्ने गरेको प्रष्ट पार्नू भएको थोयो ।
माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल