सोमबार, असोज ५, २०८३
/
हरेक हृदयबाट होस् सेवा र मानवताको शुभारम्भ - निरंकारी राजपिता रमित जी
५ आश्विन २०८३
  अगुवा समाचार
विविधताले सजाइएको यो संसारमा हाम्रा रूप, भाषाहरू र जीवनशैलीहरू फरक-फरक भए पनि यी बाहिरी भिन्नताहरू पछाडि बस्ने चेतना एउटै हो । हामी सबै यही परमात्माका सन्तान हौँ, जसलाई सतगुरुले प्रेमको अदृश्य सूत्रमा बाँधेर मानवतालाई एकताको सन्देश दिनुभएको छ । सन्त निरंकारी मिशनले यही भावनालाई ‘वसुधैव कुटुम्बकम्’ -‘समस्त संसार एक परिवार’ का रूपमा जीवन्त पारेको छ, जहाँ प्रेम केवल विचार मात्र होइन, तर जीवन जिउने शैलीलाई दर्शाउँछ ।
​७९औँ वार्षिक निरंकारी सन्त समागम परम श्रद्धेय सतगुरु माता सुदीक्षा जी महाराज एवं निरंकारी राजपिता रमित जीको पावन सान्निध्यमा आगामी २०२६ अक्टोबर २३ देखि २६ तारिखसम्म सन्त निरंकारी आध्यात्मिक स्थल, समालखा, हरियाणामा श्रद्धा र उल्लासका साथ आयोजित हुनेछ । यसमा आत्मिक चेतना र मानव-एकताको सन्देशलाई हृदयमा सँगालेर देश-विदेशबाट लाखौँ श्रद्धालु भक्तहरू सहभागी हुनेछन् । सतगुरुको दिव्य दर्शन एवं पावन प्रवचनबाट श्रद्धालुहरूले आत्मिक शान्ति प्राप्त गर्दै आफ्ना जीवनमा प्रेम, सेवा, करुणा र मानवताको भाव आत्मसात् गर्ने प्रेरणा प्राप्त गर्नेछन् ।
​समागमको सेवाहरूको शुभारम्भ आज श्रद्धा, समर्पण र सेवाभावले परिपूर्ण वातावरणमा भयो । निरंकारी राजपिता रमित जीको पावन करकमलबाट सेवा स्थलको उद्घाटन गरियो । यस अवसरमा मिशनकी कार्यकारिणी समिति, केन्द्रीय सेवादलका अधिकारीगण तथा हजारौँ श्रद्धालु भक्तहरूले प्रेम र निष्ठाका साथ सेवामा सहभागिता जनाए । सन्त निरंकारी मण्डलकी अध्यक्ष आदरणीय राजकुमारी ‘मामी जी’ एवं सन्त निरंकारी मण्डलका सचिव आदरणीय श्री जोगिन्दर सुखीजाले पुष्पगुच्छा अर्पण गरी निरंकारी राजपिता जीलाई हार्दिक अभिनन्दन गर्नुभयो । यो पावन अवसर सेवा, साधना र समर्पणलाई जीवनको आधार बनाउने प्रेरणाले ओतप्रोत थियो ।
​७९औँ समागमको सेवा शुभारम्भको अवसरमा उपस्थित श्रद्धालुहरूलाई सम्बोधन गर्दै निरंकारी राजपिता जीले सतगुरु माता जीको प्रेम र आशीर्वाद सन्तहरूमाझ पुर्‍याउँदै भन्नुभयो कि सन्त समागमको सेवाको यो विशाल स्वरूप असंख्य सन्तहरूको निस्वार्थ सेवा, त्याग र समर्पणको परिणाम हो । यसले हामीलाई प्रेरणा दिन्छ कि हाम्रो जीवनमा पनि सेवा र परोपकारको भाव आउनुपर्छ । मानव शरीर केवल आफ्ना लागि मात्र होइन, अरूको सुख-दुःखमा सहभागी बन्नका लागि पनि मिलेको हो । सेवामा जब ‘म’ को भाव समाप्त भएर ‘हामी’ को भाव आउँछ, तब मात्र यसको वास्तविक अर्थ प्रकट हुन्छ । सतगुरुको ज्ञान नै त्यो जागृति हो, जसले हाम्रो दृष्टि बदलेर हरेक मानवमा निरंकारको स्वरूप देख्ने प्रेरणा दिन्छ । जब मानवले मानवलाई प्रेम र सत्कार गर्नेछ, तब यो पृथ्वी अझ सुन्दर बन्नेछ । सतगुरुसँग यही प्रार्थना छ कि हामी केवल मानव रूपमा मात्र होइन, आफ्ना कर्म र व्यवहारबाट पनि सच्चा मानव बन्न सकौँ ।
​यस वर्ष सन्त समागमको शीर्षक ‘जागृति’ रहेको छ, जसले मानिसलाई बाहिरी संसारबाट बाहिर निकालेर आफ्नै भित्रतिर हेर्न र आफ्नो वास्तविक स्वरूपलाई चिन्न प्रेरणा दिन्छ । सतगुरु माता जीले पनि भन्नुभएको छ कि जागरूक र चेतन भएर भक्तजनहरू हरेक पल भक्तिमा लीन रहन्छन् । ‘जागृति’ को अर्थ कुनै नयाँ कुराको अचानक बोध हुनु होइन, बरु हरेकक्षण आफु भित्र सजग र सचेत रहनु हो । संसारमा रहेर पनि त्यसको प्रभावबाट स्वयंलाई बचाएर राख्नु र हरेक परिस्थितिमा प्रभु-स्मरणसँग जोडिनु नै साँचो ‘जागृति’ हो ।
​निसंदेह निरंकारी सन्त समागम कुनै धर्म, जात, भाषा वा क्षेत्रमा मात्र सीमित छैन, बरु मानवता र सत्यको प्रकाशलाई अगाडि बढाउने प्रत्येक हृदयको सङ्गम हो । यहाँ सेवाका माध्यमबाट इंसानियत र आध्यात्मिकताको दिव्य मिलन हुन्छ, हजारौँ हात सेवामा र लाखौँ हृदय प्रेममा जोडिन जान्छन् तथा विविधताका बीचमा एकत्वको सन्देश साकार रूपमा देख्न पाइन्छ ।
माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल