मंगलवार, कार्तिक ११, २०८३
/
सत्गुरुको दिव्य सन्देशले आलोकित भयो चेतना, ७९ औँ निरंकारी सन्त समागममा उर्लियो श्रद्धाको सागर
९ कार्तिक २०८३
  हेमन्त माण्डव्य
सन्त निरंकारी मण्डलको आयोजनामा चलिरहेको ७९औं अन्तराष्ट्रिय सन्तसमागमको तेस्रो दिन को कार्यक्रम सकिएर आज चौथो दिनको कार्यक्रम सुचारु रहेको छ ।
तेस्रो दिनको कार्यक्रममा भएका गतिविधीलाई सन्त निरंकारी मण्डलको प्रेस तथा पब्लिसिटी बिभागले प्रेस विज्ञप्ती आज जारी गरेको छ । उक्त विज्ञप्तीमा उल्लेख गरिएको छ कि,  परिस्थितिमा परमात्माको प्रेममा स्थिर रहनु नै सच्चा जागृति हो ।” उक्त दिव्य उद्गार निरंकारी सत्गुरु माता सुदीक्षा जी महाराजले ७९ औँ वार्षिक निरंकारी सन्त समागममा आफ्ना प्रेरणादायी प्रवचनमार्फत व्यक्त गर्नुभएको थियो ।भारतको हरियाणा प्रदेशको समालखाको पावन भूमिमा देश-विदेशबाट सहभागी भएका लाखौँ श्रद्धालुहरूको उपस्थितिले प्रेम, श्रद्धा र एकताको अनुपम दृश्य प्रस्तुत गर्न सफल भयो । सत्गुरुको पावन दर्शनबाट श्रद्धालुहरू भावविभोर भए भने सम्पूर्ण वातावरण भक्ति, समर्पण एवं आत्मिक आनन्दले आलोकित हुनपुग्यो । गुरु र शिष्यको यो पावन मिलनले प्रेम, मानवता र विश्वबन्धुत्वको भावनालाई साकार पारेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
त्यसैगरी सत्गुरु माता जीले श्रद्धालु भक्तहरूलाई सम्बोधन गर्दै भन्नुभयो कि समागमको तेस्रो दिन पनि सन्देश उही छ, आत्मा र परमात्माको मिलन अनि हरेक पल निराकारको अनुभूति नै आध्यात्मिक जीवनको सार हो । परमात्मा अटल सत्य हो, जबकि हाम्रा इच्छाहरू र परिस्थितिहरू परिवर्तन भइरहन्छन् । अनुकूल परिस्थितिमा आस्था राख्नु सजिलो छ, तर सच्चा भक्ति त्यही हो जुन हरेक परिस्थितिमा कायम रहन्छ भन्नेकुरालाई प्रष्ट्याइएको छ ।
ब्रह्मज्ञानको जागृति जीवनभर सचेत रहने भाव हो, जुन हाम्रो व्यवहार, निर्णय र सामाजिक जीवनमा पनि झल्कनुपर्दछ । अन्यायका विरुद्ध खडा हुँदा पनि आफ्नो उद्देश्य जाँच्नु आवश्यक छ कि हामी भलाइका लागि कार्य गरिरहेका छौँ वा अहंकार र प्रसिद्धिका लागि ! विचारको भिन्नताका भएतापनि हरेक मानिसमा परमात्माको अंश देखेर सबैलाई अपनाउनु नै निष्काम प्रेमको पहिचान हो भनिएको छ । आफ्नो प्रवचनको अन्त्यमा सत्गुरु माता जीले सबै सन्तहरूलाई आशीर्वाद दिँदै ब्रह्मज्ञानबाट मिलेको जागृति, प्रेम र समर्पण जीवनभर कायम रहोस् भन्नुभयो ।
त्यसैगरी सत्गुरु माता जीको प्रवचन हुनुभन्दा अघि आदरणीय निरंकारी राजपिता रमित जीले जागरूकताको सन्देश दिँदै सम्झाउनुभयो कि जीवनमा जहाँ परिवर्तन सम्भव छ, त्यहाँ प्रयास गर्नुहोस् र जहाँ सम्भव छैन, त्यहाँ स्वीकार गर्ने शक्ति राख्नुहोस् । राजपिता जीले अगाडि भन्नुभयो कि मानिस संसारको आवश्यकताप्रति त जागरूक रहन्छ, तर आफ्नो आत्माको तिर्खाप्रति जागरुक रहँदैन् । परमात्माको प्रेमलाई चिनेर, अहंकार त्यागेर र सच्चा जिज्ञासा तथा समर्पणका साथ जीवन जिउनु नै वास्तविक जागृति हो । सेवा–भावको प्रशंसा–कदर गर्दै राजपिता जीले सेवादारहरूलाई प्रेम, सहयोग र समर्पणका साथ सेवाहरू निरन्तर अझ उत्कृष्ट बनाउने प्रेरणा दिनुभएको वताइएको छ ।
यसैगरी उक्त पावन अवसरमा हरियाणाका माननीय मुख्यमन्त्री श्री नायब सिंह सैनीको गरिमामय उपस्थिति रहेको थियो । साथै, अनेकौँ पार्षद तथा विधायकहरूले पनि सत्गुरु माता सुदीक्षा जी महाराज एवं निरंकारी राजपिता रमित जीको पावन दर्शन गरी आशीर्वाद प्राप्त गरेका थिए ।
अपाङ्गता भएका सन्त–महात्माहरूका लागि व्यवस्था :-
अपाङ्गता भएका सन्त–महात्माहरूको सुविधालाई ध्यानमा राख्दै समागमका सबै प्रवेशद्वारहरूमा सहज आवतजावतको व्यवस्था गरिएको थियो, ताकि उहाँहरू सजिलैसँग समागम स्थलको नजिकै निर्धारित विशेष स्थानसम्म पुग्न सकुन् । त्यहाँ उहाँहरूको बसाइ, भोजन तथा खानेपानीको समुचित प्रबन्धका साथै कार्यक्रमहरू हेर्नका लागि ठुला–ठुला एलइडी (ीभ्म्) स्क्रिनहरू पनि राखिएका थिए । यसका अतिरिक्त, अपाङ्गता भएका सन्त–महात्माहरूले समागमका क्रममा सत्गुरुको पावन दर्शनको लाभ पनि प्राप्त गरेका थिए ।
काइरोप्रैक्टिक (ऋजष्चयउचबअतष्अ) शिविर तथा स्वास्थ्य सेवाहरू:-
समागममा मिसनको स्वास्थ्य तथा समाज कल्याण विभागद्वारा व्यापक चिकित्सा सुविधाहरू उपलब्ध गराइएको थियो । समागम परिसरमा ८ एलोप्याथिक र ६ होम्योपैथिक डिस्पेन्सरी, १५ प्राथमिक उपचार केन्द्र, एक काइरोप्रैक्टिक शिविर तथा आइसियु (क्ष्ऋग्) सुविधायुक्त १२० शैयाको अस्थायी अस्पताल स्थापना गरिएको थियो । आपत्कालीन सेवाका लागि मिसनका १२ र हरियाणा सरकारका ३० एम्बुलेन्स उपलब्ध तम्तयार अवस्थामा रहेका थिए ।
काइरोप्रैक्टिक शिविरमा विदेशबाट १६ र भारतका ३ चिकित्सकहरूले सेवा प्रदान गरे भने जसबाट लगभग २,१०० बिरामीहरू लाभान्वित भएका थिए । यसका अतिरिक्त नाक–कान–घाँटी (भ्ल्त्), आँखा, बालरोग, दन्त तथा मनोरोग लगायत विभिन्न विशेषज्ञ चिकित्सकहरूको सेवाबाट १०,००० भन्दा बढी श्रद्धालुहरूले स्वास्थ्य सुविधाको लाभ उठाएका थिए ।
भान्सा (लङ्गर) तथा नास्ताघर (क्यान्टीन) व्यवस्था:-
समागम परिसरमा चार स्थानमा सामूहिक भान्छा (लङ्गर) को व्यवस्था गरिएको थियो, जहाँ लाखौँ श्रद्धालुहरूलाई दिन–रात भोजन उपलब्ध गराइयो । सबैले एकै ठाउँमा बसेर भान्साको खानालाई ग्रहण गरेको दृश्यले ‘वसुधैव कुटुम्बकम्’ (संसार नै एक परिवार हो) को भावना साकार भएको देखिन्थ्यो । यसका अतिरिक्त २२ वटा नास्ताघर(क्यान्टीन)हरूमा सहुलियत दरमा खाजा, चिया, कफी तथा मिनरल वाटर उपलब्ध गराइएको थियो । यी सुव्यवस्थित प्रबन्धहरूले श्रद्धालुहरूको सुविधा सुनिश्चित गर्नुका साथै सेवा, समानता र सहयोगको भावनालाई पनि उजागर गर्नपुगेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल