सोमबार, कार्तिक १०, २०८३
/
जागृति’ को दिव्य प्रकाश एवं एकत्वको संदेशले आलोकित हुनगयो ७९औँ वार्षिक निरकारी सन्त समागमको दोस्रो द
८ कार्तिक २०८३
  हेमन्त माण्डव्य
सन्त निरंकारी मण्डलद्वारा आयोजना भइरहेको ७९औं सन्तसमागमको दोस्रोदिनको कार्यक्रम सकिएको छ ।

समागम कार्यक्रममा “सचेतना केवल बाहिरी सजगतासम्म मात्र सीमित छैन, बरु विचार, व्यवहार र भावनाहरूमा पनि चेतनशील रहन आवश्यक छ ।” यही आध्यात्मिक सन्देशको आह्वान गर्दै निरंकारी सत्गुरु माता सुदीक्षा जी महाराजले ७९औँ वार्षिक निरंकारी सन्त समागमको दोस्रो दिन उपस्थित विशाल मानव परिवारलाई सम्बोधन गर्नुभएको थियो ।

चारदिने यस सन्त समागममा नेपाल-भारत लगायत देश–विदेशबाट लाखौँ श्रद्धालु एवं भक्तजनहरू एकत्रित भएका थिए । विभिन्न भाषाहरू एवं संस्कृतिहरूबाट सम्मिलित यो विशाल मानव परिवारको प्रेमपूर्ण मिलनले सौहाद्र, सद्भावना र विश्वबन्धुत्वको अनुपम तस्बिर प्रस्तुत गरिरहेको थीयो । समागमको वातावरण आध्यात्मिक चेतना, भक्ति र आपसी प्रेमको भावनाले परिपूर्ण रहेको थियो ।

सत्गुरु माताजीले आध्यात्मिक ‘जागृति’ को वास्तविक भावलाई स्पष्ट पार्दै भन्नुभएको थियो कि "सचेतना केवल बाहिरी सजगतासम्म मात्र सीमित छैन, बरु विचार, व्यवहार र भावनाहरूमा पनि चेतनशील रहन आवश्यक छ ।"

भक्तिको महत्वलाई प्रकाश पार्दै सत्गुरु माताजीले अगाडी भन्नुभयो कि साँचो भक्ति कुनै बाहिरी पहिचानको पराधिन हुँदैन, बरु प्रेम, विनम्रता, सहनशीलता र सत्यलाई जीवनमा अपनाउनाले सार्थक हुनेगर्दछ । समयसँगै जीवनशैलीमा आएको परिवर्तनलाई स्वीकार गर्दै पनि सत्यलाई आफ्नो आधार बनाएर राख्नुपर्दछ । सत्संगको सार्थकता तब मात्र हुने गर्दछ, जब त्यहाँ प्राप्त शिक्षालाई आफ्नो आचरणमा उतारिन्छ र आत्मसुधारको भावना निरन्तर बनिरहन्छ ।

सत्गुरु माताजीले सम्बोधन गर्नुभन्दा अगाडी निरंकारी राजपिता रमित जीले दृष्टिविहीन व्यक्ति र लालटेनको उदाहरण दिएर भन्नुभयो कि केवल गुरमुखको बाहिरी स्वरूप धारण गर्नु मात्र पर्याप्त छैन, बरु जीवनमा ब्रह्मज्ञान, प्रेम र समर्पणको प्रकाश निरन्तर जागृत रहनुपर्दछ । सेवा, सुमिरन र सत्संगको माध्यमबाट आफ्ना विचार, भावना र आचरणलाई निरन्तर निखार्नु नै साँचो “आध्यात्मिक जागृति” हो ।

यस अवसरमा चिस्ती फाउन्डेसनद्वारा सत्गुरु माता सुदीक्षा जी महाराजलाई ग्लोबल पिस अवार्ड (वैश्विक शान्ति पुरस्कार) बाट सम्मानित पनि गरिएको थोयो ।

निरकारी प्रदर्शनीः—
यश प्रदसनीमा ज्ञान, जागृति र मानव कल्याणको प्रेरणादायी संगम सन्त समागममा आधुनिक प्रविधि, आकर्षक प्रकाश व्यवस्था एवं रचनात्मक प्रस्तुतिहरूले सुसज्जित निरकारी प्रदर्शनी श्रद्धालुहरूको आकर्षणको प्रमुख केन्द्रविन्दु बनेको छ । श्रद्धालुहरूको सुविधा एवं विभिन्न उमेर समूहका आवश्यकताहरूलाई मध्यनजर गर्दैै यसलाई तीन प्रमुख भागहरूमा विभाजन गरिएको छ; मुख्य प्रदर्शनी, बाल प्रदर्शनी तथा सन्त निरकारी च्यारिटेबल फाउन्डेसन (एस.एन.सी.एफ.) प्रदर्शनी ।

मुख्य प्रदर्शनीः—
यस प्रदर्शनीमा मिसनको इतिहास, आध्यात्मिक यात्रा तथा सतगुरु माताजी एवं निरकारी राजपिता जीको मानव कल्याण यात्रालाई आकर्षक ढङ्गले प्रस्तुत गरिएको छ । तीन विशेष समुहहरूको माध्यमबाट समागमको मुख्य विषय ‘जागृति’ लाई दर्शाउँदै आत्मचिन्तन, आध्यात्मिक बुझाइ एवं सकारात्मक जीवन–दृष्टि अपनाउने प्रेरणा दिइएको छ ।

बाल प्रदर्शनीः—
यो प्रदर्शनी बालबालिकाको मानसिक, भावनात्मक एवं आध्यात्मिक विकासमा केन्द्रित रहेको छ । रोचक प्रस्तुतिहरूको माध्यमबाट राम्रा संस्कार, नैतिक मूल्य एवं जीवनोपयोगी शिक्षालाई अपनाउने सन्देश दिइएको छ, ताकि बालबालिकाहरूले शिक्षाका साथ–साथै मानवीय मूल्यहरूलाई पनि आफ्नो जीवनमा स्थान दिन सकून् ।

एस.एन.सी.एफ. प्रदर्शनीः—
यस प्रदर्शनीमा सन्त निरकारी मिसनको सामाजिक कल्याण एवं समाज सुधारसँग जोडिएका गतिविधिहरूलाई दर्शाइएको छ, जसमा रक्तदान, स्वास्थ्य सेवाहरू, सामाजिक जागरूकता तथा सादा एवं सामूहिक विवाह जस्ता प्रयासहरूका माध्यमबाट निस्स्वार्थ सेवा, मानवता र समाजप्रतिको उत्तरदायित्व निर्वाह गर्ने प्रेरणा प्रदान गरिएको छ ।
माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल