बि.सं २०४४ साल मंसिर १४ गते डोटीको पोखरी कत्तरकुडीमा जन्मिएर हाल कैलालीको गोदावरी नगरपालिका वडा नं ११ बस्दै आएका नेपालका अहिलेका चर्चित युवा मोडल भिम खड्काको दिनचार्य लकडाउनको बेलामा पनि निकै ब्यस्त देखिन्छ ।
बाल्यावस्थादेखि नै मोडल बन्ने सपना देखेर उनी सपना नगरी मानिने मुम्बईमा कामको खोजीमा मुम्बई आए । काम गर्दै खाली समयमा मोडलिङ क्षेत्रमा प्रवेश गरेका खड्काले बि.सं. २०६९ सालमा पहिलो पटक मुम्बईको लोकप्रिय शूटिङ स्थल खण्डाला लोनवालामा मोडलिङ गरेका थिए जुन ‘यहाँ जेपनि हुन सक्छ’ नामको पप गीत रहेको थियो । त्यसपछि उनले रामचन्द्र काफ्लेको ‘रुपकी रानी’ एलवममा मोडलिङ गरे । मोडलिङ गरेका उक्त दुईटै एलवम लोकप्रिय भएपछि उनी मुम्बई प्रवासको बसाई छोडेर आफ्नो क्यारिएर मोडलिङ क्षेत्रबाटै अगाडि बढाउने दृढ निश्चय लिएर उनी नेपाल फर्किए । नेपाल फर्किदा साथ उनले छोटो समयको पश्चिमेली भाषामा निर्माण गरिएको ‘सौराई’ मा नायकको भूमिकामा बेजोड अभिनय गरे जुन सुदूरपश्चिम प्रदेशमा छोटो समयमा नै निकै लोकप्रिय हुनगएको थियो ।
त्यसपछि उनलाई मोडलिङको लागि ठाउँ–ठाउँबाट अफर आउन थाल्यो । अहिलेसम्म उनले ६ दर्जनभन्दा बढी म्यूजिक भिडियोमा मोडलिङ गरिसकेका छन् भने एउटा नेपाली चलचित्र र ३ ओटा सानो समयको (शर्ट मुभू) मा पनि जोडदार अभियनको प्रदर्शन गरिसकेका छन् । यस वर्ष नेपालमा निकै भाइरल गायिका ऐलिना चौहानको टीकटोकमा भाइरल गीत ‘राम साइला’ मा पनि उनले अभिनय गरेका छन् । त्यस्तै उनले नेपालका चर्चित फिमेल मोडेल अञ्जली अधिकारी, करिश्मा ढकाल, टीका जैशी, रिजा भूसाल, सारीका केसीसंग मोडलिङ गरिसकेका छन् भने नेपालका चर्चित गायक प्रमोद खरेल, बिष्णु माँझी, खुमन अधिकारी, रामचन्द्र काफ्ले, दिपक लिम्बु, अन्जु पन्त, सञ्जिवनी, चक्र बम, हेमराज थापा, देबी घर्ती मगर, गोविन्द मधुर आचार्य, विजय अधिकारी, मनिशा राई र चर्चित ¥यापर अराज केशब आदिले गायका चर्चित गीतहरुमा सफल मोडलिङ गरेर मोडलिङ क्षेत्रमा आफ्नो बेग्लै छाप छोड्न सफल भएका छन् ।
भर्खरै गत शनिबार बजारमा आएको ‘हजार चोट’ बोलको आधुनिक गीतमा भीम खड्का र सावित्री दाहालद्वारा अभिनित गीत सार्वजनिक भएको छ । अहिले यो गीतले निकै चर्चा बटुल्न सफल भएको छ । दिपेन्द्र खड्काको प्रेम रसयुक्त शब्द सिर्जनामा गोविन्द मथूर आचार्यको मिठो स्वर तथा संगीत रहेको उक्त गीत सुप्रिया मिडिया हाउस युट्यब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
निकै मार्मिक र ह्द्यस्पर्दी शब्दहरु रहेको उक्त गीतमा ‘तिमीलाई माया गर्नु मेरो भूल हो भने, दुःख पर्दा साथ दिनु यदि पाप हो भने, तिमी के सजाय दिन्छौ म भोग्न तयार छु, तिम्रो खुशीको लागि हजार चोट सहन तयार छु’ भन्दै मोडल भीम खड्काले सावित्री दाहाललाई अभिनयबाटै फकाउन खोजेको देखाईएको छ ।