शुक्रबार, कार्तिक २, २०८१
/
केराको बोक्राबाट बनाउदै फाइबर रेसा
१९ आश्विन २०८१
  हेमराज माण्डव्य
कैलालीको टीकापुरमा केराको बोक्राबाट फाइबररेसा उत्पादन गरीदै आएको छ । टिकापुर वडा नं. ८, बटनपुरमा अवस्थित २०६८ सालमा स्थापना भएको धनसिंहपुर एकता समाज बचत तथा ऋण सहकारी संस्थाद्वारा बनाना फाईबर उद्योग संचालन गरेर केराको बोक्राबाट फाइवर रेसा उतपादन गरीन लागेको हो । 
२०८० माघ देखि संचालनमा आएको उद्योगमा १ जना मेसिन अपरेटरलाई प्रत्यक्ष तथा १२ जनालाई अप्रत्यक्ष र सहकारीमा ५ जनालाई प्रत्यक्ष रोजगारी दिएको सहकारीका व्यवस्थापक रामकृष्ण चौधरीले बताएकाछन् । 
सहकारीले उद्योगबाट हरेक दिन २.५ केजी जती केराको सुकेको रेसा उत्पादन गरिरहेको छ । संस्थाद्वारा केराको रेसा बनाएर रेषाबाट बिभिन्न प्रकारका टोपी, पेन होल्डर, फुलदानी आदी सरसमानहरु उत्पादन गरेर काठमाण्डौ लगायत देशका बिभिन्न ठाउँमा बिक्रीबितरण भइरहेको वताइएको छ । 
सहकारीसंग जोडिएका कर्मचारीको जिवनयापनमा अहिले बनाना फाईबर उद्योग संचालनमा आएदेखी आर्थिक रुपमा केही परिवर्तन भएको छ । आगामी दिनहरुमा पनि यस्तै सहकारीहरुले गाउँ समाजका व्यक्तिहरुको आर्थिक अवस्था परिवर्तन गर्नका निम्ती यस्तै उदाहरणिय काम गर्दै गएमा स्थानिय स्तरमा नै रोजगारीको व्यवस्था गर्न सकिने व्यवस्थापक चौधरी वताउछन् । 
चौधरी भन्छन्, सहकार्य गरेर सँग–सँगै आफ्नो आर्थिक, सामाजिक र सांस्कृतिक हैसियत माथि उठाउन गरिएको सामुहिक प्रयास नै  सहकारी भएकाले सबै स्थानियहरुले सहकारीमा आवद्ध भएर स्थानिय स्तरमा प्रोडक्सन गरीएका चिजवस्तुहरुलाई बजारीकरण गर्न सकियो भने घरआँगनमा नै बसेर आफ्नो आर्थिक वृद्धि गर्न सकिन्छ ।
माण्डव्य हेमन्त

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल