बिहिवार, मंसिर ६, २०८१
/
“मैेले सपनामा केपी बा संग कुरा गरे” 
२२ आश्विन २०७९
  माण्डव्य हेमन्त
कुरा २०७९ साल आश्विन महिनाको २२ गते बिहान करीव ४ बजेको हो। चार दिनदेखी लगातार बर्षा भइरहेको थियो । गाउँघरमा बाढी आएर जनजीवन अस्तव्यस्त भइरहेको अवस्था थियो । गाउँमा लगाएको अन्नबाली बाढीले सखाप बनाइरहेको थियो । मनमा चिन्ताले सताइरहेको थियो, अब यस बर्ष कसरी घरपरिवारलाई खाद्यान्नको आपुती गर्ने भन्ने पिरलो छुट्टै थियो । गाउँबाट १४ किलोमिटर पर उच्चक्षेत्रमा बुवाले नै सानो कटेरो बनाइदिनुभएको थियो, सोही कटेरोमा बासबस्न आइयो ।
आश्विन २१ गते साँझ सबै परिरवारले संगै घरमा बुहारीले पकाएको मिठोमसीनो जे जस्तो थियो त्यही खाना खाएर भोली बिहानै गाउँमा गएर आफ्नो खेतीपाती केकस्तो भयो बाढीको अवस्था के कस्तो छ भन्ने खोजीनिति गर्ने सोचका साथमा आफ्नो कोठामा सुत्न गइयो । रातको १ बजीसक्यो निन्द्रा लाग्दैलाग्दैन, गाउँमा बाढी आएको चिन्ताले सताइरहेको छ । मोबाइल उठाएर फेसबुक चलायो त्यहाँपनि मनलाग्दैन । 
यस्तै प्रकृया चलीरहेको थियो, संगै सुतिरहेकी छोटुकी आमालाइपनि निन्द्रा लागरिहेको थिएन, मैले उसलाई घडी यता र घडी उता पल्टीदै र छटपटाउदै उही मेरो चिन्तामा साथ दिइरहेको देखीरहेको थिए । रातीको १ बजीसकेपछी छोटु की आमाले भनी ए हजुर ! यति चिन्ता किनलीइरहनु भएको छ र ? के हाम्रो मात्रै बाढीले नोक्सान गरेको छ र ? उसले आफ्नो मनको पिडा मनमा नै दबाएर मलाई सान्तवना दीदै भनी । 
छोटुकी आमाको यस्तो कुरा सुनेर मैले भने हुन त हो हेर टीके (“मैले छोटुकी आमालाइ टीके भनेर बोलाउने गर्दथे, बिवाह गरेको बेला साथीभाइले मलाई आफ्नो जिवनसंगीनीको नाम छुट्टै अरुसंग जहाँसम्म मेल नखाने तरीकाले खाख्नुपर्दछ, अनिमात्र जीवनसंगीनी खुसीहुन्छन भनेर सुझाव दिएका थिए, त्यही भएर मैले उनको नाम कसैसंग मेलनखावोस भनेर टीके राखेको थिए, हुनत टीके को अर्थ ठुलो छ, महत्वपुर्ण छ, सान्दर्भिक छ, मायालु छ, प्रेमपुर्ण छ, मैले आफै राखेकाले मलाई त्यसको भावार्थ थाहा छ, अनी उनलाइ थाहा छ त्योपनि उनले मलाई यो टीके को अर्थ के हो भनेर सोधेकी थिइन र मैले कसैलाई नभन्नु है भनेर उनलाई बाचा गराएर भनेको थिए । पहिला आफ्नो टीके नामबाट असन्तुष्ट बनेकी उनि जव टीकेको अर्थ थाहापाएपछी मुस्कुराउदै, हाँस्दै र खुसीहुदै उक्त नाम स्वीकार्दै भनेकी थिइन, ए त्यसो पो ! अब जिववनरहुञ्जेल हजुर यही नामबाट मलाई बोलाउनुहोला, उनले भनेकी थिइन”) तर के गर्नु गाउँको हालत त्यस्तो छ चिन्ता त लागीहाल्छन नी गाउँघर डुबानमा छ के कसो हुने हो निन्द्रा कसरी लाग्नु र ? मैले प्रतीप्रश्न गर्दै भने । हामी दुबै बुढाबढीको यस्तै कुरा चल्दै थियो, बाहीर मेघ ग्रजनसहित घनघोर बर्षा हुदैथियो, आश्विन महिनाको अन्तिमतिरको समय भएकाले चिसो बढीरहेको थियो, टीके ले भनिन छोटुको बुवा ! अली जाडो लागेजस्तो भयो नि है ? मैले भने हो त नी ! मलाइपनि जोडो लागेजस्तो भयो । आफ्नो कुरामा सहमती जनाएको सुनेर टीके ले नजीकै टेबलमा राखेको पातलो ब्ल्यांकेट उठाउदै आफ्नो र मेरो शरीर माथी ओढाइन, ब्ल्यांकेट शरीरमापर्ने वितिकै अली जाडो कमभएको महसुस भयो । त्यसपछी कतीबेला निन्द्रादेवीले च्यापीछन र आफ्नो काखमा राखीछन थाहा नै भएन । 
“निन्द्रादेवीको काँखमा रहेकाबेला मैले नेपालका पुर्व प्रधान मन्त्री केपीसर्मा ओलीलाई देख्न पुगेछु, कुन ठाउँ हो मलाइ ठ्याक्कै थाहा भएन, ठाउँ अज्ञात नै रह्यो ! 
म गण्तव्यकालागी आफ्नो बाटोमा हिडी रहेको थिए, केही मानिसहरु राजनितीक गफ गरिरहेका थिए, त्यसमा मुस्कान सहित देशको पुर्वप्रधानमन्त्री केपीसर्मा ओली बिचमा बसीरहनु भएको देखे । म ट्वाक्क रोकीए । उहाँले अरुले गरीरहेका सवाल सुन्दै र जवाफ दिदै गरेको सुने । एक्कासी आफुले त्यसरी केपीसर्मा ओलीलाई देखेपछी मेरो मनले मानेन र म त्यहाँ रोकीए । त्यहाँ रहेका अन्य मानिसहरुको भिडबाट हुदै केपीसर्मा ओलीको अगाडी गएर उभिए, उहाँले म त्यसरी अगाडी आउदासम्म कुनै प्रतीकृया दिनुभएन र अन्य मानिसहरुको सवाल जवाफमा नै ध्यान केन्द्रित गरिरहनु भएको थियो । 
मैले उहाँको अगाडी आएर अभिवादन गरे, उहाँले अभीवादन भन्नुभयो र मुस्कान सहित आफ्नो टाउकोलाई अली बाया फर्काएर ठाडो माथी मतीर मुख फर्कााएर भन्नुभयो ए तपाइपनि आइपुग्नुभयो ? 
मैले सोचे मलाई चिनेर नै उहाँले यसरी सोध्नुभएको होला, तर फेरी सोचे केपीसर्मा ओलीले मलाई यती सजिलै कसरी चिने त ? मैले तुरुन्तै सवाल गरे सम्मानिय ओली ज्यु हजुरले मलाई चिन्नु भयो र ? 
उहाँले फेरी पहीले झै आफ्नो टाउको बाया माथीतीर फर्काएर भन्नु भयो किन नचिन्नु नि ..........! 
यतिकैमा ओली जी को अगाडी गफ गरीरहेका अर्का व्यक्तिले भने किन नचीन्नु नि तपाई हेमन्त माण्डव्य होइन र ? 
मैले भने हो म हेमन्त माण्डव्य नै हो ।
मेरो यस्तो कुरा सुनेर ओली जिले घरपरिवार र गाउँघरको बारेमा सोधनी गर्नुभयो । मैले सबै केलीविस्तार लगाए र आफ्नो गाउँ विकास निर्माणका सवालमा धेरै पछाडी रहेको जनाए । 
उहाँले साह्ै दुख प्रकट गर्नुभयो र भन्नुभयो के गर्नु माण्डव्य जि म भुमीगत कालमा जेलबाट छुटेपछि तपाइकै गाउँघरतिर करीव ४ महिना सेन्टर लिएर बसेको थिए । त्यहाँका मानिसहरुले मलाई साह्ै सहयोग गरेका थिए । यहाँसम्म की घरघरबाट मिठो–मिठो खाना आफ्नो खानदान को डिब्बामा ल्याएर जंगल भित्रको स्थानमा खुवाउने गर्दथे । त्यतिबेला कतीपय विद्यालयका शिक्षक–शिक्षीका र द्यिार्थीहरुले सहयोग गरेका थिए । 
यति भन्दै उनले अगाडी भने अँ....! मलाई त्यतीबेलाको एउटाकुरा अझै ताजै जस्तो लाग्छ, हसुलीया र भजनी गाउँकोे बिचमा पर्ने सिरादानीको जंगलमा रहदा एउटा सानो ठीटोले मलाई खानदानको डिब्बामा खाना ल्याउदै एउटा क्रान्तीकारी थारुभाषाको गीत सुनाएर मनोरञ्जन समेत गराएको थियो, उ आफुलाई पढाउने शिक्षकहरुसंग आएको थियो । तर त्यो ठीटो हाम्रो सम्पर्कमा नै थियो भेटघाटपनि हुन्थ्यो, तर आजकाल गता गए खै जानकारीमा नै छैन, तर मलाई तपाइहरुको गाउँघरको धेरै माया लाग्छ । उनले भने, विडम्वना त्यहाँको सवालमा आजसम्म मलाई ठोसरुपमा कसैलेपनि यथार्थमा जानकारी सहित रिपोर्ट प्रस्तुत गरेको छैन । 
केपीसर्मा ओली ज्यू को यस्तो कुरा सुनेर मलाई साह्ै दुख लागेर आयो । किनभने पहिला त ओली जी ले मलाई नचीनेर नै हँ मा हँ मिलाएको महसुस गरे, अर्को कुरा हाम्रो गाउँघरको बारेमा कसैलेपनि उहाँलाई यथार्थ तरिकाले जानकारी नगराएको पाए ।
अब मलाई ति दुख लागेका दुबै कुराहरुलाई त्यहाँ जानकारी गराउनु पर्दछ भन्ने लागेर आयो । मैले त्यहाँ केपीसर्मा ओली ज्यूसंग समय मागे र मलाई समय प्राप्त भयो अनी मैले आफ्ना कुराहरु राख्ने क्रममा पहिला गाउँको समस्याको सवालमा राखे ।
 मैले भने सम्माननीय पुर्वप्रधानमन्त्री केपीसर्मा ओली ज्यू ! हजुरले आफै मेरो गाउँको सवालमा मलाइ नै स्मरण गराइसक्नु भएको छ, म त्यसतिर नगई आफ्नो गाउँको समस्याको बारेमा हजुरलाइृ अबगत गराउन चाहन्छु । मेरो गाउँ भारतिय बोर्डर क्षेत्रमा रहेको सम्वेदनशील क्षेत्र हो । त्यो ठाउँ कैलाली जिल्लाको पुर्व शदरमुकाम रहेको स्थानपनि हो । जुन विगत लामो समयदेखी बाढीको चपेटामा पर्दै आइरहेको ठाउँ हो । हाम्रो गाउँमा बाढीका कारण हालसम्म कैयौले धनजनको क्षती व्याहोरी सकेको अवस्था छ । राज्यसंग पटक पटक उक्त क्षेत्रलाई बाढीपीडीत क्षेत्रको रुपमा घोषणा गर्न माग गरसिकेका छौं तर त्यो कुरा आजसम्म कार्यनयन हुनसकिरहेको छैन । एउटा जाबो हुलाकी सडक अन्तर्गत पर्ने कन्द्रा नदीपुल दशकौं वितीसक्दासम्मपनि निर्माण सम्पन्न हुनसकिरहेको छैन । भारतिय क्षेत्रसंग आवागमनकालागी उक्त क्षेत्रमा रहेको मोहना नदीमा पुलको व्यवस्थापनसहित मुल नाकाको रुपमा स्थापीत गर्न बिभिन्न समयमा पहलकदमी भएतापनि कार्यनयन हालसम्म हुनसकेन । उक्त क्षेत्रका किसानहरुलाई कृषी सहकारी फर्मको अवधारणामा ल्याई स–साना किसानहरुलाई बृहद किसानी फर्मको दायरामा ल्याउन सकिएको छैन । यदि त्यहाँका स–साना किसानहरुलाई बृहद किसान फर्मको अवधारणामा ल्याएर एकत्रीत गर्ने हो भने व्यक्ति अनेक खेती एक को तरीकाले उन्नती हुनुका साथै दृद्धकालीन घाटा भन्दा फाइदामा लान सकिने अवस्था रहेको देखीन्छ ........ । 
त्यतिकैमा मलाई समय अभावको महसुस हुनथाल्यो र आफ्नो दोस्रो कुरा राख्नै पर्ने लागेर अगाडी भने, ओली ज्यू हजुरलाई शिरादानी जंगलमा एउटा ठीटोले आफु भुमीगत कालमा खाना खुवाएको र क्रान्तीकारी थारुभाषाको गित सुनाएको स्मरण रहेछ, के त्यो ठिटो तपाइको अगाडी आयो भने चिन्न सक्नुहुन्छ र ? 
ओेली जी को जवाफ आयो खै अब त धेरै बर्ष भइसक्यो, चिनन सकिन्छ कि सकिदैन ? 
उहाँको त्यस्तो जवाफ सुनेर मैले हाँस्दै भने, ल संयोग भनौं या जे भनौं तपाईले भने को त्यो ठीटो आज तपाइ कै अगाडी आफ्नै गाउँघरको सवालमा तपाइसंगै कुरा गर्दै छ, यति भनेर मैले आफुलाई सं.केत गर्दै भने हो म तपाईले भनेको त्यही ठीटो हु, जो आजको समयमा यस्तो अवस्थामा छु । 
मेरो त्यस्तो कुरा सुनेर ओली जी एकछिन सान्त हुदै मलाई हेर्दै मुस्कुराउदै रहनुभयो र केही क्षणमा नै उहाँ जुरुक्क उठनुभयो, उठेर मेरो दाहीने हात समाउदै मेरो पिठ्यूमा आफ्नो हातले थमथमाउदै भन्नु भयो । ए हो र .......? तपाई माण्डव्य नै हो त ? 
मैले निर्धक्कसंग भने हो म उहि गाउँको तपाईको ठीटो माण्डव्य हो । 
मेरो यस्तो निर्धक्कको कुरा सुनेर उहाँले भन्नुभयो केरे केरे त्यो त्यतीबेला तपाईले मलाई सुनाएको त्यो थारुभाषाको क्रान्तीकारी गीत, ल एकचोेटी सुनौं त ?
उहाँको यस्तो कुरा सुनेर मलाई उहाँमाथी शंका र उपशंका लागेर आयो मैले सोचे यिनले मेरो विचार गरीरहेकाछन, मेरोपरिक्षण गरिरहेकाछन, यहि सोेचेर मैले उही पुरानो उक्त गित सुनाए, त्यो गितको बोल थियो, 
“उठो उठो उठो उठो उठो रे गोचाली, 
चलो जाई सामन्त के जर उखारी”
यो गित सुन्ने वितिकै ओलीजीको आँखामा आँसु आउन थाले र उहाँ भावुक हुदै मलाई आफ्नो काखमा राखेर तिमी कहाँ छौं र के गर्दैछौं भनेर सोधनी गर्नथाले ।
मैलेपनि भावुक हुदै भने म तपाईबाट धेरै टाढा गइसकेको छु, तर म किन त्यती टाढा गए र भए मलाइ नै थाहाछैन । जुन साथीहरुसंग म तपाईलाई छोडेर टाढा गएको र भएको थिए, ति साथीहरुले मलाइ नै छोडेर एक्लो पारेर कतागएकता खै जानकारी नै छैन । तर के गर्नु म जहाँ छु त्यहाँ आफ्नो अस्तित्वको लडाई लडेर संघर्ष गरीरहेको छु । म जहाँ छु तपाइले बाल्यकालमा सिखाएका र देखाएको बाटोलाई नै अंगीकार गर्दै अगाडी बढीरहेको छु । विस्वस्थ हुनुहोेला म जहाँ भएपनि तपाइले देखाएको बाटोलाई सपार्न नसकेपनि बिगार्ने भने अवश्य छैेन । 
मेरो यस्तो कुरा सुनेपछी केपीसर्मा ओली ले भने तपाई जहाँ भएपनि सुखी र समृद्धीमा रहनु, देश विसकास र जनताको चाहना अनुसार कार्य गर्दै अगाडी बढ्नु । 
तर बिना गण्तव्यको बाटोलाई पछ्याउनु भन्दा गगण्तव्यको बाटो पछ्याउदा एकदिन अवश्यपनि गण्तव्यमा पुग्न सकिन्छ । त्यसैले तपाइलाई मेरो सुझाव छ, गण्तव्य सहितको बाटो पछ्याउनुस, म सधै तपाईलाई साथ र सहयोग दिनेछु । ओली जी र मेरो वार्तालाप चलीरहेको थियो, उहाँले मलाई आफ्ना तर्फबाट भन्नुपर्ने कुराहरु भनिरहनुभएको थियो .....। यतिकैमा मेरो शरीरलाई साह्ै चिसो लागेर आयो, जाडोको महसुस भयो । यस्तो भइरहदा मैले आफुसंग भएको झोलाबाट ओढ्ने कपडा झिक्दै थिए, त्यतीकैमा मलाई पछाडीबाट कसैले दबाव दिइरहेको आभास भयो । त्स्तो भिडमा पछाडीबाट कसले र किन दवाब दिनुपर्ने कारण के रहेछ भनेर पछाडी हेरेको त संगै सुतीरहेकी अर्धाङ्गीनी उठीरहेको देखे ...... मझस्याङ्ग भएर अगाडीपट्टी हेर्छु त त्यहाँ कोही छैेन म आफ्नै विस्तरामा सुतिरहेको छु, बाहीर कलकल र सलसल गर्दै निरन्तर मुशलधारे बर्षा भईरहेको देखे । 
म पुनहः झसकीय, अनि बुझे मैले त सपना पो देखेको रहेछु, केपीसर्मा ओली मेरो सपनामा पो आएका रहेकछन् । एकछिन त हत्तेरी र धत्तेरी जस्तै लाग्यो । कस्तो समयमा कसतो खाले सपना देख्न पुगेछु संग र प्रसंग बिनाको भन्ने लाग्यो, तर आफुलाई सम्हाल्दै विचार गरे जे भएपनि जस्तो भएपनि सपना नै सहि, मैले केपीसर्मा ओलीसंग स–विस्तार गर्न पाए । बाढीको चपेटामा परेको विकासको मुहार फेर्ने हिसावमा प्रतिक्षा गरीरहेको आफ्नो जन्मस्थल, आफ्नो गाउँको बारेमा बेलीविस्तार गर्न पाए । एकछिन भएपनि २०४४ सालतिरको हुबहु घटनाका सम्वन्धमा कुराकानी गर्नपाए । मैले देखेको त्यो सपनामा भएगरेका ति सबै कुराहरुलाई यतार्थपरक र विचाराधीन हिसावमा लिए र बुहारी बनाएको चियानास्ता खाएर म आफ्नो गण्तव्य डुबानमा परेको मेरो गाउँतिर लागे ।
मलाइ थाहाछैन विहानको समयमा देखीएको यस्तो खाले सपनाले के फल दिने हो तर यथार्थ यहि हो “मैेले सपनामा केपी बा संग कुरा गरे”...........!  
माण्डव्य हेमन्त

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल