सोमबार, कार्तिक १७, २०८३
/
सन्त निरंकारीको ७९ संतसमागम पश्चात् टीकापुरमा पहिलो सत्संगत गरियो ।
१४ कार्तिक २०८३
  हेमन्त माण्डव्य
सन्त निरंकारी मण्डलको आयोजनामा भारतको हरियाण स्थित समालखामा सम्पन्न ७९ अन्तराष्ट्रिय वार्षिक संतसमागम पश्चात् टीकापुर सतसंगत भवनमा पहिलो सत्संगत गरिएको छ ।
संतनिरंकारी मण्डलका अध्यक्ष तथा नेपाल प्रभारी नर बहादुर रावलको प्रमुखतामा उक्त सत्संगत कार्यक्रम गरिएको छ ।
उक्त सत्संगत कार्यक्रममा नेपाल प्रभारी नरबहादुर रावलले ७९औं सत्समागमा राखिएको मुख्य ध्ये "जागृती" का सवालमा स्पष्ट पार्दै हरदेव बाणीको ४१औं श्लोकलाई व्याख्यात्म प्रवचन मार्फत सत्संगतलाई दिशनिर्देश गर्नुभएको थियो । सत्संगतको स्टेजको जिम्मेवारी समाल्दै प्रभारी रावलले भन्नुभयो, भक्ति भनेको घर-परिवार, समाज र जिम्मेवारीहरूबाट भाग्नु वा त्याग्नु नभई, दैनिक जीवनका कर्तव्यहरू पूरा गर्दै ईश्वरीय चेतनासँग जोडिनु हो । सन्त, गुरु र अवतारहरूले पनि आफ्ना पारिवारिक तथा सामाजिक उत्तरदायित्वहरूलाई पन्छ्याएनन्, बरु तिनैभित्र रहेर निष्काम कर्म गरे । त्यसैले, ईश्वरको साँचो पहिचान र ज्ञान प्राप्त गरी आफ्नो कर्तव्य निभाउनु नै वास्तविक भक्ति अर्थात जागृती हो ।
त्यसैगरी प्रभारी रावलले जागृती का सम्वन्धमा अगाडी यसरी भन्नुभयो कि भक्ति भनेको संसारबाट विरक्तिएर जङ्गल जानु वा जिम्मेवारीबाट टाढिनु होइन, बल्कि मनमा ईश्वरप्रतिको श्रद्धा राख्दै आफ्ना दैनिक कर्महरू गर्नु हो । ईश्वर सर्वव्यापी भएको हुनाले उनलाई सम्झन वा ध्यान गर्न कुनै निश्चित स्थान वा सन्यासी बन्नैपर्छ भन्ने छैन । जहाँ रहेर पनि शुद्ध मनले उनको ध्यान र भक्ति गर्न सकिन्छ ।
आफनो आध्यात्मिक प्रवचनमा नेपाल प्रभारी रावलले इतिहासका ठूला-ठूला गुरु, पिर-पैगम्वर र अवतारहरूले पनि गृहस्थ आश्रमलाई बन्धन वा बाधा ठानेनन् । उनीहरूले पारिवारिक तथा सामाजिक दायित्वहरूलाई कुशलतापूर्वक निभाएका थिए । हातले इमानदारीपूर्वक कर्म गर्ने र मनलाई प्रभुमा लीन गराउने सन्तुलन नै गृहस्थ जीवनको ठूलो धर्म हो भने अन्धविश्वास वा ज्ञानबिना गरिने भक्तिभन्दा ईश्वरको वास्तविक स्वरूप र ज्ञानको पहिचान गरेर गरिएको भक्ति नै फलदायी हुन्छ ।
​निराजन बोहरा मार्फत हरदेव बाणिका श्लोकबाट शुरु भएको सत्संगत कार्यक्रममा सन्त निरंकारी मण्डल नेपाल केन्द्रीय सदस्य तथा सेवादल सञ्चालक नर ब. बटाला, मण्डलका केन्द्रीय सल्लाहकार तथा केन्द्रीय कार्यालय सचिव श्रीराम काफ्ले, सन्त निरंकारी मण्डलका मिडिया प्रतिनिधि तथा माण्डव्य टाईम्सका प्रकाशक-समाचार संयोजक हेमन्त माण्डव्य, सन्त निरंकारी भवन टीकापुरका मुखी महादेब भण्डारी, सेवादल दिपक रावल, प्रकाशमान ठकुल्ला, नर बहादुर जी, अछामका मुखी सुरत स्वोडारी, पुर्व ज्ञानप्रचारक पूर्ण बहादुर स्वार, सेवादल शिक्षक चन्द्र सिंह भुलका साथै हर्क बहादुर रावल, कृष्ण प्रसाद आचार्य, यशोदा जी, आयुष्मान ठकुल्लाले आध्यात्मिक जागृतीका बारेमा आ-आफ्ना धारणाहरु राखेका थिए ।
त्यसैगरी प्रसन्न बटाला, शंकर भुल, तनिष टमटा, भगवती बैनि, इन्द्र सिंह, मोहन सिंहले भक्ति गीत मार्फत सत्संगतमा सहभागीहरुको मनलाई प्रफुल्लीत पार्दै आध्यात्मिक भावनालाई उजगार गरेका थिए ।
सत्संगतको अन्तिम समयमा गरिने प्राथना(मंगलाचरण) लाई नैन सिंह जीले र बलीया मोतीपुरबाट आएका करुणा र हिमानी बैनीले स्टेजबाट गरिएको प्रवचन पश्चात सिमरन(धुनी)लाई गायन गरेका थीए ।
माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल