शुक्रबार, कार्तिक २, २०८१
/
किसान भन्दा दलीय कार्यक्रताले पाए सुविधा
२ असार २०८१
  अगुवा समाचार
सुदुरपश्चिम प्रदेशको अस्थाइ राजधानी भएको कैलाली जिल्लामा करीव ११ करोड मुल्य बराबरको पावर ट्रीलर खरीद गरीएको छ । उक्त पावर ट्रीलरलाई कैलाली स्थित कृषि ज्ञान केन्द्रले नियमावली विरीत खरीद गरेको पाइएको छ ।
ज्ञान केन्द्रले खरिद नियमावली विपरीत १० करोड ९५ लाख ६० हजार मूल्यको पावर ट्रीलर खरिद गरेर जिल्लाका विभिन्न क्षेत्रहरुमा रहेका कृषकहरुलाई वितरण समेत गरिसकेको छ । सार्वजनिक खरिद नियमावली २०६४ का अनुसार निर्माण कार्यबाहेकका अन्य कुनै पनि कार्यहरु उपभोक्ता समिती मार्फत खरिद गर्ने व्यवस्था छैन् ।
सुदूरपश्चिम प्रदेशमा भने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहत रहेको कैलाली स्थित कृषि ज्ञान केन्द्रले उक्त व्यवस्था विपरीत उपभोक्ता समिति मार्फत करोडौंका पावर ट्रीलरहरु खरिद गरेको देखीएको छ । कृषि ज्ञान केन्द्र कैलालीले १० करोड ९५ लाख ६० हजार मूल्य बराबरका पावर ट्रीलर खरीद गर्न कीसानहरुलाई सिधै रकम उपलब्ध गराएको पाइएको छ ।
कृर्षि ज्ञान केन्द्रले यसरी कार्य गर्नुमा ज्ञान केन्द्र भित्रका केही कर्मचारीहरुले किसानहरु बाट आन्तरीक रुपमा मोलमोलाई गरेको स्थानिय किसानहरुले वताउने गरेकाछन् । स्थानिय किसानहरुका अनुसार वास्तवीक किसान भन्दा दलीय कार्यक्रताहरुले मोलमोलाइमा सुविधा लीएको समेत वताउने गरेकाछन् । (अगुवा सन्देशबाट)
माण्डव्य हेमन्त

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल