आईतवार, कार्तिक ९, २०८३
/
अग्रोहा धाममा ४३औँ भव्य मेलालाई लिएर उत्सवको माहोल
७ कार्तिक २०८३
  हेमन्त माण्डव्य
आस्था, अध्यात्म, संस्कृति र सामाजिक समरसताको सन्देश दिने अग्रोहा धाममा ४३औँ भव्य मेलालाई लिएर उत्सवको माहोल बनेको छ । मेलाको तयारी लगभग पूरा भइसकेको छ। भक्तजनहरूको स्वागतका लागि धामलाई भव्य रूप दिइएको छ ।
यो धाम भारतको हरियाणा राज्यको हिसार जिल्ला अन्तरगत अग्रोहा शहरमा पर्दछ । यो ठाउँ भारतको राजधानी दिल्लीबाट करिव १९० किलोमीटर टाढा हिसार-सिरसा राष्ट्रीय राजमार्ग-१० मा स्थित रहेको छ ।

आगामी अक्टोबर २५ देखि सुरु हुने यस आयोजनमा देशैभरिबाट लाखौँ भक्तजनहरू सहभागी हुने अपेक्षा गरिएको छ । महाराजा अग्रसेनका आदर्श, सेवा र सामाजिक एकताको भावनामा समर्पित यो मेला अग्रवाल तथा वैश्य समाजको आस्थाको प्रमुख केन्द्र हो ।
​
यस आयोजनमा धार्मिक अनुष्ठानका साथै सांस्कृतिक कार्यक्रमहरूको रौनक पनि देखने पाइनेछ । देश-विदेशका राजनेताहरू, सन्त-महात्माहरू र ख्यातिप्राप्त कलाकारहरूको उपस्थिति यस आयोजनको गरिमा बढाउनेछ । आस्था, परम्परा र सामाजिक सद्भावको सङ्गमको रूपमा अग्रोहा धाम एक पटक फेरि भक्ति र उत्साहको रङ्गमा रङ्गिन तयार छ ।

मेलाको मुख्य आकर्षणको रूपमा अपराह्न १२ देखि ३ बजेसम्म आयोजित हुने भव्य सम्मेलन एवं सांस्कृतिक कार्यक्रम रहनेछ । यसका साथै परिसरमा ट्रेड फेयर (व्यापार मेला) पनि लाग्नेछ, जसमा विभिन्न प्रकारका स्टलहरू आकर्षणको केन्द्र बन्नेछन् ।

​भक्तजनहरूका लागि विशेष प्रबन्ध
लाखौँको सङ्ख्यामा पुग्ने भक्तजनहरूको सुविधाका लागि आयोजकहरूद्वारा कडा प्रबन्ध मिलाइएको छ । यश मेलामा नेपालबाट समेत हजारौ हजार श्रद्धालुहरुको आगमन भई धार्मिक फाइदा लिइने गरिएको छ ।

भक्तजनहरूको आवतजावतका लागि ५० वटा निःशुल्क बसहरू सञ्चालन गरिनेछन्, जसले गर्दा टाढा-टाढाबाट आउने मानिसहरूलाई कुनै किसिमको असुविधा नहोस् । विभिन्न राज्यहरूबाट आउने भक्तजनहरूको लागि बास बस्ने (आवासको) पनि प्रबन्ध गरिएको छ । नेपालको पश्चिमी क्षेत्र तथा भारतभरि मेलाको प्रचारप्रसार र भक्तजनहरूको स्वागतका लागि १०० वटा भव्य स्वागतद्वारहरू सजाइएका छन् ।
माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल