महोदय ! तपाईं महान जानकार हु भन्नुहुन्छ ? अनी के तपाईलाई आफ्नो हैसियत थाहा थिएन र ? अवश्यपनी थाहा थियो ! आफ्नो हैसियतको बारेमा जानकार हुँदाहँदैपनी के खानलाई गहिराई भएको जलस्तरमा डुबुल्कि लगाउन पुग्नुभयो र ? पौडी खेल्ने दक्षता थिएन, तपाईं स्वयमलाई थाहा थियो ! यश सम्वन्धमा दुनीयाँले तपाईलाई सजग गराउदै गर्दा २२ हात उफ्रेर उल्टै सिंह गर्जन गर्ने तपाईं आज कसरी नुन खाएको कुखुरा बन्न पुग्नु भयो र ?
बुढापाकाले जहिलेपनी इगो, महत्कान्छा र अहंकारले आफैलाई सिध्याउछ भनेर त्यसै भन्ने गरेका होइनन् ? तपाईको हैसियत अझै प्रष्ट रुपमा उजगार भएको छ, जानकारी नभएकाहरुपनी जानकार भएकाछन् । कति झुटको खेती गर्नु ? झुटको पराकाष्टा नाघीसकेपछी लाज भन्नेपनी डराएर भाग्छ भन्छन ? अब तपाईसंग खेतीगर्ने बाकी केहीछैन ? महोदय, अब तपाईको इगो, महत्वकान्छा र अहंकारले बचेखुचेको पनि गुम्नसक्छ ? त्यसकारण यदी जिवनका आगामीदिनहरुलाई समाजमा सहर्ष रुपमा जिउनुछ भने मानवतालाई ख्याल गर्नुस र मानव भएर बाच्नुस । संसारमा सबैभन्दा ऊच्चतम स्थान भनेको मानवता हो, त्यसैले मानवताको ख्याल गर्दै आगामी पिढिलाई आफुबाट भएगरेका कमिकमजोरीलाई सुधारगर्न मानव भएर जिउनुस । मानव हुनसक्नुभयो भने बाँकि जिवनमा थुप्रै कार्यहरु गर्न सकिन्छ ।
यो समाज हो ! ओरालो लागेको मृगलाई नै लखेट्ने गर्दछ ? तर यहि समाज हो अमानविय तरिकाले गलती गरेकाहरुलाईपनी माफि दिएर महान बनाउदछ। वाल्मीकि चिडिमार(ब्याधा) बाट महान ऋषि बनेका थिए । महात्मा गान्धिको हत्या गर्नेपनी आज भारतमा पुजिदैछन । कोइराला, दाहाल र ओली जस्ता व्यक्तिपनी आज देशका प्रधानमन्त्री भएकाछन् ।
त्यसैले महोदय, एक कदम पछाडी हट्दैमा जिन्दगी सकिँदैन, बरु त्यसले आफ्ना कमजोरीहरुलाई नियाल्ने अवसर मिल्दछ भने केहिक्षण मुटुको धडकन बढेतापनी समयको अन्तराल संगै संयमित हुने अवसर प्रदान गर्दछ ।
महोदय, तपाईको दुस्मन तपाईं भित्र नै छ, त्यो के भने तपाईमा रहेको त्यो जो कसैलाई पनि आफुभन्दा जानकार, सक्षम र मैले मान्नुपर्छ भन्ने कुराको ख्याल गर्दैन ! जसले म भन्दा जानकार, सक्षम र मलाई नै मान्नु पर्छ भन्ने भावनाको जागृत गर्दछ, त्यही नै तपाईको महान र परम दुस्मन अर्थात सत्रु हो । जबसम्म तपाईं भित्र रहेको त्यो महान र परम सत्रुलाई आफ्नो दिलोदिमागबाट पारास्थ गर्न सक्नु हुन्न तबसम्म तपाईं प्रगतीका पाइलाहरुलाई केही टाढासम्म चालेतापनी गण्तब्यसम्म पुर्याउन सक्नुहुन्न । किनभने तपाईं भित्र भएका ती इगो, अहंकार र महत्वकान्छाले तपाईमा घमण्डको उत्पत्ती गराईदिन्छन र त्यही घमण्डले आकान्छा, लोभ र मोह लाई पैदा गराइ दिन्छ । अनी यिनै सबैले तपाईलाई घेराहाल्दै अगाडी बढ्न दिदैनन् र तपाईं गण्तव्यमा पुग्न सक्नु हुन्न । यिनै इगो, अहंकार, घमण्ड, लोभ र मोहका कारण तपाईमा नातावाद, कृपावाद, अर्थवाद आदीले जन्म लिनेगर्दछ भने उक्त पराकाष्टाको फाईदा अन्यले लिने गर्दछन ।
हो यही भनाई तपाईको अहिले सम्म रहेको पाइन्छ । त्यसकारण आजको समयमा हेर्दा तपाईले आफ्नो बाल्यकाल देखि कमाएको सबै साखको अन्त्य हुनपुगेको छ । मानव जिवनमा आफुले चाहेजस्तो कहिले र कसैको हुँदैन । यो संसार विचित्रको छ, बिचित्र संसारमा संयमित र जतनले जसले सिमा रेखा पार गर्न सक्यो उसैले सानसौकात सहित राज गर्ने गर्दछ ।
महोदय, तपाईमा झुटको खेतीले सिमा नाघेको देखिन्छ भन्छन ? के कति साँचो हो ? यहाँ मुल्यांकनगर्ने अवस्था छैन । यदि त्यसो हो भने त्यसलाई आजका मितिदेखी छोडिदिनुस । झुटलाई दबाउन झुट नबोल्नुस ! समाजको अगाडी जे हो त्यही भनेर क्षमा माग्नुहोस ! हाम्रै समाज हो, अवश्यपनी एक दिन क्षमा गर्न सक्छ ? तर आफु भित्र इगो, अंकार, महत्वकान्छालाई जति जति पाल्दै जानुहुन्छ त्यति त्यति तपाईलाई नोक्सान गर्दै जान्छ र त्यसले तपाईं मात्र होईन तपाईको स-परिवार र आगामी संतती सम्ममा असर पर्न सक्छ । जब आगामी पिढिले तपाईले गरेको कर्तुरको ब्याज र स्याज तिर्नु पर्छ त्यतिबेला समाज होइन तपाईको संततीले तपाईलाई धिक्कार्नेछन् र भन्नेछन हामी अभागी कस्ताको बंशमा जन्मनु परेछ । यति मात्र कहाँ होर तिनेले भन्नेछन, हाम्रो पुर्खा कस्तो घटीया र समाज बिरोधी रहेछ ।
ल तपाईं आफै सोच्नु स बिचार गर्नुस त ! के तपाईं अन्तगोत्वा आफ्नै संतानबाट पनि अपराधीको बिल्ला लगाउन चाहनु हुन्छ र ? के तपाईको संतानले पलपल र क्षणक्षण आफ्नो पुरखालाई घटीया र समाज बिरोधी रहेछ भन्ने शब्दबाणको जप गर्न लगाउनु हुन्छ ?
महोदय, तपाईलाई यिनै कुराहरुबाट उन्मुक्ति पाउनकोलागी आजको समयमा अवसर मिलेको छ । यहि अवसरको सदुपयोग गर्दै आफुले गरेका हरेक कुकर्म र अपराधको आफै समीक्षा गर्नुस ! ती कार्यहरुको आफै महसुस गर्नुहोस ! ती सबै कार्य र कुकृत्यहरुका सम्वन्धमा आत्मलोचना गर्दै आगामी दिनहरुमा आफुबाट त्यस्ता कुनै कमिकमजोरी नदोहरीने गरि परिवार र समाजमा अन्तरआत्माबाट प्रतिवद्धता व्यक्त गर्नुहोस ।
यदी तपाईले आत्म समीक्षा गर्दै समाजसंग एक समुदायको कुनै एउटा झुण्डको आडमा नलागी समग्र मसाजको प्रतिष्टटाकोलागी निश्पक्ष रुपमा अग्रसर हुनसक्नुभयो भने अवश्यपनी तपाईं आगामी दिनहरुमा तपाईले चाहेको गण्तव्यमा अवश्य पुग्न सक्नुहुनेछ भने यहि र त्यही समाजले तपाईलाई पुर्ण रुपमा साथ दिनेछ । हाम्रा यी भनाईहरुलाई सुझावको रुपमा लिएर समाजमा घुमिल हुँदै आफ्नो तहस नहस भइरहेको जीवन र परिवारलाई सगाल्नतिर लाग्नु भो भने तपाईलाईनै फाइदा हुनेछ । तर यदी हामीले दिएका सुझावहरुलाई फेरी त्यही इगो, अहंकार र महत्वकान्छा पालेर अगाडी बढ्ने सोचमा हावी हुँदै जानुभो भने अवश्यपनी तपाईको जीवन नरक तुल्य हुनसक्छ भन्नेमा कुनै दुइमत छैन । आगे आप कि मर्जी ..!
(यो लेख कुनै व्यक्ति वेशेषसंग नभई समय अनुकुल समसामयिकरुपमा रहेकोछ भने कुनै व्यक्ति विशेषसंग मेल खान गएमा संयोग मात्र हुनेछ ।) जय माण्डव्य !