आईतवार, भाद्र २३, २०८१
/
भारतको हाथरसमा सामूहिक बलात्कृत पीडिताको मृत्यु, मकैबारीमा लगेर चार जनाले गरेका थिए बलात्कार
३० सेप्टेम्बर, आश्विन १४, २०७७
  पूर्ण कुमाल
       भारतको हाथरसमा गैंगरेप पीडिताको हिजो मंगलबारका दिन मृत्यु भएको छ । गत १४ सेप्टेम्बरका दिन आफ्नी आमा र भाइसंग खेतमा घाँस काट्न गएको बेला उनको सामूहिक बलात्कार भएको थियो ।
      भाइले आफ्नो घाँसको भारी बनाइसकेपछि घरतर्फ लागे भने आमा र बहिनी भारी नपुगेकोले खेतमा घाँस काट्दै थिए । पीडिता आफ्नो आमाको करिब १० मिटर पर पछाडितिर काटीएको घाँसलाई एकत्रित गरिरहेकी थिईन । त्यसै समयमा पछाडिबाट चार जना केटाहरु आएर उनको गलामा रहेको दुपट्टालाई गला र मुखमा बाँधेर मकैबारीतिर घिसारेर ल्याए र पालैपालो सामूहिक बलात्कार गरे । बलात्कार गर्दा उनीहरुले त्यस पीडिताको घाटीको पडाडिको हड्डी, कम्मरको मेरुडण्डको हड्डी भाँच्नुको साथै जिब्रो पनि काटी दिएका थिए । पछि उनकी आमाले छोरी कहाँ गईभनेर खोजबिन गर्दा मकैबारीको बीचमा उनलाई बेहोस अवस्थामा फेला पारेकी थिईन ।
    बलात्कार भएको कुरा गाउँभरि फैलिएपछि उनलाई स्थानीय अस्पतालमा उपचारको लागि भर्ती गरियो तर उनको स्वास्थ्यमा कुनै सुधार नआएपछि स्थानीय सरकारले उपचारको लागि दिल्लीको सफदरजंग अस्पतालमा पठायो । उनको अवस्था निकै दयनिय भएकोले डाक्टरले उनको तुरुन्त उपचार आरम्भ गरे तर उनलाई बचाउन भने सकेनन् र उनको मंगलबारका दिन मृत्यु भयो ।
    मृतकका आफन्तहरुका अनुुुसार स्थानीय प्रहरीले उनको रिपोर्ट समयमा दर्ता गर्न नमानेको र यसलाई सामान्य रुपमा लिएर यो आपसी रिसीबीको कारण भएको बताएको थियो तर पछि जनदबाबको कारण प्रहरीले रिपोर्ट दर्ता गरेको थियो । रिपार्ट दर्ता गरिएको भोलिपल्ट प्रहरीले एक आरोपीलाई पक्राउ गर्न सफल भएको थियो । आरम्भमा घट्नालाई सामान्य रुपमा लिइएको थियो तर पछि चौतर्फि आलोचना हुन थालेपछि प्रहरीले २२ सेप्टेम्बरका दिन पीडिताको पुनः बयान लिएर बलात्कारको मुद्दा दर्ता गरेर अगाडि बढाएको थियो ।
    यूपी प्रहरीका डी.जी.पी. का अनुसार अहिलेसम्म प्रहरीले ती चारै जना आरापीलाई पक्राउ गरेर उनीहरुमाथि बलात्कारको केस चलाएर मुद्दालाई फास्ट ट्रेक कोर्टमा लिएर जाने बताएका छन् ।
    यता एक दलित केटीमाथि भएको सामूहिक बलात्कारको घट्नालाई लिएर बलीवुड स्टारहरुमा पनि आक्रोश देखिएको छ । अक्षय कुमार, रितेश देशमुख, फरहान अख्तर र उर्मिला लगाएत अनेकौं सेलिब्रेटीहरुले घट्नालाई लिएर सोशल मीडियामा आफ्नो आक्रोश व्यक्त गरेका छन् ।
    नायक अक्षय कुमारले एक ट्वीटमा लेखेका छन्– ‘मलाई यो घट्ना सुनेर निकै रिस लाग्नुको साथै यस घट्नाले मलाई निकै दुःखी तुल्याएको छ । हाथरसमा भएको सामूहिक बलात्कार मानविय जगतमा एक क्रुर घट्नाको उदाहरण हो । यस्ता घट्नाहरुको आखिर कहिलेसम्म अन्त्य हुनेछ ? हाम्रो कानून र त्यसलाई लागु गर्नेहरुलाई अब कठोर बन्नु पर्ने अवस्था आएको छ । कानून यस्तो हुनु परयोकि जसलाई सुनेर पनि बलात्कारी थरथर काप्न थालोस । दोषिहरुलाई तुरुन्त फाँसी दिनुपर्दछ ।’
    अक्षय कुमार जस्तै अनेकौ राजनेता, क्रिकेटर, समाज सेवक, लेखक, किसान आदिले यस घट्नाको घोरभत्र्सना गरेका छन् र दोषीलाई चाँडोभन्दा चाँडो फाँसीको सजाय दिनुपर्ने माँग गरेका छन् ।
    स्मरण रहोस उक्त सामूहिक रुपमा बलात्कृत भएर मृत्यु भएकी केटीलाई हिजो मंगलबार दिल्लीको सफदरजंग अस्पतालबाट हाथरसमा ल्याएर अबेरराति यूपी प्रहरीले उनको गाउँमा अन्तिम दाहासंस्कार गरेको छ । तर उनको अन्तिम दाहासंस्कार घरपरिवारको अनुमति बिना नै गरिएको आरोप उनीहरुका आफन्तहरुले लगाएका छन् । उनीहरु मृतकको अन्तिम दाहासंस्कार आज बुधबारका दिन सबै गाउँले मिलेर गर्ने सल्लाह गरेका थिए । मृतकको अन्तिम दाहासंस्कार हुँदा मृतकको मुख समेत हेर्न नदिएरको उनीहरुले प्रहरीमाथि आरोप लगाएका छन् ।
माण्डव्य हेमन्त

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल