आईतवार, भाद्र २३, २०८१
/
ड्रग्स केसमा नायिका दीपिका पादुकोणसंग सोधपुछ
२६ सेप्टेम्बर आश्विन १० २०७७
  पूर्ण कुृमाल
          ड्रग्स केसमा बलिवुडकी चर्चित नायिका दीपिका पादुकोणसंग नारकोटिक्स कंट्रोल ब्यूरो (एन.सी.बी.) ले मुम्बई स्थित आफ्नो गेष्ट हाउसमा बोलाएर सोधपुछ आरम्भ गरेको छ ।  
          सुशान्त सिंह राजपूतको मृत्युको जाँचको सिलसिलमा अगाडि आएको बलीवुडको ड्रग्स कनेक्शनमा दीपिकाको आज कोलाबा स्थित नारकोटिक्स कंट्रोल ब्यूरो (एन.सी.बी.) को गेस्ट हाउसमा पेशी भएर आफूमाथि लगाईएको ड्रग्स सेवनको आरोपलाई सफाई दिदैछिन् । समाचार तयार पर्दासम्म उनले आफूले ड्रग्सको लागि वाट्सऐपमा गरिएको कुराकानीलाई स्वीकार गरेकी छिन् ।
          उता श्रद्धा कपूरको भने एक्सचेन्ज बिल्डिङ स्थित एन.सि.बी. को हेड अफिसमा सोधपुछ भइरहेको छ । त्यस्तै सारा अली खानलाई पनि बोलाएर सोधपुछ जारी छ ।
वाट्सऐपको एक ग्रुप च्याटमा दीपिका, उनकी म्यानेजर करिश्मा र सुशान्तको ट्यालेन्ट म्यानेजर जया साहाको बीच २८ अक्टूम्बर २०१७ का दिन ड्रग्सलाई लिएर भएको कुराकानी अगाडि आएको छ । दीपिकाले ‘हैश’ र ‘वीड’ जस्तो शब्दको प्रयोग गर्दै करिश्मासंग माल (ड्रग्स) को माँग गरेकी थिइन । सूत्रका अनुसार यस ग्रुपको एडमिन पनि दीपिका पादुकोण नै थिइन ।
         उता रिया चक्रवतीले आफ्नो एक अन्तर्वार्तामा खुलासा गरेकी थिइनकी सारा अली खान चलचित्र केदारनाथको समयमा सुशान्तको नजिक थिईन र सुशान्तको एक ड्रग्स पार्टीमा सहभागी भएकी थिईन । त्यस बाहेक सुशान्तको पावना स्थित फार्म हाउसमा भएको ड्रग्स पार्टीमा पनि उनी सहभागी भएकी थिईन । त्यहाँको एक डुङ्गा चालकले पनि यस कुराको खुलासा गरेको छ । नारकोटिक्स कंट्रोल ब्यूरो (एन.सि.बी.) ले पनि उक्त फर्म हाउसबाट लागू औषध फेला पारेको छ ।
        श्रद्धा कपूर र जया साहा बीच भएको केहि कुराकानीको अंश अगाडि आएको छ । यसमा श्रद्धा कपुर सीबीडी आयलको माँग गरिरहेकी छिन् । सूत्रका अनुसार ड्रग प्याडलर करमजीतले श्रद्धा कपुरलाई चिन्ने र उनको घरसम्म कार मार्फत ड्रग्स पु¥याउने कुरा स्वीकार गरेका छन् ।
        त्यस्तै नारकोटिक्स कंट्रोल ब्यूरो (एन.सी.बी.) ले रकुलप्रीतसंग शुक्रबार ४ घण्टासम्म सोधपूछ गरेको थियो । सूत्रका अनुसार रकुलले रिया चक्रवतीसंग ड्रग्सको बारेमा च्याट गरेको कुरा स्वीकार गरेकी छिन् । तर स्वयंले भने ड्रग्स सेवन कुरालाई अस्वीकार गरेकी छिन् । उनले भनेकि छिन– ‘म कुनैपनि प्रकारको मेडिकल जाँच गर्न र कसैको अगाडि आएर सोधपुछको लागि तयार छु ।’
माण्डव्य हेमन्त

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल