नेपाल भारतको सिमावर्ती क्षेत्रसमनग जोडिएको उत्तरप्रदेश अन्तरगत तिकुनिया बजारमा श्री जनता रामलीला समितिको ७६औँ वार्षिकोत्सव अन्तर्गत रामलीला मैदानमा धूमधामका साथ भूमि पूजन गरिएको छ ।
पण्डित हेमन्त शर्माद्वारा वैदिक मन्त्रोच्चारणका साथ पूजाअर्चना सम्पन्न गराइएको हो । यस अवसरमा श्री जनता रामलीला समितिका मुख्य अतिथि सुथना देवी मन्दिरका महन्त बाबा बृजेश गिरीलगायत गणमान्य व्यक्तिहरूको उपस्थिति रहेको थियो । सोमवार निर्धारित कार्यक्रम अनुसार दिउँसो करिब २:०० बजे श्री जनता रामलीला समितिका अध्यक्ष दिनेश गुप्ता उर्फ नीटू गुप्ताबाट पुरोहित हेमन्त शर्माले पूजाअर्चना गराउनुभएको थियो ।
यस अवसरमा समितिका अध्यक्षले यसपटक मेला आगामी अक्टोबर २६ (सोमवार) देखि नोभेम्बर १० (मंगलवार) सम्म सञ्चालन हुने जानकारी दिनुभयो। परम्परागत रूपमा लाग्दै आएको यो रामलीला मेला क्षेत्रका जनताको सहयोगमा सम्पन्न हुँदै आएको छ, जसमा भारत र नेपालका नागरिकहरूको ठूलो संख्यामा सहभागिता रहने गर्दछ । मेलामा आउने सम्पूर्ण व्यापारी दाजुभाइहरूलाई समयमै आएर मेलामा आफ्नो स्थान सुरक्षित गरी पसलहरू सञ्चालन गर्न अपिल गरिएको छ ।
यस वर्षको मेलामा चिकित्सा (स्वास्थ्य) सुविधाको समेत व्यवस्था मिलाइएको छ । यसबाहेक राष्ट्रिय कविहरूको उपस्थितिमा भव्य कवि सम्मेलन समेत सम्पन्न हुनेछ ।
कवि सम्मेलनमा भारत लगायत नेपालबाट समेत कविहरुको उपस्थीती रहने आयोजकले वाताएको छ । आयोजकका अनुसार उक्त मेलामा सदा झै यश बर्षपनी नेपालको सिमावर्ती क्षेत्रबाट लाखौं नेपाली दर्शकहरुको सहभागीता रहने वताइएको छ ।
यस अवसरमा समितिका महामन्त्री अजय गर्ग टीटु, कोषाध्यक्ष शिशिर गुप्ता, संरक्षक शिव कुमार गर्ग (कार्यवाहक अध्यक्ष), उपाध्यक्ष जितेन्द्र गुप्ता, वरिष्ठ उपाध्यक्ष अनुज गुप्ता, पूर्व प्रधान विनायक प्रसाद, कृष्णासिंह बाबु, किशन महावर, पदम अग्रवाल, सुरेश अग्रवाल, पप्पु सैनी, आशिष गर्ग, रमेश गर्ग, अनिल कुम्बले, एडभोकेट जितेन्द्र कुमार, जगदीश प्रसाद, उमेश निषाद, पत्रकार रूप नारायण मिश्रा, लवकुश कुमार, पप्पु सिंह, रामगोपाल, यज्ञदेव मिश्रा, सन्दीप कुमार र सतीश कुमारलगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।