आईतवार, भाद्र २३, २०८१
/
बालकदेखि बृद्धासम्मले रुचाएका देउडा तथा लोक गायक महेन्द्र शाही राष्कोटी
२३ सेप्टेम्बर आश्विन ७ २०७७
  पूर्ण कुमाल
      महेन्द्र शाही राष्कोटीको जन्म कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नं. ९ मा बुवा सर्दन शाही र आमा जुनादेवी शाहीको कोखबाट बि.सं. २०४७ साल भाद्र ११ गते लालु गाउँको विउराकोटमा भएको थियो । कर्णाली प्रदेशको अतिविकट ठाउँमा जन्म भएर पनि उनी बाल्यावस्थादेखि नै देउडा र लोक गीतमा रुचि राख्ने गर्थे । अहिले उनका देउडाहरु कर्णाली प्रदेशमा मात्र खुम्चिन नगई पूरा नेपाल अधिराज्यभरि बालकदेखि वृद्धासम्मको मन–मुटुमा राज गर्न सफल भएको छ जसको फलस्वरुप गायक शाही राष्ट्रिय स्तरमा समेत परिचित भइसकेका छन् ।
    पहिलो गीती कोशेली ‘आउन पाइन घर’ नामक एलवमबाट सांगितिक रंगमञ्चमा हाम फालेका राष्कोटीले ठाडी भाकामा ‘भेट्न आउनु जितेगडा’, ‘मैनाचरी’, ‘रारा ताल’, ‘सम्झनामा बहिनी’ रहेका छन्भने त्यस्तै लोकगीतमा ‘पिपलु र बर’, ‘सुर्खेत राम्रो बुलबुले तालले’ र राष्ट्रगुरु योगी नरहरिनाथ ज्यूको जीवन गाथासंग मेल खाने गीत ‘जाउ“ है घुम्नलाई कालिकोट’ लगायत दर्जनौ लोक तथा देउडा गीतहरुमा आफ्नो सुमधुर स्वर दिएर आफ्नो बेग्लै पहिचान बनाउन सफल भएका छन् ।   
    भारतको सपनानगरी मुम्बईबाट पहिलो पटक साथी नेपालले २००७ सालमा मुम्बईमा आयोजना गरेको ‘साथी नेपाल आईडल’ प्रतियोगितामा आफ्नो कर्णप्रिय स्वरमा देउडा गीत प्रस्तुत गरेर दोस्रो स्थान हासिल गर्न सफल राष्कोटीले गायन क्षेत्रमा पकड बनाउनको लागि प्रवासमा होटलमा काम गरेर फुर्सदको समयमा साथीभाइ तथा साथी नेपालको कार्यलयमा आएर रि¥याज गर्ने गर्थे । उनको स्वरमा गायन कलाको जादू देखेर उनका साथीभाइ, शुभचिन्तक तथा साथी नेपालले उनलाई गीत गाउन प्रोत्सहन गरेर ‘साथी नेपाल आइडल’ मा पठाएका थिए जहाँ उनले पहिलो पटक मै दोस्रो स्थान ओगटन सफल भएका थिए ।
    स्वर्गीय अनिपाल शाही र विर्ख शाहीलाई आफ्नो गुरुको रुपमा पूज्ने राष्कोटीले जीवन संघर्षबाट धेरै अनुभव लिएको बताउँदै श्रीमती आशा शाही मोडल भएकै कारण आफू यस क्षेत्रमा जम्न र रम्न सजिलो भएको उनी बताउँछन् । खस भाषाको उद्गम स्थल कर्णाली भएको र खस भाषाको संरक्षण गर्नु र देउडा गीतलाई मलजल गर्दै लैजानु आफ्नो परम कर्तव्यको साथै देश सेवा ठानेका गायक राष्कोटीले विभिन्न घट्ना, दुर्घटना र सन्देश मूलक गीतहरुमा स्वर दिएर एक उदाहरणीय संघर्षशिल युवा गायकको पंक्तिमा पर्न सफल भएका छन् ।
    भर्खरै महेन्द्र शाही राष्कोटीको सुमधुर स्वरले भरिएको ‘नकु गाउँको पहिरो’ नामक ठाडी भाकाको अडियो सार्वजानीक भएको छ । ह्दय बिदारक मर्म–स्पर्र्शी देउडा ठाडी भाकाको अडियो बजारमा आएको उक्त एलवममा रजबहादुर बिष्टको ह्दय बिदारक गीती एलवममा उनले सुमधुर स्वर भरेर गीतलाई झनै मनछुने बनाएका छन् ।
    गत श्रावण २९ गते राति महाबै गाउँपालिका वडा नं ३ को नकु गाउँमा गएको पहिरोले घर भत्किदा रज बहादुर बिष्टका दुई छोरा र दुई छोरी र उनका दाजु डिलबहादुर बिष्टका दुई छोरीको अकालमै ज्यान गएको थियो । पहिरोबाट ज्यान गुमाउनेहरुको सम्झनामा महाबै गाउँपालिका वडा नं ३ को विशेष सहयोगमा तयार भएको उक्त गीतमा रजबहादुर बिष्टको प्रस्तुति रहेको छ भने केशर सिंह ‘अक्रोश’ को शब्द रचना र नवराज सिंह विवेकको लय रहेको छ ।
    पहिरोमा परि एकै परिवारका ६ जनाले ज्यान गुमाउनु परेको दर्दनाक पिडालाई गायक राष्कोटीले ठाडी भाका मार्फत प्रस्तुत गरेर मृतकहरुलाई ह्दयविदारक ‘नकु गाउँको पहिरो’ मार्फत भावपूर्ण श्रद्धाञ्जली र पिडितहरुलाई सान्त्वना दिने प्रयास गरेका छन् ।
माण्डव्य हेमन्त

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल