कमल बम मदिरा व्यवसायी संघ कैलालीको अध्यक्षमा निवाचित भएकाछन् । कैलाली जिल्लाको धनगढी स्थित आईतबार भएको निर्वाचनमा कमल बम ९५ मत प्राप्तगरी अध्यक्षमा पदमा निर्वाचित भएका हुन् ।
बमसंंग अध्यक्ष पदको उम्मेद्वारीमा सागर शमशेर राणा प्रतिस्पर्धामा उत्रिएका थिए । राणाले भने उक्त निर्वाचनमा ५२ मत प्राप्त गरी चित्त बुझाएका छन् । त्यस्तै उपाध्यक्ष तर्फ विनोद
बलायर, रविन्द्र थापा र दिपेन्द्रबहादुर सिंह निर्वाचित भएका छन् । बलायरले १०९, थापाले ८३ र सिंहले ८२ मत प्राप्त गरेका छन् ।
त्यसैगरी महासचिवमा माधवराज उपाध्यायले ९७ मतसहित निर्वाचित भएका छन् भने सचिवमा पूर्णबहादुर बोहरा १०१ मत प्राप्त गर्दै विजयी भएका छन् । त्यसैगरी कोषाध्यक्ष पदमा राकेश कुमार चौधरी १०४ मतसहित निर्वाचित भएकाछन् भने सहकोषाध्यक्ष साजन कुवर भने निर्विरोध निर्वाचित भएको कुरा नव निर्वाचित अध्यक्ष बमले जनाएकाछन् ।
नवनिर्वाचित अध्यक्ष बमका अनुसार अन्य कार्यसमिति सदस्यतर्फ गणेशबहादुर बोहरा, दीपक धामी, चन्द्रा कुमारी बोगटी, रामकृष्ण चौधरी र पुरनबहादुर राना निर्वाचित भएका छन् । निर्वाचन समितिको विवरण अनुसार सदस्यतर्फ गणेश बहादुर बोहराले ९५, दीपक धामीले १०१, चन्द्रा कुमारी बोगटीले ९६, रामकृष्ण चौधरीले ८३ र पुरनबहादुर राणाले ८३ मत प्राप्त गरी निर्वाचित भएका छन् ।
स्मरण रहोस मदिरा व्यवसायी संघ कैलालीको निर्वाचनमा कमल बम र सागर शमशेर राणा नेतृत्वका दुई समूह कडा चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । (अगुवा सन्देशबाट)