भारतको राजधानी दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि १ नोभेम्बर २०२६ देखि बस प्रवेशसम्बन्धी नयाँ नियम लागू हुने भएका छन्। वायु गुणस्तर व्यवस्थापन आयोग (CAQM) को दिशा-निर्देशअनुसार दिल्लीमा निर्धारित इन्धन र प्रदूषण मापदण्ड पूरा गर्ने बसहरूलाई मात्र प्रवेशको अनुमति दिइनेछ ।
यसलाई लिएर दिल्ली प्रहरीले तयारी तीव्र पारेको छ । प्रहरी अधिकारीहरूलाई बस सञ्चालक तथा ट्रान्सपोर्ट युनियनहरूलाई नयाँ नियमबारे जानकारी गराउन निर्देशन दिइएको छ ।
CAQM को दिशा-निर्देशअनुसार, १ नोम्बर २०२६ देखि दिल्ली प्रवेश गर्ने बसहरूका लागि निर्धारित इन्धन र प्रदूषण मापदण्डको पालना अनिवार्य हुनेछ । यसअन्तर्गत CNG, इलेक्ट्रिक र BS-VI मापदण्ड भएका डिजेल बसहरूसँग सम्बन्धित व्यवस्था लागू हुनेछन् ।
अल इन्डिया टुरिस्ट पर्मिट (AITP) भएका र दिल्लीमा दर्ता भएका बसहरूमा पनि सम्बन्धित दिशा-निर्देशअनुसार नियम लागू हुनेछन् ।