आईतवार, कार्तिक ९, २०८३
/
७९औं सन्तसमागममा जागृतीको सन्देशले विदेशीहरुको मन आन्नदले भरिपुर्ण ।
८ कार्तिक २०८३ तदनुसार २५ अक्टुवर २०२६
  हेमन्त माण्डव्य
सन्त निरंकारी मण्डलको आयोजनामा भारतको हरियाणा स्थित समालखामा चलीरहेको सन्त निरंकारीको ७९औं अन्तराष्ट्रिय सन्त समागममा विदेशबाट आएका निरंकारी अनुयायीहरुले आफ्नो मन प्रफुल्ल भएको वताएकाछन् ।

७९औं निरंकारी सन्तसमागमको मुल ध्ये "जागृती" रहेको र त्यसको वास्तविकताका बारेमा प्रत्यक्ष रुपमा सतगुरु माता सुदिक्षा ज्यू र राजपिता रमित जी बाट जानकारी पाउँदा मन प्रफुल्ल भएको नेपालबाट निरंकार समागमलाई हेर्न र मुल्यांकन गर्न आएका समाजसेवी जगदिश्वर पण्डितले बताएकाछन् ।

त्यसैगरी सन्त निवास न २७ मा बस्नुभएका अमेरीका र क्यानडाबाट आएका निरंकारी अनुयायिहरुले समेत उक्त कुरा बताएकाछन् ।

दोस्रो दिनको समागममा सतगुरु माता सुदिक्षा ज्युले सतगुरु माता जीले आफ्नो पावन प्रवचनमा भन्नुभएको छ कि ब्रह्मज्ञान जागृतिको अन्तिम चरण होइन, बरु यसको सुरुवात मात्र हो । साँचो जागृति त्यो हो, जब मानिसले जीवनको प्रत्येक पलमा निराकारको अनुभूतिका साथ प्रेम, विश्वास र नम्रतापूर्वक जीवन बिताओस् । सत्संगमा केवल उपस्थित हुनु मात्र पर्याप्त छैन, बरु त्यहाँबाट प्राप्त शिक्षालाई आफ्ना व्यवहारमा आत्मसात गर्नु आवश्यक छ । हाम्रो सेवा र समर्पण देखावटीकालागि नभई साँचो भावयुक्त हुनुपर्दछ । अरूप्रति प्रेम राख्नु, निन्दा र अहंकारबाट बच्नु तथा आफ्नो बोली र कर्मबाट राम्रोपन झल्काउनु नै वास्तविक आध्यात्मिक जागृतिको पहिचान हो । भन्ने कुरालाई वताउनुभएको थियो ।
​
त्यसैगरी उक्त कार्यक्रममा सतगुरु माता जीले प्रेरणा दिनुभयो कि परमात्माद्वारा प्रदत्त साधनहरूको उपयोग मानवताको सेवा एवं परोपकारका लागि गरिनुपर्दछ । जीवनको हरेक परिस्थितिमा मनको शान्ति, सहजता र विश्वास कायम राख्नुपर्दछ भन्नुभएको थियो ।

कार्यक्रमको अन्तमा माता जीले सबै श्रद्धालुहरूको जीवनमा सेवा, सुमिरन र सत्संगप्रति समर्पण कायम रहोस् तथा ब्रह्मज्ञानबाट प्राप्त दिव्य प्रकाशले सदैव उनीहरूको जीवनमा प्रेम, शान्ति र भक्ति छाइरहोस् भन्दै आशीर्वाद सहित कामना गर्नुभएको थियो ।
माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल