यमपञ्चक तथा छठ पर्वको अवसरमा सन्त निरंकारी मण्डलद्वारा मधेश प्रदेशको जनकपुरधाममा रत्न सागर पोखरीको सरसफाई गरिएको छ । सन्त निरंकारी मण्डलको १४०१ सेवादल युनिटले शनिबार उक्त स्थानको सरसफाई गरिएको मण्डलका मिडिया प्रतिनिधि ओम प्रकाश साहले जनाएकाछन् ।
मिडिया प्रतिनिधि साहका अनुसार ऐतिहासिक तथा धार्मिक महत्त्वको रत्न सागर पोखरीमा निरंकारी सेवादलद्वारा बृहत् सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।
धार्मिक सम्पदाको संरक्षण, वातावरणीय स्वच्छता र जनकपुरधामको सौन्दर्य कायम राख्ने उद्देश्यले आयोजित कार्यक्रममा स्थानीय नागरिक समाजका प्रतिनिधि तथा सन्त निरंकारी मण्डलका अनुयायिहरूको बाक्लो सहभागिता रहेको थियो । उक्त कार्यक्रममा सहभागीहरुले पोखरी परिसर तथा आसपासका क्षेत्रहरुमा सरसफाइ गर्दै सार्वजनिक सम्पदाको संरक्षण र स्वच्छ वातावरण निर्माणमा सामूहिक पहल आवश्यक रहेको सन्देश दिएका छन् ।
यमपञ्चक तथा छठपर्वको अवसरमा उक्त धार्मिक स्थल तथा सार्वजनिक स्थानमा आस्थाका अनुयायि र सर्वसाधारणको चहलपहल बढ्ने भएकाले सरसफाइको महत्त्व अझ बढ्ने आयोजकको भनाइ रहेकोछ।
उक्त कार्यक्रमको आयोजक समेत रहेको सन्त निरंकारी मण्डल, जनकपुरधामका मुखी बेचु रजकले सामाजिक उत्तरदायित्व निर्वाह गर्न प्रत्येक व्यक्ति तथा संघसंस्थाले समाजका लागि केही समय छुट्याउनुपर्ने बताएका थिए । समाजको हित, वातावरण संरक्षण र सकारात्मक परिवर्तनका लागि सामाजिक संघसंस्थाहरूले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने मुखि रजकको भनाइ रहेको थियो
रजकले यस्ताखाले सरसफाइलाई कुनै विशेष एक दिन वा अभियानमा मात्र सीमित नराखी दैनिक जीवनको व्यवहार बनाउनुपर्ने आवश्यकता रहेको समेत औँल्याएका थिए भने यश रत्नसागर पोखरीमा गरिएको सरसफाइ अभियानले सामूहिक जिम्मेवारीबोधलाई थप उजागर गरेको वताएका थिए ।
सन्त निरंकारीमण्डल जनकपुरधामद्वार गरिएको यश सरसफाई अभियानले ‘स्वच्छ पोखरी, सुन्दर जनकपुरधाम’को सन्देश सहित सार्वजनिक सम्पदाको संरक्षणमा समाजिक संघ संस्था तथा नागरिक सहभागिताको महत्त्वलाई पुनः स्थापित गरेको छ ।