सन्त निरंकारी मिसनले आफ्नो हरित अभियानको छैठौं
चरणलाई सुरुवात गर्नलागेको छ । निरंकारी ब्रह्मलिन बाबा हरदेव सिंह जीको दिव्य सन्देश ‘प्रदूषणभित्र होस् वा बाहिर, दुवै हानिकारक हुन्छ’, केवल पर्यावरण संरक्षणको आह्वान मात्र होइन, बल्कि मानवीय चेतनालाई निर्मल र प्रकृति प्रति उत्तरदायी बनाउने प्रेरणाको स्रोत पनि हो । यही प्रेरणालाई साकार रूप दिँदै सन्त निरकारी मिशनले आफ्नो पर्यावरण संरक्षणसम्बन्धी पहल ‘वननेस वन-प्रकृतिको साथ समरसता’ मार्फत हरित, सन्तुलित एवं दिगो भविष्य निर्माणका लागि निरन्तर समर्पित भावले कार्य गरिरहेको छ ।
सतगुरु माता सुदीक्षा जी महाराज एवं निरकारी राजपिता रमित जीको पावन आशीर्वादबाट अगस्ट २०२१ मा प्रारम्भ भएको यो अनौठो पहल आज विश्वव्यापी जनअभियानको रूप ग्रहण गरिसकेको छ । यसको उद्देश्य केवल वृक्षारोपण गर्नु मात्र होइन, बल्कि प्रकृतिसँगको आत्मीय सम्बन्धलाई पुनर्जीवित गर्नु, पर्यावरण संरक्षणलाई जीवन-मूल्यको रूपमा स्थापित गर्नु तथा आउने पुस्ताहरूका लागि हरियाली, स्वच्छ एवं सन्तुलित पृथ्वीको निर्माण गर्नु हो । समयसँगै यो अभियान निरन्तर विस्तार हुँदै देश-विदेशभरि लाखौँ-लाख मानिसहरूलाई प्रकृतिको प्रति संवेदनशील बन्न प्रेरित गरिरहेको छ ।
सन्त निरकारी मण्डलका सचिव आदरणीय श्री जोगिन्दर सुखीजाले जानकारी गराउँदै भने, भारतका विभिन्न राज्यहरूमा हालसम्म करिब ३५० वटा वृक्ष समूहहरू स्थापना गरिएकाछन्, भने ६०० भन्दा बढी ‘वननेस वन’ स्थलहरूमा श्रद्धालु तथा सेवादारहरू पूर्ण समर्पणका साथ यी बिरुवाहरूको संरक्षण एवं संवर्द्धन गरिरहेका छन् । यो अभियान केवल रूख रोप्नमा मात्र सीमित छैन, बल्कि समाजमा प्रकृतिको प्रति जनचेतना, संवेदनशीलता, पर्यावरणीय उत्तरदायित्व तथा सामूहिक सहभागिताको संस्कृतिलाई पनि सुदृढ गरिरहेको छ ।
यही दिगो प्रयासलाई अगाडि बढाउँदै सन्त निरकारी च्यारिटेबल फाउन्डेसनद्वारा आगामी २३ अगस्ट, आइतबार का दिन यस महाअभियानको छैटौँ चरणको शुभारम्भ गरिँदैछ । यो अभियान देशभरका ग्रामीण तथा सहरी क्षेत्रसहित ६३० स्थानमा एकसाथ आयोजित हुनेछ । यस अवसरमा मिशनका लाखौँ श्रद्धालु तथा स्वयंसेवकहरूले समर्पित भावले सहभागिता जनाउँदै करिब १० लाख बिरुवा रोपण गर्नेछन् । यो व्यापक अभियानले पर्यावरण संरक्षणको प्रति जनचेतना बढाउनुका साथै हरित एवं स्वस्थ भविष्य निर्माणको दिशामा एउटा महत्त्वपूर्ण कदम साबित हुनेछ ।
यस अभियानको विशेषता के छ भने मिशनले केवल बिरुवा रोपेर मात्र आफ्नो जिम्मेवारी सीमित राख्दैन, बल्कि ती रूख नबनुञ्जेल निरन्तर संरक्षण गर्ने संकल्प पनि पूरा गर्दछ । प्रत्येक बिरुवाको ३ देखि ५ वर्षसम्म नियमित रेखदेख गरिनेछ, ताकि ती विकसित भएर घना साना वनहरूको रूप लिन सकून्, जैविक विविधतालाई समृद्ध बनाऊन्, स्थानीय इकोसिस्टमलाई सशक्त बनाऊन् र आउने पुस्तालाई स्वच्छ तथा हरियाली वातावरण प्रदान गर्न सकून् ।
आज जब विश्वले जलवायु परिवर्तन, बढ्दो प्रदूषण र प्राकृतिक स्रोतहरूको ह्रासजस्ता गम्भीर चुनौतीहरूको सामना गरिरहेको छ, यस्तो समयमा सन्त निरकारी मिशनको यो हरित संकल्पले प्रत्येक नागरिकलाई प्रकृतिसँग सह-अस्तित्वको सन्देश दिन्छ । यो अभियानले हामीलाई स्मरण गराउँछ कि यो धर्ती केवल हाम्रो विरासत मात्र होइन, बल्कि आउने पुस्ताहरूप्रतिको हाम्रो साझा जिम्मेवारी पनि हो । आउनुहोस्, एउटा बिरुवा रोपेर, त्यसलाई रूख बनाएर र प्रकृतिको संरक्षण गर्ने संकल्प लिएर हामी सबै यस हरित परिवर्तनका सहभागी बनौँ ।