आईतवार, भाद्र २३, २०८१
/
अन्तरीक्षमा “क्षुद्रग्रह” जो मूल्यवान् धातुले भरिएकोछ
८ माघ २०७९
  अगुवा समाचार
अगुवा समाचार टीकापुर ८ माघ २०७९
अन्तरीक्षमा एउटा मुल्यवान धातुले भरीएको ग्रह छ भन्दा पत्याउन गाह्रो पर्ला । तर बैज्ञानीकहरुका अनुसार अन्तरिक्षमा यस्तो एउटा क्षुद्रग्रह घुमिरहेको छ । उक्त ग्रहको मूल्य यति धेरै हुन्छ कि त्यो गणना गर्न पनि गाह्रो पर्छ ।
बैज्ञानिकका अनुसार क्षुद्रग्रहमा रहेको धातु मूल्यवान् भएकाले त्यस धातुको कुल मूल्य सात सय करोड खर्ब डलर बराबर रहेको मानिन्छ । यो रकम विश्वका मानिसलाई बराबर बाँड्ने हो भने एक जनाको भागमा साढे ८७ करोड डलर अर्थात् १ खर्ब १५ अर्ब रुपैयाँ पर्न जानेछ ।
उस्तो कुरा सुनेर मक्ख हुनुसक्ने कुराभने अहिले रहेको छैन । किनकी अमेरिकी अन्तरीक्ष संस्था नासाले क्षुद्रग्रहको धातु बेचेर पृथ्विमा रहेर चन्द्रमाको कल्पना गर्ने तपाइहामीलाई भने बाड्ने छैन । हाललाई भने उक्त क्षुद्रग्रहको अन्वेषण गर्ने योजना नासाले बनाइरहेको जनाइएको छ ।
उक्त क्षुद्रग्रहको नाम १६ साइकी हो । यो क्षुद्रग्रहलाई सन् १८५२ मा इटालीका खगोलशास्त्री एनिबेल डी ग्यास्परिसले पत्ता लगाएका थिए । उक्त क्षुद्रग्रहका विषयमा अझै धेरै खोज अनुसन्धान गर्नका लागि नासाले त्यो क्षुद्रग्रहसम्म पुग्ने योजना बनाइरहेको हो ।
अन्तरिषमा रहेको क्षुद्रग्रह २२६ किलोमिटर चौडा छ र निकेल तथा सिलिकाबाट बनेको छ । नासाले क्षुद्रग्रहसम्म पुग्नका लागि गत अगष्टमा साइकी यान प्रक्षेपण गर्ने योजना बनाएको थियो । तर प्राविधिक समस्याका कारण उक्त यान प्रक्षेपण गर्न सकेन । अन्ततः आगामी १० अक्टोबर २०२३ मा साइकी क्षुद्रग्रहमा उक्त यान प्रक्षेपण गर्ने निर्णय नासाले गरेको छ । उक्त यान सन् २०२९ मा क्षुद्रग्रहको सतहमा पुग्ने जनाइएको छ । (एजेन्सीको सहयोगमा)
माण्डव्य हेमन्त

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल