शुक्रबार, कार्तिक २, २०८१
/
प्रहरीद्वारा साढेपानि बजार सरसफाई गरीयो
१७ आश्विन २०८१
  हेमराज माण्डव्य
कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नं २ साढेपानिमा प्रहरीद्वारा बजार सरसफाइ कार्यक्रम गरीएको छ । साढेपानि स्थित अस्थाई प्रहरी पोष्टको आयोजनामा आज साढेपानि बजार सरसफाइ कार्यक्रम गरीएको हो । अस्थाई प्रहरी पोष्टका इन्चार्ज प्रहरी सहायक निरीक्षक प्रकाश बहादुर सिङ को नेतृत्वमा उक्त सरसफाई कार्यक्रम गरीएको छ । 
सरसफाई कार्यक्रममा साढेपानि बजार ब्यवस्थापन समिति, स्थानिय जनप्रतिनिधि, ट्राफिक प्रहरी, र नेपाल प्रहरी को टोलि सरसफाई कार्यक्रममा सहभागी रहेका थिए । अस्थाई प्रहरी पोष्टका इन्चार्ज प्रहरी सहायक निरीक्षक प्रकाश बहादुर सिङले बडादशैं तथा तिहारको अवसरमा बर्षातको बेला भएको फोहरजन्य पदार्थहरुलाई बजारमा गन्दगी नहोस भन्नाकालागी सरसफाइ गरीएको जनाएकाछन् ।
माण्डव्य हेमन्त

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल