आईतवार, भाद्र २३, २०८१
/
छठ पुजा र यसको महत्व
३० कार्तिक २०८०
  हेमन्त माण्डव्य
भरखरै तिहारले हामीबाट विदा लिएको छ भने छठ पर्वले हाम्रो घरआँगनमा दस्तक दिदैछ । ४ दिनसम्म चल्ने यो पर्वलाई विशेष रुपमा मनाइने गरीन्छ । विशेषगरी आग्नय समुदायका आस्थावान हरुले यस पर्वलाई बडो धुमधामसंग मनाउने गर्दछन् । आँन्सीक रुपमा सबै हिन्दु धर्मावलम्वीहरुले मनाए तापनि नेपालका मधेशी समुदायहरुले यसलाई विशेषरुपमा पुजा आराधना गरेर मनाउने गर्दछन् ।
    शुदुरपश्चिम प्रदेशको अस्थायी राजधानि समेत रहेको धनगढीमा समेत मधेशी मुलका आस्थावामनहरुले मोहना नदीमा सजिसजाउका साथ छठ पर्वलाई रङ्गीचङ्गी रुपमा सजाएर छठी मैयाको पुजाआरधना गर्ने गर्दछन् ।
    वैद्धिक संस्कृतिमा छठपर्वको विशेष महत्व रहेको छ । यो पर्व चारदिनतसम्म चल्ने गर्दछ । यस वर्ष छठ पर्व को शुरुआत मंशिर १ गते शुक्रबार बाट शुरुभई चारदिनसम्म चल्ने छ, पहिलो दिन स्नानआदी गरेर शुद्ध भईन्छ, यसलाई ‘नहाय–खाय’ अर्थात स्नान गरेर खानपिनबाट शुरु गर्ने गरीन्छ ।
    त्यसैगरी यसको समापन मंशिर ४ गते बिहान उदाउदो सुर्यलाई अर्घ दिएर विसर्जन गर्ने गरीन्छ । छठ पुजाको दोस्रोदिन ‘खरना’ अर्थात निजर्ला उपास, पानि नखाएर व्रत बस्ने गरीन्छ । छठ पूजाको तेस्रोदिन संध्या अर्घ दिने गरीन्छ ।
    यो पर्वमा विशेषगरी बाँसको सुपलाईपनि प्रयोग गर्ने गरीन्छ । आऔं यसको महत्वका बारेमा केही कुरा बुझ्ने कोसीस गरौं ।
    छठ पर्व लोक आस्थाको महापर्व हो । यसको शुरुआत कार्तिक महिनाको शुक्ल पक्षको षष्ठी तिथिबाट हुने गर्दछ । छठ पूजा भगवान सूर्य र छठी मैया मा समर्पित रहेको छ । छठ पूजाको चार दिनको समयमा महिलाहरु आफ्नो संतान र परिवारको सुख–समृद्धिका साथै खुशहालीका लागी व्रतबस्ने गर्दछन् । कतीपय ठाउँहरुमा यो पर्वलाई प्रतिहार, डाला छठ, छठी र सूर्य षष्ठीका नामलेपनि सम्वोधन गर्ने गरीन्छ ।
    तर छठ पर्व एक मजहव या धार्मिक अनुष्ठान मात्रै होइन, यसमां विज्ञानलेपनि आफ्नो छाप छोडेको पाइन्छ । छठपर्वमा व्रत बस्नेहरु शारीरिक र मानसिक रूपले यसकालागी तयार हुने गर्दछन् । छठ पूजाको समयमा प्रयोग गरीने सबैखाले चिजवस्तुहरु शरद ऋतुका अनुसार नै हुने गर्दछन् । भारतिय पद्मश्री पुरूस्कार पाउने हृदयरोग विशेषज्ञ डा.के.के.
अग्रवालका अनुसार कार्तिक महीनामा प्रजनन शक्ति बढ्ने गर्दछ र गर्भवती महिलाहरुका लागी विटामिन–डी धेरै जरूरी हुने गर्दछ । त्यसकारण सुर्य पूजा को परंपरा बनाईएको हो ।
आफ्नो सन्तानमा समर्पित   रहेको छ छठ पूजा
    विशेषगरी निसन्तानी हरुले सन्तान प्राप्तिकालागी छठ पूजा गर्ने गर्दछन् भने छठपर्वको व्रत बस्नाले आफ्नो सन्तानको स्वास्थ्य राम्रो रहने र उनको जिवनमा सुख समृद्धि सहितको सफलता प्राप्तहुने विस्वास गरीन्छ । यो पूजा मूल रूपमा आफ्नो सन्तानकालागी नै गर्ने गरीन्छ ।
    छठ पूजा भइरहेको अवस्थामा बाँस को बन  सूपलाई प्रयोग गगर्ने गरीन्छ, जो यस कुराको प्रतीक हो कि जुन प्रकार बाँस आफ्नो रफ्तारसंग बढ्ने गर्दछ, सोही प्रकार आफ्नो सत्तानको पनि प्रगति हुन्छ भन्ने विस्वास गरीन्छ । यही कारणले छठ पूजामा बाँसको सूप नभएमा अधूरो पुजा मान्य गरीन्छ ।
छठ पुजाको मान्यता
    छठ पूजाको समयमा सूर्यलाई अर्घ दिनेबेला बाँसबाट बनाइएको सूपलाई आवश्यक काममा लगाउने गरीन्छ । यस समयमा व्रतालु महिलाहरु बाँसबाट बनेको सूप, टोकरी या छाप्रामां फलफुल आदि वस्तु राखेर छठ घाटमा लिएर जान्छन र यिनिहरुबाट नै सूर्य देवलाई अर्घ दिने गर्दछन् । बाँसबाट बनेको सूप या टोकरी–छाप्राको मद्धतबाट छठी मैयालाई भेंट दिने गर्दछन् । मान्यता अनुसार, बाँसबाट पूजाआजा गर्नाले धन र सन्तानको सुख मिल्ने गर्दछ ।  
छठ पूजाको दिन ‘तैतिल र गर करण’ को निर्माण भइरहेको वताइएको छ । सर्वप्रथम ‘तैतिल करण’ को निर्माण भइरहेको छ । यस योगको निर्माण प्रातः काल सात बजेर २३ मिनट सम्म रहेको छ । त्यसपछि ‘गर करण’ को निर्माण भइरहेको छ भने त्यसैदिन ‘वृद्धि र धुर्व योग’ को पनि निर्माण भइरहेको छ । ‘वृद्धि योग’ को निर्माण अबेर राती ११ बजेर २८ मिनट सम्म रहेको छ । त्यसपछि धुर्ववयोगको शुभयोग बनी रहेको छ । व्रतालुहरु यस वृद्धियोगमा सूर्यदेवलाई जल चढाएर अर्घ दिने गर्दछन् ।
    लोक आस्थाको महान पर्व छठ हरेक वर्ष कार्तिक माहीनाको शुक्ल पक्ष को चतुर्थी तिथिबाट लीएर सप्तमी तिथि सम्म मनाउने गरीन्छ । सोही अनुसार यो वर्ष मंसीर १ गते देखी ४ गतेसम्म छठ पूजाहरेको छ । यस महान पर्व को शुरुआत नहाय खाय का दिनबाट शुरुहुने गर्दछ । यस दिन व्रतालुहरु स्नान–ध्यान गरेर सूर्य देव को पूजाआराधना गर्ने गर्दछन् ं। त्यसपछी चावल, दाल र लौकाको तरकारी खाने गर्दछन् ं। यसको दोस्रो दिन खरना मनाउने गरीन्छ । यो दिनमा पनि व्रतालुहरु दिनभरी करीव १२ घण्टासम्म निर्जला उपवास अर्थात पानि नखाएर व्रत बस्ने गर्दछन् ं।
    संध्याकालमा चन्द्रदेवको उदयपछि, स्नान–ध्यान गरेर पूजाआराधना गर्ने गरीन्छ । यसमा गुण र खंडित नभएको सिंगो चावल को खीर र पूरी बनाएर छठी मैयालाई अर्पित गर्ने गरीन्छ । यस अवसरमा घण्टौं घण्टाको निर्जला उपवास शुरूहुने  गर्दछ । यस पर्वको तेस्रोदिन अस्ताउदै गरेको सूर्यदेवलाई अर्घ दिने गरीन्छ । त्यसको भोलीपल्ट चौथो दिन कार्तिक महीनाको शुक्लपक्ष सप्तमी तिथिका दिन उदाउदै गरेको सूर्यदेवलाई अर्घ दिने गरीन्छ र छट पर्वको समाप्ती हुने गर्दछ ।
    ज्योतिषहरुको भनाइलाई मान्ने हो भने कार्तिक महिनाकोे शुक्लपक्ष षष्ठी तिथिमा ‘भद्रावास योग’ को निर्माण भइरहेको छ । यस योगमा सूर्यदेवको पूजा गर्नाले व्रतालुहरुलाई कैेयौं गुना फल प्राप्त हुने विस्वास गरीन्छ ।
भद्रावास योग
    ज्योतिषहरुको ।भनाइलाई मान्ने हो भने कार्तिक मास शुक्ल पक्ष को षष्ठी तिथिमा भद्रावास योग को निर्माण भइरहेको छ ।
    शास्त्र अनुसार भद्रावास योगलाई बहुत शुभ मानिएको छ । धार्मिक मत अनुसार भद्रावास योग को समयमा सूर्यदेवको उपासना गर्नाले साधकहरुलाई अक्षय फलको प्राप्ति हुने गर्दछ भनिएको पाइन्छ । साथै सुख–समृद्धिमा अपार वृद्धि हुने गर्दछ भन्ने कुराको जिकिर गरेको पाइन्छ ।
वैज्ञानिक र औषधीय महत्व
    सूर्यलाई जल चढाउने कुरामा यसको पछाडी बिभिन्न रंगहरुको विज्ञान लुकेको  पाइन्छ । मानिसहरुको शरीरमा रंगको संतुलन खलबलीनाले कयौं बीमारीहरुको शिकार हुने खतरा बनिरहन्छ । प्रिज्मको सिद्धान्त अनुसार बिहान सूर्यदेवलाइ जल चढाउने  समय शरीरमा पर्ने प्रकाशले हाम्रो शरीरका रंगहरु संतुलित हुने गर्दछन् । जसका कारण रोग प्रतिरोधात्मक शक्ति बढेर जाने गर्दछ भने अनुहारमा लाग्ने रोगहरुमा कमी आउदछ । यस कार्यले सूर्यको प्रकाशबाट पाइने भिटामिन डी शरीर में पुर्ण रुपमा प्राप्त गर्न सक्दछ ।
    वैज्ञानिक दृष्टिले हेर्ने हो भने षष्ठी तिथीकादिन विशेष खगोलीय परीवर्तन हुने गर्दछ । त्यबेला सूर्य को परा बैगनी किरणहरु असामान्य रूपले एकत्रीत हुने गर्दछन् र इनै असमान्य किरणहरुको दुष्प्रभाव बाट बच्नकालागी सूर्य को ऊषा र प्रत्यूषा को रहदै नदी तलाउहरुमा गएर जलमा खड़ा भएर छठ व्रत गर्ने गरीन्छ ।
छठ पुजाको प्रसादमा कैल्शियम हुने गर्दछ
    यो पर्वको चतुर्थी तिथीमा लौका र भात को  सेवन गर्नु भनेको आफ्नो शरीरलाई व्रतको समय अनुकूल तैयार गरीने एक प्रक्रियाको हिस्सा हो ।
    पंचमी तिथीमा निर्जला व्रत पश्चात उखुको रस या गुणÞबाट बनेको खीरमा पर्याप्त मात्रामा ग्लूकोजलाई सृजित गर्ने गर्दछ । छठ पुजाकोलागी बनाइने अधिकतम प्रसादहरुमां कैल्शियमको भरपुर मात्रा रहेको हुन्छ । यस्तो अअवस्थामा भोकै बस्ने अथवा उपवासको स्थितिमा मानव शरीर नैचुरली कैल्शियमलाई ज्यादा उपभोग गर्ने गर्दछ । प्रकृतिमां सबैभन्दा बढी विटामिन–डी सूर्योदय र सूर्यास्तको समयमा नै हुने गर्दछ । त्यस कारण अर्घदिने समय पनि यहि नै उत्तम हुने गर्दछ । अदुवा र गुण खाएर छठ पर्वलाई समाप्त गर्ने गरीन्छ । तर स्वास्थ्यका अनुसार भने उपवासको समाप्ती पछी धेरै भोजन गर्नु शरिरकालागी हानिकारक हुनेगर्दछ ।
माण्डव्य हेमन्त

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल