आईतवार, भाद्र २३, २०८१
/
कविताः–  ‘मेरो हम्फ्री’
२० आश्विन २०८०
  नवराज भट्टराई
कहाँ होला मेरो हम्फ्री, 
मेरो सखा मेरो साथी !

पहिलो भेटमा स्नेह्शील एवं प्रिय, 
युगौ देखी साथी खोज्दै हिडेको
थाकेको गोरा साहेब संग,
उसलाई त मित्रताको तृष्णा थियो ।
उसलाई त केवल प्रेमको भोक थियो ।।

कहाँ होला मेरो हम्फ्री,
मेरो सखा मेरो साथी !

लेक चाडको तिरैतिर हिड्दै,
मलाई सम्झनछ होला कि नाई ?
अकासियाको हाँगोमा चढी,
सुसेल्छ होला कि हाम्रो मित्रताको गीत ।
दलन र उत्पीडनको राप, 
अभाव र पिडाले थिल्थिलिएको हम्फ्री, 
मुहारमा चमक अनि हाँस्दा सेता दांत ।।
 
कहाँ होला मेरो हम्फ्री 
मेरो सखा मेरो साथी 

रोजर मिल्लाले जुराएको संवाद
अपहेलित र उपेक्षित हरुको मित्रता ।
आफ्नो कोमल हृदयमा मलाई राखेको छ होला 
हृदयको तार हृदय संग अवश्य बझ्छ ।।

मेरो कर्णालीले मेरो हम्फ्रीलाई सोधेको छ
तिम्रो  सनागाले मलाई सोधेको छ कि छैन, 
जुनी रह्यो भने सास बाँकी रह्यो भने 
फेरी भेटौला हम्फ्री !

हाम्रो भेटमा कर्णाली सुसाउने छ, सनागा गड्गडाउनेछ,
अकासियाको रुखमुनी हामी उन्मुक्त नृत्य गर्ने छौ ।
हिमालको काखमा हामी हास्ने छौ ।।
मेरो सखा मेरो साथी मेरो हम्फ्री !
माण्डव्य हेमन्त

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल