आईतवार, भाद्र २३, २०८१
/
मानिसहरुमा अप्रत्यासितरुपमा परिवर्तन आउने
२९ माघ २०७९
  अगुवा समाचार
वैज्ञानिकहरुले मानिसहरुमा आगामी १०० वर्षपछि अप्रत्यासित रुपमा अनौठा प्रकारका खुबीहरु आउने वताएकाछन् ।
मानिस अहिलेको भन्दा धेरै परिवर्त हुनेछ, आफुले सोचेको भन्दा धेरै फरक आफुलाई पाउनेछ । ति मध्ये मानिसको शरिर अहिलेको भन्दा धेरै लचिलो हुनजानेछ भने हड्डी बढेर धेरै बलीया हुनेछन । शरिर लचिलो हुनेभएकाले चोटपटकपनि त्यति लाग्नेछैन ।
दातहरु अहिलेको जस्तो नभई सबै एकै किसमिका हुनेछन् । मुख ,अलि चुच्चो किसिमको हुनेछ । हाम्रो खानपानका कारण मुखको आकारमा परिवर्तन आउनेछ र त्यो समयमा त्यस्तै चुच्चो मुख मजबूत र व्यवहारिक हुनेछ ।
त्यतिबेला मानिसहरु साह्ै अग्ला हुनेछन् । मानिसको फोक्सो बलियो भएर अक्सिीजनलाई धेरै पैवाह गर्नेछ र शरिर स्वच्छ हुनेछ ।
शरिरका प्रत्येक अंगहरु औसत भन्दा धेरै लामा हुनेछन् । त्यसमा पनि हातका औला धेरै लामा हुने वैज्ञानिकहरुले जनाएकाछन् । मस्तिष्क कम्प्युटर जस्तै बन्ने छ । मस्तिष्कले कम्प्युटरले जस्तै धेरै विश्लेषण तथा स्टोरेज गर्न सक्नेछ । स्मरणशक्ति पनि बढ्नेछ । यद्यपि यसबाट मनोवैज्ञानिक परिवर्तन पनि हुनेछ । 
दृष्टि तथा श्रवणशक्ति बढ्ने छ । वंशाणुजन्य रोगहरु कम हुनेछन् भने दृष्टिविहीनको संख्या घट्नेछ । मानिसहरु विस्तारै यौन परिपक्वता अर्थात् ‘सेक्सुअल म्याचुरिटी’ हासिल गर्नेछन् । मानिसहरु आवश्यकता भन्दा मोटो बन्दै जानेछन् । स्मरणहरु डाउनलोड गर्न सकिने छ । छेपारोको जस्तै छाला हुनेछ । धेरै तापक्रम सहनसक्ने हुनेछन् । मानिस सधै तन्नेरी देखिनेछन ।
मानिस अमर जस्तै हुनेछन् अर्थात धेरै लामो समयसम्म बाँच्नेछन् । यस्तो प्रविधि भविष्यमा आउनेछ कि त्यसको माध्यमबाट तपाईंले आफ्नो दिमागमा सोचिरहेको कुरा वा सन्देशलाई कुनै अर्को व्यक्ति वा समूहसम्म पूराउन सक्नुहुनेछ । रोगहरुको समस्या बढ्नेछ । मानिसमा एलर्जीको समस्या बढ्नेछ । किटाणुहरु तथा ब्याक्टेरियाहरुको संक्रमण बढ्नेछ । तर त्यसबेला हामी यस्तो समाजमा हुनेछौं जहाँ शक्तिशाली रोगप्रतिरोधी क्षमताको आवश्यकता नै पर्नेछैन । (अगुवा शन्देसबाट)
माण्डव्य हेमन्त

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल