आईतवार, भाद्र २३, २०८१
/
मानिसको खप्परबाट बनेको विश्वको पुरानो काइँयो
६ चैत्र २०७९
  अगुवा समाचार
पृथ्वि लोकमा दिनानुदिन के के पौराणीक कुराहरु प्mेला पर्दछन त्यसले हामीलाई अचम्मीत विचिीत्रता मा ल्याइदिन्छ । हामी अनाठो कुरा देखेर अचम्मीत हुने गर्दछौं । तर तिनै कुराहरु हम्रै पुर्वजहरुका अवशेष हुन भनेर हामी बुझ्दैनौं ।
यस्तै पुरानो कुराकोहकमा पुरातत्वविद्हरूले हालै एउटा यस्तो काइँयो फेला पारेका छन् जसका बारेमा जानकारी पाउँदा तपाईं अचम्ममा पर्नुहुनेछ । बेलायतको क्याम्ब्रिजशायर स्थित बारहिल गाउँमा फेलापरेको उक्त काइँयो मानिसको खप्परबाट बनेको छ ।
मानिसको खप्परबाट बनाइएको उक्त काइँयो २ हजार वर्ष पुरानो भएको खोजकर्ताहरुको दाबी गरेकाछन् ।
पुरातत्वविद्हरूले सो गाउँमा लगातार तीन वर्षसम्म उत्खनन् गरेका थिए भने उत्खनन् कार्य सन् २०१८ मा सकिएको थियो । त्यसक्रममा विभिन्न पुरातात्विक वस्तुहरु प्राप्त भए । जो इशापूर्व ७५० देखि सन् ४३ सम्मका रहेको जनाइएको छ ।
उत्खननका क्रममा फेला परेको काइँयो फलामे यूगको हो । २ इन्च लामो सो काइँयोमा करिब १ दर्जन दाँत बनाइएको छ । त्यसलाई म्यूजियम अफ लण्डन आर्कियोलोजीमा राखिएको छ । पुरातत्वविदहरुले त्यसलाई बारहिल कोम्ब नाम दिएका छन् । बार हिल गाउँमा भएको उत्खननबाट करिब २ लाख ८० हजार वटा प्राचीन वस्तुहरु फेला परेका थिए भने ती सबै वस्तुहरुको जाँच चलिरहेको वताइएको छ । (अगुवा सन्देशबाट)
माण्डव्य हेमन्त

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल