आईतवार, भाद्र २३, २०८१
/
गिरीजा बाबू र ओलीको तुलना गर्दा
१४ फाल्गुन २०७८
  भरत बहादुर बिष्ट
          आत्मसम्मान र स्वाभिमान आन्तरिक विभाजनबाट कसरी सुरक्षित होला ? आज यसको मुख्य दोषी ओली प्रचण्ड नेपाल देउवा  हुन् मध्य को हुन् ? जनता वा अन्धभक्त ? गुणगान आउने झन् दोषी । नेता बनाउने कार्य
     एउटा एमसिसिले यत्रो राजनीति तरंग हल्लिखल्ली थर्कमान अन्तर्राष्ट्रिय स्तरमा नेपालको कूटनीति सम्बन्ध जग कति बलियो बनाइएको रहेछ ? के हामी सार्वभौम र स्वतन्त्र छौं ? कसैलाई लाग्छ ?लाग्छ भने त्यो सही होइन । यसको मुख्य दोषी को ? सही नीति सक्षम दूरदृष्टि कुशल नेतृत्वको अभाव । 
      संविधानत:वालिक मताधिकार प्रयोग गरेर नेपाली जनताले चुनावका माध्यमद्वारा सांसदहरू चुन्ने अधिकार मात्रै अनि प्रधानमन्त्री र मन्त्री को हुने र प्रचलित कानुन अनुसार हुनुपर्छ तर तिनीहरू नेपालको संविधान जनमत र जनभावना अनुसार किन चल्दैन ? संसदीय व्यवस्थामा बहुमत हुने पुर्‍याउनेले  सरकारको नेतृत्व गर्ने सामान्य प्रक्रियामा हो । नेपाली जनताले बहकिएर चर्का क्रान्तिकारी थोत्रा भाषण सुनेर उत्तेजित हुने होइन, विवेक प्रयोग गर्ने समय ढिला भैसक्यो । 
       देशलाई चाहिएको सुशासन, विधिको शासन र डेलिभरी हो । सत्ता होस् वा चुनावी गठबन्धन ककसको बनाउने कुन नेता दल अझ गुट बनाउने आन्तरिक मामिला हो ।देशलाई बन्दकिमा स्वाभिमान र सार्वभौमिकता माथि आँच आउने सहयोगलाई भिख तुल्याउन लाग्ने सार्वभौम देश र जनताको मानमर्दन घोर अपमान हो । देशको अपमान हुने कसैबाट हुनुहुँदैन । 
      सरकार गिराउने ढाल्ने राजनीति अस्थिरताले आन्तरिक रूपमा अनावश्यक द्वन्द्व सिर्जना हुन्छ । विदेशी देशको कठपुतली हुने दूतावास दैलो चहार्दै जीवन निर्वाह गर्ने यिनको राजनीति भविष्य ज्योतिषी तय चाहिँ शक्ति राष्ट्र गर्दा रहेछन् । आज यिनको हैसियत स्पष्ट देखियो त । 
      मानो नेपाली जनताको खाने जालझेल षड्यन्त्र मोलमोलाइ मिलोमतो साटगाँठ उठबस चाहिं विदेशीसंग गर्ने ? 
      प्रश्न गम्भीर छ दुई दुई पटक संविधान सभा तुहिने स्थित किन आयो ? दोस्रो संविधानसभाको निर्वाचन गैर दल विवादास्पद सर्वोच्च अदालतका प्रधानन्यायाधीशलाई देशको कार्यकारी प्रमुख मन्त्रिपरिषद्को अध्यक्ष (प्रधानमन्त्री) बनाए । उनलेे दोस्रो संविधानसभा निर्वाचन त सम्पन्न तर त्यो पनि बाहिरी दबाब र इसारामा थियोे । 
       यो संविधान विदेशी राष्ट्रको इसारामा लेखिएको थिए,रहेछ । नत्र यत्रो आन्दोलन र देशलाई ठुलो आर्थिक भार पारेर बनाएको संविधान यति कमजोर किन बनायो ?करिब ६ वर्ष नटिक्ने कति निरीह छिद्र परेकाको कमजोर चुहिने संविधान सावित एउटै ओली बालाई पुगेन । नेपाली जनताको विश्वास घात गर्ने नेपालको संविधान भन्दा बलिया विदेशी मान्ने  संविधानको कार्यनयन लागुको नगर्ने नेपालको आन्तरिक मामिलामा विदेशी हस्तक्षेप स्वीकार्छन् । 
     नयाँ संविधान नयाँ व्यवस्था दुई तिहाइ ओली सरकारसँग नेपाली जनताको ठूलो अपेक्षा थियोे भने नेकपा अर्थात् ओली समक्ष सुनौलो अवसर र चुनौती पनि थिए । पूर्ण असफल भए आशंका र पुरानो रोगबाट मुक्त हुन सकेनन् । गिरिजाप्रसाद कोइरालाको ५० को दशकमा पुगे । जानुपर्ने अगाडि ओली स्वर्गीय गिरिजा बाबु कहाँ जान खोजे । 
      देश यो स्थिति आउनुमा ओली प्रमुख दोषी छन् । संसद् विघटन संविधानको कुन धारा टेकेर गरे ? संविधानमा छिद्र खिजे संविधान कमजोर पारे । अध्यादेशबाट शासन गर्ने हुकुमी शैली रोज्नु अदालतमा भएको नाङ्गो नाच प्रधानन्यायाधीश प्रकरण उत्पदन द्वन्द्व प्रदेश सरकार देखि संघ सरकार फेरबदल हुनु डबल पाइलटहरूको अकर्मण्यता असफलताको उपज हो । सबभन्दा बढी दोष ओलीलाई जान्छ । 
      दुई तिहाइ मत प्रधानमन्त्री बन्न मन्त्री फेर्न सत्ता कब्जा गर्न मात्रै थिएन । बरु ७० वर्ष देखिएको कुशासन अस्थिरता अशान्तिको गरिबी विपन्नता भेदभाव असमानताको अन्त्य गर्दै आधुनिक नेपालको निर्माण थियोे । असमानता, विपन्नता र भ्रष्टाचारले आक्रान्तबाट  देशलाई मुक्त गर्नु थियोे । ओलीले अलग्गै अभ्यास गर्नुभयो ।
आज प्रधानन्यायाधीश सभामुख राष्ट्रपति विवाद हुनु ओली प्रमुख कारक हुन् । प्रचण्ड नेपाल सही हुन् भन्न खोजेको होइन । भागबन्डा नमिलेको देशलाई क्षतविक्षत पार्नु संविधानको छिद्रमा खोज्दा आज यो हाल भयो । संसदमा विश्वासको मत लिने नभए राजीनामा दिएको भए पार्टी पनि नफुट्ने सरकार पनि नेकपाकै नेतृत्व रहने संविधान झन् बलियो हुन्थ्यो । 
     डबल इन्जिनको सरकार कसको कारणले ढल्यो ? विदेशी जासजूस किन आए? संविधानको अन्तिम ड्राफ्ट तयार पार्दा पूर्व पश्चिम उत्तर दक्षिण तारे होटलमा गोष्ठी निर्देश चलखेल संविधानसभा त रबर स्टाम्प  बनाइएको कुरा छरपस्ट छ । जनताको राय सुझाव रद्दीको टोकरी फालेको नेपाली जनताको घोर अपमान । 
     विदेशी छिमेकी विशेष दूत आए दबाब दिए तर त्यो प्रलोभन र दबाबमा हाम्रो नेतृत्व परेनन् होलान् भन्ने विश्वास नेपाली जनताले गरे तर त्यो रहेनछ ।
       चपाउने दाँत र देखाउने दाँत फरक रहेछन् । हिजो केही कम भएपनि कूटनीति ढंगबाट हस्तक्षेप हुन्थ्यो भने आज नाङ्गो लज्जास्पद हस्तक्षेप धाक धम्की नै दिन पछि पर्दैनन् धुरुक्क खुरूक्क नगरी धरै छैन । 
      जनसरोकारका विषय मौलिक हक अधिकार स्वतन्त्र न्यायपालिका शान्तिसुरक्षा विकास निर्माण उत्पादन बढाउने आर्थिक नीति शिक्षा नीति खेलकुद नीति अन्तर्राष्ट्रिय सम्बन्धका विविध आयामका आधार सर्वमान्य सरकार कुन दल कुन पार्टीको नेता होइन,नेपालको आफ्नो सार्वभौम स्वतन्त्र राष्ट्र स्वाधीन स्वतन्त्र तद अनुसारको नीतिविधि सिद्धान्त परम्परा नेपालीपन र प्रतिनिधित्व हुनुपर्छ ।  कूटनीति क्षेत्रमा विज्ञता अनुभवबाट खारिएका जनशक्ति हुनुपर्छ । 
       पारस्परिक एकता सम्प्रभुता अक्षुर्ण राख्ने अन्तर्राष्ट्रिय सम्बन्ध कस्तो बनाउने कस्तो राख्ने स्पष्ट खाका हुनुपर्छ । राष्ट्रिय महत्त्वका सवालमा सत्तामा हुँदा नहुँदा एउटै बनाइनुपर्छ हुनुपर्छ देशभन्दा ठुलो पार्टी पद र सत्ता होइन । विभाजित मानसिकता नै पृथकतावादी शैलीबाट अभिप्रेरित विदेशी मतियार हो भन्दा चिन्दा हुन्छ ।
       नेपाली जनताले खोजेको सुशासन विधिको शासन स्वाभिमान स्वतन्त्रता समानता आर्थिक सामाजिक उत्थान समतामूलक समाज निर्माण समृद्ध आधुनिक नेपाल सबैखाले विभेद र उत्पीडनको अन्त्य नै हो । यो सबै राजा राजतन्त्र मुख्य बाधक प्रणाली र २०४७ सालको संविधान अनि स्पष्ट बहुमतको सरकार भन्ने थियोे । संविधान पनि नयाँ प्रणाली पनि नयाँ दुई तिहाइको बहुमतको सरकार अझ संघीयता स्थानीय निकायको पुनः संरचना पनि नयाँ सबै विफल होइन र ? एमसिसी देखाउने दाँत मात्रै हो हामी जनतालाई बेकुफ बनाइएको हो भित्र भित्र सबै संलग्न छन् । (लेखकका आफ्ना विचार भएकाले लेखकमा निहित छ !) 
माण्डव्य हेमन्त

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल