सोमबार, चैत्र ९, २०८२
/
“माघी पर्व (मकर सक्रान्ती) हाम्रो महत्वपुर्ण पर्व हो”
३ माघ २०८२
  हेमन्त माण्डव्य
“माघी पर्व लाई मकर सक्रान्ती, माघीत्यार, च्यालत्यार इत्यादी थुप्रै नामले व्याख्या गर्दै  नेपालमा प्रयाजसो वैदीक या अवैदीक वीषेस गरी ॐकार समुदायले आ–आफ्नो तरीकाले मनाउने गर्दछन । भन्नु पर्दा यो पर्व नेपालको परीवेशमा एउटा महत्वपुर्ण पर्वको रुपमा नै रहेको पाईन्छ । जो जसले जसरी मनाएता पनी यसको सार तत्व भने महीलाहरुमा नै नीहीत रहेको पाईन्छ । कीनकी यो पर्व मान्ने सवै समुदायले अन्त्वगत्वा छोरी दीदी बहीनी फुपुहरुलाई दान दक्षीणा गरेर समापन गर्ने गर्दछन । यसै समयमा महीलाहरुले पूरुष राम्रो पाउन र राम्रो होस भन्नुका साथै सन्तान र धन दौलत राम्रो र मनग्य प्राप्त होस भनी स्वस्थानी व्रतकथा मार्फत शीव भगवानकोे आराधना गर्ने गर्दछन । तर यहाँ नेपाल सरकारले माघी त्यार, मकर सक्रान्ती लाई जनजातीहरुको मुख्यपर्वका रुपमा राखेको देखीएकोले यो लेखकलाई आफु अछाम पहाडी मुलको तराईवासी भएकाले र यो पर्व लेखकको पनी महान पर्व भएकाले आफ्नो पर्वको बारेमा पनी केही उल्लेख गर्न मनलागेर आयोे र यहाँ यो पर्व सम्बन्धी केही कुरा लेख्ने जमर्को गरीएको छ । यहाँ केहीकुराहरु लेखीरहँदा लेखीने कुराहरुमा तलमाथी पनी हुनसक्छ । ती तलमाथी भएका कुराहरुलाई यस सम्बन्धमा जानकारी राख्ने महानुभावहरुले मलाई सक्दो सहयोग गर्नुहुनेछ भन्ने वीस्वास लीएको छु । 
     हामीले वीषेस गरी यो पर्वलाई धुमधामका साथ महत्वपुर्ण कीसीमले मनाउने गर्दछौ । यहाँ सवैकुरा उल्लेख गर्न त नसकीएला तर पाठक वर्गलाई केही हदसम्मन सजीलो तरीकाले जानकारीहोस भन्नकालागी केही कुराहरु राख्न चाहन्छु । पौषमा पर्ने मंसीरे पुर्णीमा(पुनी)लाई हामीले पर्वकोरुपमा मनाउने गर्दछौ । सोहीदीन साँझ गाउँका सवै साथी भाई दाजुभाई दीदीबैनीहरु मीलेर भैलो खेल्ने गरीन्छ । वीषेस गरी यसलाई “अछामी भैलो” भनेर भन्ने पनी गरीन्छ । यो भैलो खेल्ने परम्परा कहीलेदेखी कसरी सुरुभयो भन्ने सवालमा वीभीन्न भनाईरहेका छन । यसको बारेमा खोज अभीयान जारी नै रहेको छ, अर्को अंकमा समावेश गरौंला ।  आजकाल यो भैलो पहाडी समुदायको भएरपनी लोप भइसक्यो भन्दा पनी हुन्छ । कीनभने पश्चीम पहाडी मुलका  मानीसहरुले अरुको देखासेखीका कारण यो भैलोलाई खेल्न छोडेको पाईन्छ । तर पहाडतीर कतैकतै आजभोली पनी यो मंसीर पुर्णीमाका दिनमा खेलीने भैलो खेलेको देख्न सकीन्छ । साच्चै भन्ने हो भने यो भैलो लोप हुदै गएको छ । हामीले यसको संरक्षण समयमा नै गरेनौ भने आगामी केही बर्ष पछी यो परम्पराको इतीहास खोज्नु पर्ने देखीन्छ । यसको जगेर्ना गर्न हामी सबैले आजैबाट लाग्न जरुरी भईसकेको छ । अझै यसको बारेमा आगामी दीनहरुमा तथ्य आधारहरु तपाईहरु माझ पस्कीने कोसीस गर्ने नै छु ।     
      मंसीरे पुर्णीमाको साँझ टाम्को(सवै भन्दा सानो दमाहा) वजाउदै “जो देला पाथी उसको सुनको छाती, जो देला मुरी उसको सुनको धुरी” जस्ता हाँसीखुसीका रमाईला टूक्काहरु गाउदै गाउँघरमा सवैको घरघर गई धान चामल रुपीयाँ पैसा लावन–बाबर, सेल–पुरी, गुड–तीलका लड्डु र चाकु आदी बनाईएका परीकारहरु माग्ने गरीन्छ । पुनी(पुणीमा)को भोलीपल्ट सवैले भैलीमा उठाएका चीजवस्तुहरुलाई र वीभीन्न परीकार बनाएर गाउँबाट अली टाढा जङ्गगलमा गएर बनाइृ खाने गरीन्छ । सोही ठाउँबाट सुरुहुन्छ मुणा(मोटो काठदाउरा) जमा गर्ने प्रकृया, जस्लाई बुणो मूणा भन्ने पनी गरीन्छ । त्यो मुणालाइ दमाहा बजाएर तामझामका साथमा गाउँको मुख्यठाउँमा ल्याएर वीधीवत तरीकाले राख्ने गरीन्छ र त्यस दीनदेखी पौष(पुष) महीनाको अन्तीम दीनसम्म मुणा जम्मा गर्ने कार्य दैनीक जसो चल्ने गर्दछ । रमाईलोका लागी एकगाउँले अर्को गाउँमा जम्मा गरेको मुणाहरुलाई कोही नभएको मौकाछोपी लैजाने(चोर्ने) पनी गर्दछन । यो कार्यमा छुट्टै आनन्द महसुस गर्ने गरीन्छ । अर्को गाउँकाले आफुले जम्मा गरेको मुणीदाउरा नलीन पाउन भनी जवरजस्त पहरादीने परम्परापनि रहेको हुन्छ । पुष अन्तीम दीनसम्म जम्मा गरेको मुणीदाउरालाई मसान्तीको दीन (महीनाको अन्तीम दीन) बडो जतनका साथमा गाउँका सवैलाई पाएक पर्ने जहाँसम्म पानीभएको त्रीवेणी ठाउँ नजीकमा दक्ष वीज्ञ व्यक्तीहरुले मुणीखात बनाउने काम गर्दछन । यसकार्यमा पनी सवैभन्दा राम्रो र लग्लो कसले बनाउन सक्छ भन्ने एकअर्को गाउँको प्रतीस्प्रदा नै हुने गर्दछ । अझै भन्ने हो भने बडो प्रतीस्प्रदाका साथै आनन्दको कुरा त के हुन्छ भने एक अर्को गाउँमा गएर बनाएको मुणीखातमा आगो लगाईदीने कार्य । मुणीखात बनाई सकेको ठाउँमा कोही नभएको मौका छोपी अर्को पक्षले आगो लगाई दीने । यसोहुन नदीनकालागी पनी होसीयारीकासाथमा रेखदेख गर्नेगरीन्छ । पुष मसान्तीको अन्तीम रातमा त्यो मुणीखातमा गाउँका सवैका सम्मानीत व्यक्तीत्वबाट आगो लगाउने कार्य गरीन्छ । आगो लगाईसकेपछी सवै गाउँवासी साना, ठुला, महीला, वृद्धहरुले रातभरी मुणीखातको आगो ताप्दै जागराम बसेर डेउणा खेल्दै माघ एक गतेलाई पर्खने गर्दछन । उता घरमा महीलाहरुले लावन, बाबर, सेल, पुरी, कन्दमुलका वीभीन्न परीकार, तील, गुण मीसाएर बनाईने लड्ड र चाकु जस्ता परीकार बनाउने गर्दछन । बीहान उज्यालो भयो माघ एक गते लाग्यो । 
यो समयमा पनी अनौठो रमाईलो नै हुन्छ । मुणीखातको मुणाहरु जलेर आगोको रापमा जलीरहेको कोईला वनीरहेका हुन्छन । ती जलीरहेका कोईलाहरुलाई सबैभन्दा पहीले कसले उठाएर फाल्ने भन्ने प्रतीस्प्रधा नै हुन्छ र जस्ले सवैभन्दा पहीला जलेको रापको कोईला उठाई “कोईला लइजा कालीखात्या” (यो कीन भनीन्छ खोजीको वीषय नै रहेको छ) भनेर नदी या त्रीवेणीमा फाल्न सक्छ उसले आफुलाई त्यो वर्षको पुर्ण भाग्यमानी ठान्ने र गौरवान्दीत महसुस गर्ने परम्परा रहेको पाईन्छ । त्यो औसर लीनकालागी सवैले हतार हतार आगोको रापमा जलीरहेको कोईलालाई नाङ्गो हातले समातेर “आगो लैजा कालीखात्या” भनेर हातमा रहेको आगो फाल्ने परम्परा रहीआएको छ । त्यो आगो फालीसकेपछी नदी या त्रीवेणीमा नुहाएर सुद्ध भई छोरी, दीदी, बहीनी, फुपुहरुलाई आफ्नो गक्ष अनुसार दान दक्षीणाका साथै मसान्तीको राती घरमा बनाईएका सबै परीकार दीएर आफुले खाना खाने प्रचलन रहीआएको पाईन्छ । त्यसपछी अनी सुरुहुन्छ टाढाटाढा रहेका आ–आफ्ना छोरी चेलीहरुलाई माघको महीनाभरी दान दक्षीणा र आफ्नो घरमा बनाएको खानेकुराहरुको पोको बनाई उनीहरुको घरमा नै गएर दीने कार्य । 
      यो दीने कुरालाई पोको दीने पनी भनीन्छ । जसको माईतीबाट पोको आएन उनी छोरी बहीनीहरुले बडो दुख मान्ने नराम्रो मान्ने परम्परापनी रहीआएको पाईन्छ । यीनै खाने कुरालाई “पुष हाल्याका बाबर माघ खाना” भन्ने उखान पनी रहीआएको पाईछ । अनी यसै समयमा पुष पुर्णीमा(पुनी) देखी स्वस्थानी व्रत कथा सुरु भई माघ पुर्णी(माघे पुनी)मा समापन हुने हुँदा यो “माघी त्यार” लाई हाम्रो समाजमा वडो महत्वको साथमा हेरीन्छ र बडो महत्वका साथमा मनाईने गरीन्छ । “यो पर्व मंसीरे पुर्णीमा देखी सुरु भएर माघ महीनाको अन्तीममा सीदीन्छ भनेर भन्दा अनुपयूक्त होला” । वीषेस गरी माघ महीनामा कपाल, दाह्ी, जुगा, नङ्ग आदी नकाट्ने र मासुजन्य पदार्थ नखाने सुद्धगरी बस्ने चलन पनी रहीआएको छ । त्यसकारण यो पर्वलाई वीषेस कुनै जात जातीमा सीमीत राखीनु हुदैन कीनकी अछामीहरुकालागी यो पर्व बडो महत्वपुर्ण छ यसमा हाम्रो अस्तीत्व लुकेको छ । यसमा हाम्रो संस्कार र मौलीकता रहेको छ । यसमा हाम्रो पहीचान लुकेको छ । त्यसैले “यो पर्व हाम्रो महत्वपुर्ण पर्व हो” । नेपाल सरकारले लगाएको ठप्पा तत्काल फीर्ता लीनुपर्छ । कानुन बनाउनेहरुले बीना खोज अनुसन्धानको र हचुवाको तालमा कुनै नीर्णय गर्न हुदैन । सबै जातजातीको समान अस्तीत्वकोलागी अगाडी बढ्नु पर्दछ । संस्कारहरु अपनाईने गरीन्छ त्यसैले रीतीरीवाज र संस्कारमा राजनीती गर्न हुदैन । 
      सवैको रीतीरीवाज संस्कार परम्परा र पहीचानको समान रुपमा ग्यारेन्टी हुनुपर्दछ । यदी हाम्रो संस्कार र रीतीरीवाजमा राजनैतीक करण गरीयो भने ठुलो धोका हुनजाने छ । यस कुरामा राज्यले समयमा नै हेक्का लीनु पर्दछ । अन्तमा भन्नु पर्दा सवैले आ–आफ्नो रीतीरीवाजको संरक्षण आफैबाट गर्न सक्नु पर्दछ । हाम्रा रीतीरीवाज र संस्कार भीत्रका अव्यवहारीक कुराहरुलाई हामीले नै समय अनुकुल सुधारेर जान सक्नु पर्दछ । यदी यसो भएन भने हाम्रा रीतीरीवाज परम्परा र संस्कारहरु अवश्य धरापमा पर्नेछन र हाम्रा आगामी पीढीले हाम्रा रीतीरीवाज परम्परा र संस्कारको बारेमा ईतीहासको रुपमा पढ्नेछन र परीक्षामा प्रश्नको उत्तर दीदा यो भनेको के हो ? भनेर अरुलाई सोध्नेछन । समयमा नै चेतना भया.............! जय माण्डव्य !
 
टीकाराम जोशी

माण्डव्य हेमन्त

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल