आईतवार, भाद्र २३, २०८१
/
कटहर खानुहोस तर विचार गरेर ?
२१ जेष्ठ २०८०
  माण्डव्य हेमन्त
कटहर भन्ने वितिकै हामीसबैको मुख रसाउने गर्दछ । लाग्छ यसलाई कतीबेला खानपाइएला भनेर ! तर कटहर खाँदा धेरै कुराहरुमा ध्यान पु¥याउनुपर्ने हुन्छ । यदि ध्यान नपु¥याएर खाइयो भने त्यसले शररिलाई हानी पु¥याउन सक्छ । त्यसैले कटहर खाँदा यसमा के के चिज मिलाउनु हुदैन त्यसबारेमा सामान्य जानकारी राख्न जरुरी हुन्छ ।
हामी धेरैको भान्सामा कटहरको तरकारी पाक्ने गर्दछ । कटहरमा पोटासियम, आइरन, क्याल्सियम, जिंक, भिटामिन–ए र भिटामिन–सी प्रशस्त मात्रामा पाइने र यसले स्वास्थ्यका लागि फाइदा पु¥याउने चिकित्सकहरुले वताउने गर्दछन् । यतिहुँदाहुँदैपनि कटहरसंग कतिपय खानेकुरा आपसमा मिलाउन हुँदैन भन्ने मान्यता रहेको पाइन्छ । कटहरसँग ती खानेकुराको गुणधर्म आपसमा नमिल्दा त्यो विषाक्त हुन पुग्दछ र मानिसलाई त्यसले असर गर्ने गर्दछ । कटहरमा दूध, मेवा, पान, मह, मिसाएर वा कटहर खाइसकेको तुरन्तै खानु हुँदैन । कटहरसँग विजातीय खानेकुरा मिसाएर खाँदा पाचनसम्बन्धी समस्या हुनेगर्दछ, यसका साथै छालाको समस्या हुने, एलर्जी तथा शरीर सुन्निने लगायत समस्या हुन सक्छन् । कटहर दमको समस्या र पाचनप्रणाली एकदमै कमजोर भएका व्यक्तिहरुको लागि भने उपयुक्त हुँदैन भन्ने कुराको जिकीर डाक्टर लाल शिंह गर्दछन् ।
विजातीय भन्नाले आपसमा गुणधर्म नमिल्नेलाई भनिन्छ । यस्ता गुणधर्म नमिल्ने खानेकुरा आपसमा मिसाउँदा विषाक्त हुनजान्छ र हाम्रो शरिरलाई कमजोर बनाउदछ । जस्तै, दूधमा नुन, महमा घिउ, केरामा मोही र दहीमा चिया–कफी मिसाउँदा विषाक्त हुनजान्छ । (आयुवेर्दिक स्वास्थ्य चिकित्सकको भनाइमा आधारीत)(अगुवा सन्देश बाट)
माण्डव्य हेमन्त

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल