आईतवार, भाद्र २३, २०८१
/
लकडाउनमा पनि अंबानीको कमाई प्रत्येक घण्टा १४४ करोड
३० सेप्टेम्बर, आश्विन १४, २०७७
  पूर्ण कुमाल
      लकडाउनमा पनि मुकेश अंबानीको प्रत्येक घण्टाको कमाई १४४ करोड रहेको छ । अहिले कोरोना महामारीका कारण विश्वको अर्थतन्त्र जर्जर अवस्थामा पुगेर आर्थिक गतिविधिहरु ठप्प रहेका छन्, अर्थतन्त्र दिनहुँ तल खस्किदै गइरहेको छ तर अंबानीलाई भने यसको कुनै असर परेको देखिदैन । भारतको सर्वे संस्था हुरुन इण्डिया र आईआईएफएल वेल्थ मेनेजमेन्ट लिमिटेडले उक्त कुराको उल्लेख गरेको छ । मंगलबार आईआईएफएल वेल्थ र हुरुन इण्डियाले आफ्नो रिच (धनि) लिस्ट–२०२० को ९औं संस्करण जारी गरेको छ । ३१ अगस्त २०२० सम्म १००० करोड वा त्यसभन्दा धेरै सम्पत्ति भएका भारतका सबैभन्दा धनि मान्छेहरु यस लिस्टमा सहभागि हुने गर्दछन् ।
    उक्त लिस्टमा रिलायन्स कम्पनिका चेयरमेन मुकेश अंबानी लगातार ९ वर्षसम्म पहिलो स्थानमा रहदै आएका छन् । रिपोर्टका अनुसार मुकेश अंबानीको कुल आय १०,५३,४४० करोड रहेको छ । पछिल्ला १२ महिनामा उनको कुल सम्पत्तिमा ७३ प्रतिशतले बढोत्तरी भएको छ । यस वर्ष प्रस्तुत गरिएको २०२० को संस्करणमा ८२८ भारतीयहरु सहभागि भएकाछन् ।
    रिपोर्टका अनुसार ६३ वर्षिय मुकेश अंबानी लकडाउनको दौरान अर्थात मार्चदेखि अगस्तसम्म प्रत्येक घण्टा १४४ करोड कमाउन सफल भएका छन् । वर्तमानमा अंबानी एशियाकै सबैभन्दा धनि व्यक्ति र संसारको चौथो सबैभन्दा धनि व्यक्ति बन्न पुगेका छन् ।
    अंबानी पछि भारतकै हिन्दुजा ब्रदर्स दोस्रो स्थानमा रहन सफल भएको छ । लण्डन स्थित हिन्दुजा ब्रर्दसले २,२९,९२० करोडको सम्पत्तिका साथ दोस्रो स्थान हासिल गरेको छ । हिन्दुजा ब्रर्दसको कुल सम्पत्ति २,२९,९२० करोड रहेको छ । लिस्टमा तेस्रो स्थानमा २,२६,७२० करोडको सम्पत्तिका साथ एचसीएलका संस्थापक शिव नाडर रहेका छन् भने चौथो स्थानमा गौतम अडाणी (अडाणी समूह) र पाँचौं स्थानमा अजीम प्रेमजी (विप्रो समूह) रहेका छन् ।
माण्डव्य हेमन्त

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल