लामो संर्घर्ष तपाइहरु सबै पाठक वर्ग, विज्ञापनदाता, शुभचिन्तकहरुको अनन्न्य माया ममता र सहयोगका बावजुद आज अगुवा सन्देश राष्ट्रिय साप्ताहिक आजको समयमा इलोक्ट्रोनिक मिडीयाको रुपमा अगुवा अनलाइनको नामबाट तपाइहरु सबैको हात हातमा सजिलै उपलब्ध भएको छ ।
यहाँसम्म आइपुग्दा हामीले धेरै संघर्षहरुको सामना गर्नु परेको अवस्था हामीसंग ताजै रहेको छ । छापा माध्यमबाट शुरुगरेको हाम्रो पत्रकारीता आज यहांसम्म आइपुग्दा अगुवा सन्देश राष्ट्रिय साप्ताहिक हुदै अगुवा अफशेट प्रेस सञ्चालन गर्दै अगुवा अनलाइनसम्म आइपुगेका छौं । यसमा तपाइहरु सबैको सहयोग रहेको छ । यसमा विशेष धन्यवाद जसले हामीलाई कमजोर परिस्थतीमापनि हौसला दिइ आर्थिक लगानिसम्म गरी सहयोग गर्नुहुने टीकापुर निवासी दिपेश तिमिल्सेना प्रती आभारी हुदै धन्यवाद व्यक्त गर्दछौं र उहाँले गरेको योगदान हामी कहीलेपनि नविर्सने प्रतिवद्धतापनि गर्दछौं ।
यसका साथै पत्रिकाको सम्पादकको भुमिका निर्वाह गनुहुने अधिवक्ता महेन्द्रराज भण्डारी, सह–सम्पादक हेनुका माण्डव्य, पत्रिकालाई निरन्तर रुपमा सेटीङ्ग गर्ने मनिषा ढुंगाना तथा निरन्तर रुपमा समाचार पठाइ सहयोग गर्ने समाचार दाताहरु, पत्रिका वितरण गर्ने बजार प्रतिनिधीहरुलाई धन्यावाद प्रकट गर्दछौं ।
अनलाइन सञ्चालनकालागी पुर्ण रुपमा सहयोग गर्नुहुने टीकापुर निवासी हाल भारतको मुम्बैमा आफ्नो कार्यक्षेत्र बनाउनु भएका पुर्ण बहादुर कुमाल, दाङ्ग निवासी हाल काठमाडौं कार्य क्षेत्र बनाउनु भएका पुर्ण बहादुर बस्नेत तथा अगुवा अफशेट प्रेशका प्रोपराइटर हेमराज माण्डव्य जो प्रधान सम्पादक, सम्पादक र सह–सम्पादकको भुमिकामा रही अगुवा अनलाइनलाई “सामाजीक अगुवाइ, निष्पक्ष समाचारकालागी” भन्ने मुलध्येका साथ कृयाशिल रहने प्रतिवद्धताकासाथ लाग्नु भएका सबैलाइ धन्यवाद दिनचाहन्छु ।
आसा र विस्वास गर्दछु कि सबैले आ–आफ्नो जिम्मेवारीलाई सधै स्विार्थ किसिमले निर्वाह गर्दै देश र जनताको पक्षमा सधै कटीवद्ध भइने छ ।