शनिबार, श्रावन ३०, २०८३
/
नेपाल-भारत सिमावर्ती क्षेत्रमा चितुवाको बिगबिगी, नेपाली गाउँमा समेत प्रभाव पर्नसक्ने
३० श्रावण २०८३
  अगुवा समाचार
नेपाल सीमासँग जोडिएको भारत खिरी जिल्ला अन्तरगत इन्द्रनगर ग्राम पञ्चायतमा शनिबार बिहान एउटा चितुवाले गाईको बाच्छोलाई मारेर खाएको छ। यस घटनापछि स्थानीय बासिन्दामा चरम त्रासको वातावरण सिर्जना भएको छ । ग्रामीणहरूले वन विभागसँग चितुवालाई चाँडोभन्दा चाँडो नियन्त्रणमा लिन माग गरेका छन् ।
खिरी जिल्लाको बनविरपुर स्थित बरिष्ठ पत्रकार लवकुश कुमारले दिएको जानकारी अनुसार घटनाको विवरण यश प्रकार रहेको छ ।
स्थानीय बासिन्दा उमेशको घर बाहिर बारीको छेउमा अन्य पशुहरूसँगै एउटा गाईको बाच्छो पनि बाँधिएको थियो । बिहान परिवारका सदस्यहरू उठ्दा बाच्छो देखिएन । बाच्छो नदेख्दा कतै बाधेको डोरी चुटाएर गएन भन्ने लागेछ ! वरपर खोजी गर्दा त्यहाँ चितुवाको पाइलाका छापहरू देखिए सोही छापहरुको आधारमा ग्रामीणहरू छिमेकीको उखुबारीमा पुगे, जहाँ बाच्छोको केहीभाग खाएको मृत शरीर फेला पर्यो ।
घटनालगत्तै वन विभागलाई खबर गरियो । सूचना पाएलगत्तै टोली घटनास्थलमा पुग्यो र वरपरको क्षेत्रमा गस्ती गरी स्थितिको अवलोकन गर्‍यो ।
त्यसपछी सुरक्षा निकायले आफ्नो प्रतिक्रिया र सुरक्षाका उपायहरुको बारेमा जानकारी गरायो ।
बरिष्ठ पत्रकार लवकुशका अनुसार वन दरोगा अजित सिंहले ग्रामीणहरूलाई सुरक्षाको भरोसा दिलाउँदै उक्त क्षेत्रमा छिट्टै पिँजरा राखिने बताए ।
त्यसैगरी रेन्जर भूपेन्द्र सिंहले ग्रामीणहरूको सुरक्षालाई ध्यानमा राख्दै त्यस क्षेत्रमा गस्ती बढाइएको जानकारी दिए । उनले भने चितुवाको गतिविधिमाथि निगरानी राखिरहेको र छिट्टै पिँजरा राखेर नियन्त्रणमा लिने काम गरिनेछ।
यश घटनापछी स्थानियहरुले चिन्ता व्यक्त गरेकाछन् । किनभने यो क्षेत्र नेपाल सीमासँग जोडिएकाले यस क्षेत्रहरुबाट स्थानियहरु यहि बाटोबाट निरन्तर रुपमा भारतीय बजारकालागी आवागमन गर्ने भएकाले असुरक्षीत भएको  महसुस गरिएको छ । तसर्थ, चितुवाको उपस्थितिले मानिसहरूमा सधैं डर त्रासको  भावछना जागृत भएको छ । कुनै पनि अप्रिय घटना हुन नदिन ग्रामीणहरूले वन विभागसँग तत्काल प्रभावकारी कारबाहीको माग गरेका छन् ।
स्मरण रहोस भारतीय सिमासुरक्षा बल एसएसबीले चितुवा नेपाल भारत सिमावर्ती क्षेत्रको गाउँमा देखिएकाले सिमाक्षेत्रसंग रहेका नेपाली गाउँहरुमा समेत पस्न सक्ने भएकाले नेपाली गाउँका स्थानीय र सुरक्षा निकायले समेत सतर्कता अपनाउनु पर्ने वताएकाछन् । उनिहरुका अनुसार यश क्षेत्रमा गन्ना खेती धेरै गरिने भएकाले सिकारको खोजीमा करिव १० देखी १५ माउ चितुवा आफ्नो बच्चाहरु सहित यस क्षेत्रमा दुदुवा नेश्नल पार्कबाट आएको हुनसक्ने वताएकाछन् ।
माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल