बचपन जसको बितेको छ अनाथ जस्तो
के परक पर्छ र कोइ साथमा हुन या नहुन ।
आफ्नैको ताल जब छ गैरहरुको जस्तो
के परक पर्छ र कोइ साथमा हुन या नहुन ।
हरेक दुख, कष्टमा जव, पुछिएको छ आँसु खुद आफुले
खसेरपनि स्वयम उठने छौं कसैको सहारा होस या नहोस ।
ठोकर खाएर धेरैै एक्लै हिड्न सिखीयो जव
मुस्कुराउछु तवपनि कुनै खुशी होस या नहोस ।
किन सिखाइयो मानवता, जव सबचिज पैसा नै हो भने ?
ठुलो छ शिर खरावीको यहाँ राम्रो अव होस या नहोस ।
रुठीरहेछ मन, जलीरहेछ दिमाग, झररिहेछन आँसुहरु
बानि बसीसक्यो अव त न्याय होस या नहोस ।