कैलाली जिल्लाको टीकापुर नगरपालिका स्थित सन्त निरंकारी सतसंगत भवनमा आज मुक्ति पर्व दिवस भव्यताका साथ मनाइँदैछ। यस विशेष अवसरमा विभिन्न भजन प्रवचनका माध्यमबाट सत्संग कार्यक्रमको आयोजना भइरहेको छ । निरंकारी मिसनका ज्ञान प्रचारक महात्मा नवल सिंह बोहराज्यूको प्रमुख आतिथ्यता वृहत सत्संग कार्यक्रम सञ्चालन भइरहेको छ । मुक्ति पर्व कार्यक्रममा निरंकारी मिसनका अनुयायीहरूको बाक्लो उपस्थित भई 'मुक्ति पर्व' को महत्व र यस अवसरमा आफ्ना आन्तरिक विचार तथा धारणाहरु व्यक्त गरिरहेका छन् । निरंकारी मिसन का बाबा अवतार सिंह जी महाराज की धर्म पत्नी (जसलाई जगतमाताको रूपमा पनि चिनिन्छ) बुद्धवन्ती जीको देहान्त सन् १९६४ अगस्ट १५ का दिन भएको थियो । उहाँकै सम्झना र प्रेरणालाई आत्मसात गर्दै प्रत्येक वर्ष १५ अगस्टका दिन निरंकारी अनुयायीहरुले यस दिनलाई 'मुक्ति पर्व' को रूपमा मनाउने गरेका छन् ।
टीकापुरस्थित निरंकारी भवन लगायत नेपालका विभिन्न जिल्लाहरूमा रहेका निरंकारी सत्संग भवनहरूमा पनि यो पर्व मनाइँदैछ ।
नेपाल, भारत लगायत विश्वका अन्य विभिन्न देशहरूमा समेत यो दिवसलाई एक विशेष आध्यात्मिक पर्वको रूपमा वृहत कार्यक्रमहरू आयोजना गरी मनाइने गरिन्छ । कार्यक्रमको सञ्चालन सेवादल सहायक शिक्षक चन्द्र सिंह भुलले गरिरहेकाछन् ।
स्मरण रहोस नेपालबाट पहिलो ज्ञान प्रचारक लाल बहादुर कुमाल, ज्ञान प्रचारक कृष्ण प्रसाद रेग्मी, धन सिंह रावल, नवल सिंह बिष्ट, उजीर सिंह बिक, चन्द्र सिंह विष्ट, रनसिंह बिक, नन्दलाल जोशी, खडक बहादुर शाह, कृष्ण बहादुर श्रेष्ठ, मुखी माहात्माहरु शिव प्रसाद भण्डारी, कर्ण बहादुर शाह, सर्प सिंह बटाला, लाल सिंह चनारा, बिरमल साउद, लक्षमी प्रसाद जैसी लगायतका धेरै निरंकारी महात्माहरुले यश संसारबाट निराकारमा ब्रह्मलिन भएकाले सबैलाई आजको दिनमा उहाँको योगदानको स्मरण गरिएको छ ।