शुक्रबार, कार्तिक १४, २०८३
/
प्रेम, सादगी र एकताको दिव्य भावनाले सुशोभित निरंकारी सामूहिक साधारण विवाह
१२ कार्तिक २०८३
  माण्डव्य हेबमन्य
सद्गुरुको पवित्र आशीर्वाद, प्रेम र आध्यात्मिकताको संगम हुन्छ, त्यहाँ प्रत्येक मंगलमय क्षण एक दिव्य अनुभूति बन्दछ ।" ७९औँ निरंकारी सन्तसमागमको समापनपश्चात समालखाको पवित्र मैदानमा सद्गुरु माता सुदीक्षा जी महाराज एवं निरंकारी राजपिता रमित जीको दिव्य उपस्थितिमा आयोजित सामूहिक विवाह समारोह यही आध्यात्मिक भावनाको सुन्दर प्रतीक बन्यो, जहाँ १२६ नवजोडीले वैवाहिक सूत्रमा आबद्ध भई आफ्नो नयाँ जीवनको सुरुवात गरेर सद्गुरुबाट प्रेम, समर्पण एवं सुखमय दाम्पत्य जीवनको आशीर्वाद प्राप्त गरे ।
​
कार्यक्रमको शुभारम्भ पारम्परिक जयमाला एवं निरंकारी साझा-हारबाट भयो, जसलाई मिशनकी प्रधान आदरणीय राजकुमारी जी एवं अन्य कार्यसमिति सदस्यहरूले सबै नवविवाहित जोडीहरूलाई हार पहिराएर उनीहरूको सुखमय नवजीवनको मंगलकामना गरे । यसपश्चात हिन्दीमा भक्तिमय निरंकारी लाभां (विवाहकाे पवित्र मन्त्र/गीत) को गायन भयो, जसमा विश्वास, सम्मान एवं समर्पणयुक्त गृहस्थ जीवनका शिक्षाहरू समाहित थिए । अन्तमा सद्गुरु माता जी एवं निरंकारी राजपिता जीले नवविवाहित जोडीहरूमाथि पुष्पवृष्टि गरी उनीहरूलाई सुख, शान्ति र आनन्दमय जीवनको आशीर्वाद प्रदान गर्नुभयो ।
​सद्गुरु माता सुदीक्षा जी महाराजले आफ्नो आशीर्वचनमा नवविवाहित जोडीहरूलाई प्रेरित गर्दै भन्नुभयो कि सामूहिक विवाहको भाव केवल एउटा आयोजनमा मात्र सीमित नरही जीवन जिउने तरिका बन्नुपर्छ । पति-पत्नीले एक-अर्काको जिम्मेवारीलाई समान रूपले निर्वाह गर्दै प्रेम, विश्वास र तालमेलका साथ अगाडि बढ्नुपर्छ तथा एक-अर्काको दुई वटा पखेटा बनेर जीवनको हरेक परिस्थितिको सामना गर्नुपर्छ ।
​
सद्गुरु माता जीले सेवा, सुमिरन र सत्संगको मार्गमा पारस्परिक सहयोगको महत्व बताउँदै प्रेरित गर्नुभयो कि पति-पत्नीले एक-अर्कालाई अगाडि बढ्नका लागि प्रोत्साहित गरून् । विवाह जीवनभर प्रेम, आदर र समर्पणद्वारा निर्वाह गरिने पवित्र सम्बन्ध हो, जसलाई दुवै परिवारको आपसी सम्मान र स्नेहबाट अझ सुदृढ बनाउन सकिन्छ । उहाँले नवविवाहित जोडीहरूलाई एक-अर्काको कमजोरीलाई सहजतापूर्वक स्वीकार गर्न तथा क्षमा र विनम्रताको भाव कायम राख्ने सन्देश दिनुभयो ।
यसै कार्यक्रममा सद्गुरु माता जीको परिवारका सदस्यको शुभ विवाह पनि सामूहिक साधारण विवाहमा सम्पन्न भयो ।
​सन्त निरंकारी मण्डलका सचिव आदरणीय श्री जोगिन्दर सुखीजा जीले जानकारी दिँदै बताउनुभयो कि समाज कल्याण विभागको सहयोगमा आयोजित यस समारोहमा सद्गुरु माता जीको सान्निध्यमा भारतका विभिन्न राज्यहरू– बिहार, चण्डीगढ, छत्तीसगढ, दिल्ली, गुजरात, हिमाचल प्रदेश, हरियाणा, जम्मू-कश्मीर, झारखण्ड, मध्य प्रदेश, महाराष्ट्र, पञ्जाब, राजस्थान, उत्तर प्रदेश, उत्तराखण्ड एवं पश्चिम बंगाल लगायत अष्ट्रेलिया, न्युजिल्याण्ड र क्यानडाबाट आएका नवजोडीहरूले सहभागिता जनाए । विभिन्न क्षेत्र, भाषाहरू र संस्कृतिहरूबाट आएका यी १२६ नवजोडीहरूको एकैसाथ वैवाहिक सूत्रमा आबद्ध हुनु एकता, समानता र वैश्विक बन्धुत्वको अनुपम मिसाल बन्यो, जहाँ विविधताका बीच प्रेम र मानवताको साझा सूत्र स्पष्ट रूपमा देखिएको थियो।
​यसप्रकार, यो दिव्य आयोजन सादगी, प्रेम र एकताको अनुपम प्रतीक बन्यो, जसले यो सन्देश दियो कि साँचो सम्बन्धहरू विश्वास, समर्पण र मानवीय मूल्यहरूद्वारा सशक्त हुन्छन् । निस्सन्देह, सद्गुरुको पवित्र आशीर्वादबाट प्रारम्भ भएका यी नवजोडीहरूको जीवनयात्रा प्रेम र खुशहालीले परिपूर्ण होस्, यही यस मंगलमय आयोजनको सुन्दर प्रेरणा रहेको छ ।
माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल