सन्त निरंकारी मण्डलको प्रान्तिय सन्तसमागम मध्ये सबैभन्दा ठुलो ६०औं वार्षिक सन्तसमागम महाराष्ट्रको मुम्बैमा हुने भएको छ ।
यश कुराको आधिकारीक पुष्टि सन्त निरंकारीको हरियाणा समालखामा भएको ७९औं अन्तराष्रट्रिय सन्तसमागममा सतगुरु माता सुदिक्षा जीको निर्देशन अनुसार राकेस मुटरेजा जीले घोषणा गरेकाछन् । मुटरेजा जीका अनुसार मुम्बैको प्रान्तिय ६०औं सन्त समागम आगामी माघ ९, १० र ११ तदनुसार २३, २४ र २५ जनवरी २०२७ गुरु वन्दना तथा सामूहिक विवाह १२ माघ तदनुसार २६ जनवरी २०२७ कालागी तय गरिएको छ ।
सन्त निरंकारी मण्डल दिल्लीका अनुसार मुम्बईमा समागमको ऐतिहासिक परम्परा सन् १९६८ मा मुम्बईको प्रसिद्ध शिवाजी पार्क मैदानमा महाराष्ट्रको पहिलो वार्षिक निरंकारी सन्त समागम आयोजना गरिएको थियो।
त्यसैगरी सन् २०१९ मा नवी मुम्बईको खारघरमा ५२औँ महाराष्ट्र वार्षिक निरंकारी सन्त समागम आयोजना गरिएको थियो।
त्यस्तै किसिमले सन् २०२० पछि महाराष्ट्रका वार्षिक समागमहरू नासिक, छत्रपति सम्भाजीनगर, नागपुर, पुणे र साङ्ग्ली जस्ता विभिन्न शहरहरूमा आयोजना हुँदै आएका थिए भने आगामी वर्ष २०२७ मा मुम्बईमा ६०औँ महाराष्ट्र वार्षिक निरंकारी सन्त समागमको आयोजना हुन गइरहेको छ ।
मुम्बै समागमलाई प्रेम, शान्ति, मानवता र एकताको सन्देशसँग जोडिने पवित्र अवसरका रुपमा लिइएको छ ।
सन्त निरंकारी मण्डल दिल्लीले सबैलाई सतगुरुको पवित्र सन्देशसँग जोडिदै मानवता, प्रेम तथा भाइचाराको भावनालाई आफ्नो जीवनमा अपनाउन समेत आव्हान गरेको छ ।